Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

'धर्मनिरपेक्षता र संघीयता' कहाँबाट आयो, आयो?

१२ सोमबार , माघ २०७११२ बर्ष अगाडि

भक्तपुर। यो प्रश्न हो नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको। जनताले किन भोट दिए यिनलाई जनताले नै बुझेका छैनन्। यिनले जातका आधारमा, भाषाका आधारमा, क्षेत्रका आधारमा, पैसा दिए, सामान दिएर, भोज ख्वाएर, ठेक्कापट्टाको आश्वासन दिएर भोट ल्याएका हुन्। माओवादीको संगठन त जात र भाषामै टिकेको छ। तिनलाई जात र भाषाकै आधारमा राज्य दिने भनेर वचन दिएका छन्। त्यही आधारमा हुने चुनावमा बहुमत ल्याउन सकिने तिनको आशा छ। त्यो छोड्नु भनेको आत्मघाती हुन्छ। त्यसैले जाति, भाषाको आन्दोलन सुरु गरेका छन्। मधेसवादीको समस्या पनि त्यही हो। तिनको समस्याले दुर्भाग्य आउनसक्छ।
पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरे। राज्य गुमाउनेले गुमायो तर भाषा,क ला, संस्कृति, जीवनपद्धति त सबै बाँकी रह्यो नि। त्यो हो राष्ट्रियता भनेको। जारले रुसका धेरै राष्ट्रलाई बन्दी बनायो। राज्य एउटै रह्यो। सबै राष्ट्रियताका रुपमा रहे। यही कारण रुसलाई जातिहरको झ्यालखाना हो भनिन्छ। नेपालमा जातजाति, भाषाभाषीका आधारमा राज्य पुनर्संरचना गर्न दिइयो भने स्थिति गम्भीर हुन्छ। माओवादी र मधेसवादीले त आत्मनिर्णयको कुरा उठाइरहेका छन्। युगोस्लाभियामा जातजाति र भाषाभाषीको आधारमा ६–७ वटा देश बनिसक्यो। चेकोस्लाभियामा चेक र स्लोभाक दुईवटा भइसक्यो। आत्मनिर्णयको अधिकार दिदा नेपाल टुक्रा टुक्रा देश बन्नसक्छ। माओवादीले जातजाति र भाषाभाषी, मधेसवादीले एक मधेस एक प्रदेश र आत्मनिर्णयको अधिकार छाडे भने संविधान जारी हुनसक्छ। अन्यथा भाँडभैलो भइरहनेछ।