बंगलादेश गत जुलाईदेखि नाटकीय राजनीतिक भूमरीमा फसेको छ । तत्कालीन प्रम शेख हसिना एकाएक भागेर भारतको शरणमा पुगेपछि संकट गहन बन्न पुगेको हो । यो घटनाले दक्षिण एसियाको भूराजनीतिमा तरङ्ग उठेको छ । बंगलादेशको घटनाले विश्व राजनीतिमा समेत अनेक कोणहरु देखिएका छन् ।
विश्वराजनीतिक शक्तिको होडबाजीको शिकार बंगलादेश बन्यो, यो घटना तत्काल सेलाउने छाँट छैन । सुरुमा आरक्षणको घटना देखिए पनि यो घटनाको सार र रुप फरक रहेका संकेतहरु देखिन थालेका छन् ।
१५ वर्षको शासनकालमा शेख हसिनाले काम गरेकी नै छन् । तर उनले जुन प्रकारको एकल निरंकूशता र निश्चित व्यक्तिको हातमा अर्थतन्त्र पु¥याउनलाई बढावा दिइन्, यसले उनको कद घटायो । यो भन्दा पनि उनको चीनतिरको ज्यादा लगावले पनि बंगलादेशलाई संकटमा पारेको हो ।
गत जनवरीमा शेख हसिनाको जबरजस्त चुनावी जित भएको थियो । चुनाव जितेरमात्र सत्ता सुरक्षित नहुने रहेछ । अराजकता कुनै पनि बेला कुनै पनि कारणले आउन सक्ने रहेछ । यसमा राष्ट्रिय कारणमा अन्तर्राष्ट्रिय कारण मिसिएपछि यसले कतिसम्म भयानक स्वरुप धारण गर्नेरहेछ, यसपल्ट बंगलदादेशको घटनाले देखियो । हुन त अफगानिस्तान, श्रीलंकामा अपत्यारिला जनविद्रोह देखिएको थियो, बंगलादेशले सारा विश्वलाई झस्काएको छ । स्वतन्त्रता सेनानीका सन्तानलाई प्रशासनमा दिइने २०७२ को ३० प्रतिशत कोटा ५ प्रतिशतमा झारे पनि एउटा कलेजबाट सुरु भएको युवा आन्दोलन दावानल नै बन्यो । बंगलदेशको ठूलो क्षति हुनपुग्यो । चर्को अराकतामा फस्न पुग्यो बंगलादेश ।
सेनाले साथ दिन्छ भन्ने विश्वासमा धक्का लागेपछि प्रधानमन्त्री शेख हसिना भारत भागेकी थिइन् । यतिबेला शेख हसिनाको पासपोर्टसमेत खारेज गरेकोले अब उनको पलायन झन संकटमा छ । भारतले शेख हसिनालाई बस्न चाहेजति बस्न दिने, उनैले निर्णय गरुन् भनिसकेको छ ।
बंगलादेशका निर्माण बंगबन्धु शेख मुजिवर रहमानका शालिकहरु ढालिए, युवाले चाहेको मोहम्मद युनिस प्रधानमन्त्री बने, तथापि बंगलादेशको स्थितिमा शान्ति आएको छैन ।
हसिनाका नेता कार्यकर्ता धेरै मारिए, धेरै भागे । अल्पसंख्यक हिन्दु मारिए, लुटिए, मन्दिर भत्काइए । आगजनी अझै भइरहेकै छन् । शेख हसिनाका छोरा सजिव वाजेद्ले दाबी गरेजस्तै विश्व शक्ति राष्ट्रहरुको द्वन्द्व र भूराजनीतिक परिस्थिति जिम्मेवार हुन सक्दछ । हालको अवस्था थप लम्बिँदै जाँदा त्यहाँको राजनीति अझ बढी अस्थिर हुने पक्का छ ।
शेख हसिना र उनका छोराले बंगलादेशको घटना हुनुमा अमेरिका जिम्मेवार भनेर आरोप लगाएका छन् । स्मरणीय छ, केही मनिा अघि रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पत्रकार सम्मेलनमा अमेरिकाले बंगलादेशमा रंग क्रान्ति गर्नसक्ने चेतावनी दिएकी थिइन् । त्यसअघि सन् २०२२ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले उनलाई सत्ताच्युत गराउन ‘लु’ को मुख्य हात रहेको बताएका थिए ।
चीनको बढ्दो विश्व प्रभाव र चीनलाई रोक्नका लागि बंगालको खाडी नजिकै अवस्थित १९ औं शताब्दीमा नामाकरण गरिएको ‘‘सेन्ट मार्टिन आइल्याण्ड’ ‘नरिवल टापु’ मा अमेरिकाले सैन्य शिविर निर्माण गर्न शेख हसिना सरकारले अस्वीकार गरेपछि बंगलादेशमा यस्तो घटना घटेको आरोप बंगलादेशको पूर्व सरकार प्रमुख शेख हसिनाको छ ।
अब भारतले आइपिएसमा सहयोग नगरे बंगलादेशको असर भारतमा पर्नसक्ने देखिन्छ ।
मो युनिस अमेरिकी लविको मानिन्छन् । विद्यार्थी आन्दोलन पनि सकारात्मक भउकाले सेन्ट मार्टिन टापुमा अमेरिकी सैन्य आधार शिविरले मान्यता पाउने संकेत देखिदैछन् ।
सन २००६ मा नोबेल पुरस्कार विजेता मोहमद युनिस, दुई विद्यार्थी नेता, केही समाजसेवी तथा सामाजिक अभियन्ताहरुको सरकारले निर्वाचन गराएर प्रजातन्त्र पुर्नबहाली गराउने भनेका छन् । प्रम युनुसले शान्तिपूर्ण वातावरणको लागि हिंसात्मक प्रदर्शन र आगजनी रोक्न निरन्तर आह्वान गरेपनि बीएनपी र मुस्लिम कट्टरपन्थी समूहहरु अराजकता फैलाइरहेका छन् । आगामी अवस्था के हुन्छ ? चलिरहेको अहिलेको विद्रोह, अवामी लिग र भारत समर्थित हिन्दु तथा बौद्धवादी समुदायहरुमाथिको अधिपत्य स्थायी नहुञ्जेल केही भन्न सकिने अवस्था छैन ।