Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

कम्युनिष्ट गोर्की र कम्युनिष्ट कमाउनिष्टहरू

२३ बुधबार , श्रावण २०८१एक महिना अगाडि

कम्युनिष्ट गोर्की र कम्युनिष्ट कमाउनिष्टहरू

कवाडी पसलमा काम गर्न पुगेका मेक्सिम गोर्कीले पढ्न पाएनन् । कवाडीमा बिक्री भएर आएका पुस्तक पढ्थे र ग्राहकसँग पुस्तकका विषयमा सोध्थे । तिनै मेक्सिम गोर्कीले आमा पुस्तक लेखे । जुन पुस्तक  १९०६ मा प्रकाशित भएको थियो, आज १ सय १५ वर्षपछि पनि त्यो पुस्तकको गरिमा र महिमा कम भएको छैन । कम्युनिष्टहरू गोर्कीलाई आदर्श मान्छन् तर नेपाली कम्युनिष्टहरू आदर्श पुरूषले लेखेको आमाको महत्व नबुझेर आमालाई बेचिरहेका छन्, ठगिरहेका छन्, कमाउने साधन बनाइरहेका छन् । नेपालका कम्युनिष्ट कसरी पतनोन्मुख भएर कमाउनिष्ट बने नि ।
उखान छ, नपाउनेले केरा पायो बोक्रै समेत खायो । नेपालको लोकतन्त्रको परिभाषा यही भयो । भनिन्छ, का“चो फल खानेले फलको रस चाख्न पाउँदैन, बीउसमेत नास गर्छ । लोकतन्त्र नासवान बन्दैछ, लोकतन्त्रलाई खोरिया बनाएर फाँड्ने छाडा साँढेहरूका कारणले ।
नेपालमा सर्वहाराको न्यायका लागि, जनयुद्ध धर्मयुद्ध भनियो । १७ हजारको बली चढाइयो । बरदान लिए प्रचण्ड ग्याङ्ले । प्रचण्ड तेजवान सूर्यजस्ता थिए, १७ वर्ष राजनीतिको किङपिन बने, ९ वर्ष सत्तामा साझेदार भएर निस्तेज बन्न पुगेका छन् । फेरि जनताको साथ चाहियो भन्दै देशभरिका जनतासामु जाने निर्णयमा पुगेका छन् । अचम्म ।
अर्का कम्युनिष्ट, गोलीजस्ता ओली, राष्ट्रवादमा टेकेर यसरी अग्लिए कि चुनाव जितेर सत्तामा के पुगेका थिए, भुइँमै खुरमुरिए । कांग्रेसको टेकोको सहारामा फेरि सत्तामा पुगेका छन् । सत्तामा पुग्न पड्क्यो, सत्तामा पुगेपछि सड्क्यो । अब के गर्लान् ? लोकतन्त्रको गद्दीमा बसेर सनकमा शासन पो गर्ने हुन् कि ?
चारतारा शर्महारा, कांग्रेसको विषयमा बहस गर्नु बेकार छ  ।
सवाल नया“ नेपाल बनाउँछु भन्ने कम्युनिष्टको छ, जसले देश र जनतालाई धोका दिए । जनयुद्ध र जनआन्दोलन छलकारा थियो, प्रचण्ड, ओलीहरू त हलकारामात्र रहेछन् । जतिसुकै सर्वहाराको भाषण गरे पनि, बोल्सेविक क्रान्तिको डिङ हा“के पनि २०६३, २०६५ को जनआन्दोलन र गणतन्त्र घोषणा धर्मयुद्ध थिएन । १९०३ को कोतपर्व र यो परिवर्तनमा कुनै भिन्नता थिएन । यी आफै श्री ६ बने, मनपर्दी शासन चलाए ।
नयाँ नेपाल बनाउने, समाज बदल्ने धर्मयुद्ध लड्न अर्कै आँ“, अर्कै हौसला, माटोप्रतिको मायाँ र देशप्रतिको गौरव चाहिन्छ । ठूलै छाती, ठूलै त्याग, बलिदान हुने जोश र तातो मुटु चाहिन्छ । आजका हाम्रा नेताहरूमा स्वार्थमात्र छ । स्वार्थीहरू कायर हुन्छन्, कायरहरू पल पल मर्छन् र मरेपछि कलंक बन्छन् । जनयुद्ध र जनआन्दोलनको आगोमा खारिएर निस्केका नेताहरू त देशका, जनताका गहना हुनुपर्ने हो, फलामको सुइरो बनेर घोचिरहेका छन् । फलाम हतियार हो, फलाम विष पनि हो । फलाम जनता र देशको घाउमा मलम होइन । नेतृत्व  फलाम बने । जसले हरेक क्षण देश र जनताको घाँटी रेटिरहेको छ ।
राजनीतिमा धर्म हुन्छ । प्रतिबद्धता र सिद्धान्त हुन्छ, सिद्धान्तप्रति निष्ठा हुन्छ । हाम्रा नेता त राजनीतिलाई व्यापार बनाएर पार्टीको हाटबजारको पसल बनाइरहेका छन् । यसैले त राजनीतिमा लाग्नेहरू दिनदिनै धनी भइरहेका छन्, सर्वहारा र गरीवहरू झन झन थपिदैछन् । देशको माटो र पहिचान संकटमा परेका छ ।
राष्ट्रिय स्वाभिमानका लागि केजर बिलियम्सको जस्तो धर्मयुद्ध लड्ने ताकत चटके र उखानेहरूमा हुन्न, नेपाली राजनीति यही महारोगबाट ग्रस्त छ । कूशासनको पहिलो कारण निष्ठा र नैतिकहीनता हो । इमानको अभावमा भ्रष्टाचार बढेको छ । भ्रष्टाचार भनेको मृत्यु हो, समृद्ध नेपाल र सुखी नेपालीको रामनाम जपेर मृत्युबाट पार पाउन सकिन्न । ओखती इमान हो, इमान रहेन । परिवर्तनकारी नेतृत्व हरेक दिन राजनीतिक मृत्यु मरिरहेको छ ।
मनमोहन अधिकारी असल कम्युनिष्टको कुरा गर्थे, वीपी कोइराला ठूलो होइन असल हुनु भन्थे । आज मनमोहन अधिकारी र वीपी कोइराला दुवै हारिरहेका छन् । किनकि यिनका अनुयायीहरू असल होइन धनी बन्दैछन्, राजा हटाएर महाराजा बनेका छन् ।
अपराधिक राजनीतिकै कारण चोरलाई चौतारो, साधुलाई सुली भइरहेछ । लोकतन्त्रमा देखिएको दृश्य, भोगिएको भोगाइ हो । कानुन छ काम गर्दैन्, संविधान छ समाधान छैन । शासन छ शास्ती छ, प्रशासन छ अनियमितताको दलदलमा फसेको छ । राजनीति छ व्यापार गरिरहेछ । नीति छ नैतिकता छैन । नेपाल छ, नयाँ नेपाल बनाउ“छु भन्नेहरूसँग निष्ठा छैन । नेपाली हुँ भन्ने गौरव देखिन्न ।
महत्वपूर्ण सवाल सपना देखाउँछन्, स्वार्थ शिद्ध गर्छन ।सपना पूरा गर्ने इच्छाशक्ति कुनै नेतामा छैन । लोकतन्त्र जिन्दावाद छैन । लोक नदेखिने लोकतन्त्र लखनौंको भुलभुलैयाजस्तो बनेको छ । लोकका लागि लोकतन्त्र बम्बैका लड्डु खाया भी पछताया, नही खाया भी पछताया भइरहेको छ ।
२०६५ साल जेठ २९ गते पत्रकार सम्मेलन गरेर जनताको नासो जनतालाई बुझाएर राजदरवारबाट नागार्जुन जंगलतिर लागेका राजा ज्ञानेन्द्र आजसम्म त्यो नासोको खोजखबर गरिरहेका छैनन् । देश दुःखेको, जनता बेसहारा भएको, अभिभावकहीनताप्रति चिन्ता गर्छन्, भार उठाउने साहस गरिरहेका छैनन् । उनीभन्दा लोकतन्त्रवादी र लोकसमर्थन पाउने व्यक्ति कुनै छैन । तर उनलाई जुरूक्कै उठाउने जनताको बिद्रोह भइसकेको छैन । राजा चुनावमा जाने होइन, जनबिद्रोहले आउने हो । बिद्रोह समयको प्रतिक्षामा छ ।
१७ वर्षदेखि नागरिकहरूसँग भेटवार्ता गरेर बसेका पूर्वराजाले ‘सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रूपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ । सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहा“कै माटोमा हुर्कन पाएको र यहीँको धर्तीको सेवामा जुट्न रम्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्दछु । म नेपालको भक्त हुँ“ । देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ । ..भूकम्प...बाढी पैह्रोको प्रकोपले धेरै जनधनको क्षति भएकोमा मलाई दुःखी तुल्याएको छ ।’ 
राजाको चिन्ता यही हो । देश लथालिङ्ग हुँदै गएको र जनता बिल्लिबाठमा परेको बेलामा वीरका सन्तानले गर्नुपर्ने के हो ? त्यो काम कर्तव्य समयको माँग हो ।
सडकमा उत्रिएका जनता, नासो फिर्ता लिनुपर्छ भनेर चिच्याइरहेका छन् । नासो भनेको राजनीतिक दलहरूलाई मौजा बाँडेको बिषय होइन । नासो भनेको केही समयको लागि दिइएको हो । जनताले चाहेका बेलासम्मका लागि संरक्षण गर भनेर दिएको अधिकार हो । त्यो नासो अव फिर्ता लिने बेला भयो । किनकि जनताले फिर्ता गराउन खोजेका छन् । समयको प्रश्न छ– कि यी शासकले इमानमा उभिनुप¥यो, कि राजसंस्था व्यू“तनुप¥यो ? नेतृत्व कुनियतमा कुहिसकेकाले राजतन्त्र ब्य“ूतिनुको बिकल्प छैन । आमनागरिक राजनीतिको सकस सहन गर्न नसकेर दिनदिनै मरिरहेका छन् । मर्नु श्वास रोकिनु मात्र होइन, मन छटपटिएर बाँच्नु पनि मर्नु हो ।
जनतामाथि ७ सय ६१ सरकार चलाउने र तिनका कार्यकर्ता पाल्नुपर्ने जिम्मेवारी छ । राष्ट्रको जिम्मेवारी बोकेका राजनीतिक बर्गहरू कर्तव्यच्यूत भइरहेका छन् । राष्ट्रको भण्डारे बनेका राजनीति र प्रशासनका नाइकेहरू सेटिङ गर्दै राष्ट्रिय ढुकुटी लुटिरहेका छन् । जनताप्रतिको सामान्य कर्तव्यसमेत यिनले पालना गरिरहेका छैनन् ।
नेपाली राजनीतिमा भयानक जनयुद्ध भयो, डरलाग्दो जनआन्दोलन पनि भयो । त्यसबाट जन्मेको हो परिवर्तन ।
परिवर्तनपछिको नेपाल झन बिकराल समस्याले जेलिन थालेको छ । अस्तित्वको संकटमा फस्न पुगेको छ । यो सबको कारक यिनै परिवर्तनकारी नेताहरूको स्वार्थन्धता हो । यसकारण पनि यिनलाई नासोमा दिएको राज्यशक्ति श्रीपेच अव फिर्ता माँग्ने बेला भयो ।
हरेक चुनावमा जनताले यिनैलाई मत दिएका छन्, मत अर्थात अवसर दिएका छन् । त्यो अवसरको दुरूपयोग मात्र गरिरहेका छन् । मतदान जनताका लागि अभिषाप बनेको छ । नेताहरू लज्जाहीन अनियमतिता गरेर, भ्रष्ट बनेर तिनै जनतामाथि शासन गरिरहेछन् । यस्तो शासन के शासन, जहाँ जनताको विश्वास नै छैन । जनताले परिवर्तन भयो भन्ने अनुभूति गरेकै छैनन् । भ्रष्टाचार देखिन्छ, सरकार देखिन्न ।
राजाले सरक्क पन्छिएर जनतामा अनुवाद भए, कुनै आनाकानी अप्ठेरो पारेनन् । जो जनता र देशका लागि परिवर्तन लिएर आए, उनीहरू परिवर्तित हुनसकेनन् । देश र जनताका, लोकतन्त्रका दुश्मन बने । राजा दरवारबाट जंगल पसेपछि लोकतन्त्रलाई जंगलराज बनाउने काम नेताहरूले गरे । मान्छेले जब विवेक हराउ“छ, उसले जे पनि गर्छ । राजनीति र प्रशासनले विवेक हराएपछि कूशासनमात्र हुन्छ, मत्स्य न्याय हुन्छ । मुलुकी बन्दोबस्त बिग्रेको छ । बिगार्ने नेताहरू अझै लोकतन्त्रको डम्फु बजाएर नङ्गा नाचिरहेका छन् ।
लोकाचार भएको लोकतन्त्रमा विधिमाथि विश्वास हुन्छ । बेलायत त्यसैले बेलायत हो । व्यक्तिको पूजा हुने देशमा लोकतन्त्र चल्न सकेन, त्यसैले नेपाल नैतिकतामा पहिरो गएको नेपाल बन्न पुगेको छ । व्यवस्थामा परिवर्तन आयो, व्यवस्था चलाउनेको चरित्र सुध्रिन सकेन । देश हरेक दृष्टिले कङ्गाल बनिरहेछ ।
सबैले जनचाहनामा चल्ने हो भने सहमतिको राजनीति सुरू हुन्छ । अन्यथा भत्काउनेले भत्काउ“दै जानेछ । जनताका लागि यो संचेतनाको समय हो ।