-सुरेशकुमार पाण्डे- - - -
आजको प्रदुषणयुक्त बातावरण र बिषाक्त खाद्यानले आम जनजीवनमा नकारत्मक प्रभाव परेको छ।सहर बजार वा बजारको नजिक बसोबास गर्ने मानव समुदायहरूको खानपिन भनेको बाजारू नै हो।हाम्रो बाजारहरूमा के विक्री बितरण भ एकाछन्? यसबारेमा पनि हामि सबै सचेत हुनुपर्द छ। गाउँमा पनि अचेल बाजारको प्रभाव परेको देखिन्छ।किन की पहिलेको जस्तो लालाबाला पाल्ने चलन सेलाउँदै गएको छ। प्राविधिक सुबिधा युक्त मानव समाजमा अहिले व़जनदार कामहरू गर्ने चलन छैन।भारि बोक्नेकामहरू अहिले तराईमा त छँदैछैन पहाडमा पनि कम हुँदै गएको छ। देशभित्र अचेल सुख भोगि मानव समाजको निर्माण भएको हामिले देखिरहेका छौँ। पहिले गाई ,भैंशी,भेंडा बाख्राहरू धेरैभन्दा धेरै पाल्ने चलन थियो । त्यसको लागि सानै उमेर देखि दाउरा घाँस काट्ने र बोक्ने गरिन्थ्यो।पानी टाडाको पंधेरावाट बोक्ने गरिन्थ्यो। रूखमा चड्ने र झर्ने,उकालो र ओरालो गर्ने।धेरै भन्दा धेरै पैदल यात्रा गर्ने प्रचलन थियो। तर अहिले गरूको स्थान स-साना हाते टेक्ट्ररूले लिएकाछन्।मलको स्थान कृतिम मल यूरिया आदिले लिएकाछन्।दुध दही किनेर खाने चलन बस्यो।पैदल यात्रा हुँदैन वाइक ,कार आदि घरैमा हुन्छन्। साँचै भन्ने हो भने किसानहरूले पशु पाल्न छाडे।र खेती पनि गर्न छिट्पूट छाड्दै गएको देखिन्छ। परायजसो खेत बारी बांजै देखिन्छन्। जब हामि सँग सारिरिक परिश्रम सिद्दियो त्यसपछि खाना हजम नहुँने,निन्द्रा नलाग्ने, सरिर दुख्ने लगायतका कयौं बिमारीहरूले हाम्रो सरिरमा आकारमण गर्न थाले।सिङ्गो समाज नै अस्वास्थ हुन थाल्यो। खानामा दुध दही भन्दा मासु माछा र मैदावाट निर्मित भोजनले सरिरको पाचन कृयामा असर पार्न थाल्यो। अहिलेको पिडीले मही,आटो,गुन्द्रुक सिसनो ,ढेणोलाई चिन्न छाडेकाछन्।दही,दुध र घ्यू पनि अलि हुने खानेहरूले प्रयोग गर्छन् ।महँगो भएपछि घ्यू पनि हुँदा खानेहरूको भागवाट यो टाडिंदैछ। यि परायजसो हाम्रा घरहरूमा दैनिक खान्की थिए।जसले औषधीको काम गर्दथ्यो।ताकत र उर्जा पैदा गर्दथ्यो।अहिले मासु माछा,मैदाबाट बनेका ममज,चाउमिन ,बर्गड आदि आयातित खान्की हाम्रो भान्छा घरमा प्रवेश भएकाछन्। अब यो अवस्थामा हामिलाई स्वास्थयको लागि बिहानमा कम्तिमा पनि दुई तिन किलो मिटर वा एक आद घन्टा हिंड्डुल गर्नै पर्ने हुन्छ।वा योगा गर्नु पर्ने हुन्छ।यो एक दुई जनामा भन्दा समूहमा भयो भने मानिसको मानसिक रूपमा पनि सन्तुस्टी मिल्ने हुन्छ।साररिक र मानसिक सन्तुलनका लागि सामूहिक व्याहेम योगा , वा हिंडडुल गर्नु पर्दछ। यही शन्द्रभमा अचेल नेपाल भरिनै साना ठुला गुटहरू बनेर स्वास्थ अभियानका रूपमा कृयासिल छन् र हुँदै पनि छन्। यो एकप्रकारले राम्रो कुरा हो भन्न मिल्छ। तर हामिले देखेका छौँ देशमा धेरैजसो योगाहरू विदेशीहरूको छत र छाँयामा सञ्चालित छन्।कतिपय छिमेकी मुलुकबाट बद्नाम भएका जेलको सजाए काटेकाहरू पनि छन्। हामि सबै भन्दा पहिले यो देशका जिम्मेवार नागरिक हौँ।देशको रक्षागर्ने हामिसबैको मुख्य कर्तव्य हो।एकातिर हामिले आफुलाई भौतिकवादी ठान्दछौँ आर्को तिर आध्यात्मवादको मिसन सफल पार्न दिन रात एक गरेका हुन्छौँ।के यो बिरोधाभाष होइन? हामिले आफ्नो स्वास्थयको रक्षा गर्ने अभियानमा कतै देशलाई नोक्सान पुराउँने कुनै असमाजिक गुटलाई त सहयोग पुराएका छैनौँ?त्यसबारेमा पनि हामि सजग हुनैपर्छ।कतै हाम्रो स्वास्थय अभिनलाई राजनीति दलले आफ्नो स्वार्थ पुरागर्ने मञ्चको रूपमा प्रयोग गरेको त छैन् यसबारे पनि हामि सजग हुनैपर्छ। यो भनिरहँदा राजनीति गर्नु नै गलत हो भनेर बुझ्नु पनि हुँदैन्।राजनीति भनेको हामिले गर्भै देखि गरिरहेका हुन्छौँ।तर सार्वजनिक क्षेत्रमा सामाजिक मरियादाको पालना गर्नु पर्द छ।हामिले जुनसुकै राजनीतिमा आस्था राखेपनि हाम्रो उदेश्य मात्र स्वस्थय सँग सम्बन्धित हुनुपर्दछ।आफ्नो स्वास्थका लागि हाम्रो पछि लागेका सोजा जनताहरूलाई उनिहरूको आस्था र मर्म विपरित कतै ढाल्न खोज्नु पनि सहि भन्न मिल्दैन।तसर्थ स्वास्थय अभियानलाई त्यही रूपमा बुझ्ने र बुझाउँने प्रयात्न गर्नैपर्छ। हाम्रो देशको मुटुमा कुनै दुष्टले बिषालु हवा प्रवेश गराउँन थाल्यो भने देशको अबस्था कस्तो होला?अहिले हाम्रो देशमा धर्म परिवर्तन गराउँने गिरोह सक्रिय छ।अखण्ड देशलाई टुक्रा पार्न सङ्घीय रोगले प्रवेश पाएको छ।विषालु खाद्यान भित्रिएको छ।त्यसैले कतै कुनै योगाको नाममा पनि मिलावट त छैन?यसबारेमा पनि हामि सबैले आफ्नो ध्याय केन्द्रीत गर्नुपर्ने हुन्छ। निश्चित रूपमा स्वास्थयको लागि योगा ,व्यायम बिहानी घुमघाम आदि ठिक हुन।तर जस्तै महमा थोरै बिष मिलाएपनि मिठास सकिदैन तर बिषले आफ्नो काम गरिरहेको हुन्छ। हाम्रो छिमेकी मूलुकवाट थुप्रै अपराधी असमाजिक तत्व जसले कसुर प्रमाणित भएपछि सजाए काटेकाहरूको पनि नेपालमा बिगबिगी देखिन्छ। कतिपय योगको माध्यायमवाट देशको सम्वेदसिल ठाउँमा पुग्ने आंटमा पनि हुन्छन्।हामिले पटक-पटक धोखा खाएका छौँ।एनजीओ आई एन जी ओले लगातार देशमा हश्तक्षेप गर्दै आएको छ।अहिले त सरकारहरू समेत सहकारीले चलाएका हुन्छन्। कुनै पनि देशलाई बर्वाद गर्नु छ भने, स्वास्थय,शिक्षामा सबै भन्दा पहिले आकार्मण गर्ने दुश्मनको योजना हुन्छ।अहिले केही वर्ष देखि हाम्रो शिक्षा प्रणालि अत्यान्तै कम्जोर हुँदै आएको जगजाहेर छ।यो वर्ष आएको एस ई ई को नतिजाले पुष्टी गरेको छ। माध्यामिक तहको परिक्षामा ५२.५७%विध्यार्थि फेल हुन्छन् भने त्यो देशको अवस्था कस्तो होला? सहजै अनुमान लगाउँन सकिन्छ। यसका कयौँ आ-आफ्नै प्रकारका कम्जोरी हुनसक्छन्।तरपनि दैनिक रहनसहन खानपिन र बातावरणले पनि बालबालिकालाई असर पारेको देखिन्छ। अचेल त मानिस मरेको ठाउँमा पनि विदेशी कै इसारामा दलालहरूले राजनीति गरिरहेका हुन्छन् भने योगशालामा उनिहरूको ध्यायन नपुगेको पक्कै पनि छैन्।हामिले सङ्का र बिस्वासलाई सँगसगै राख्नुपर्दछ।हाम्रो देश बहुजातिय बहु धार्मिक भएकोले सबै जात र धर्मको पनि सम्मान गर्नुपर्द छ। देशले धर्मनिरपक्षता अप्नाएको छ।योगामा कुनै एउटा धर्मको नारा लगाउँनुपनि असम्वैधानिक मान्नुपर्छ।त्यसैले योगालाई कुनै धर्मको रूपमा जातको रूपमा वा कुनै एउटा समूदायको रूपमा लिनु भन्दा मात्र स्वास्थय अभियानको रूपमा लिनु ठिक हुन्छ। योगा सुरू गर्दा राष्ट्रिय गान बाट सुरू गर्ने र शहिदहरू प्रति सम्मानमा मौन धारण गराउँने पनि बानि बसाल्दा राम्रो हुन्छ।जसले समाजलाई एकताबद्ध गर्न मद्त पुग्छ र देश अखण्ड भएको आभाश हुन्छ। योगाको द्वौरानमा राम्रा देशभक्ती प्रगतिसिल गीत सङ्गित गाउँने बानी बसाल्नु पर्छ।रूढिवादी छाडा प्रकारका गीतहरूबाट आफुलाई टाडा राख्नुपर्छ। तर सांचै भन्नु पर्दा हामि स्वास्थय रहनुका लागि योगा भन्दा पनि राम्रो साररिक परिश्रम हुनसक्छ।गाई भैंशी पाल्न सके योगा गर्नै पर्दैन राम्रो दुध दही मही घ्यू खान पाए सरिरमा विमारी सँग लड्ने क्षमताको विकास पनि हुन्छ।खेत बारीमा आफै काम गर्ने गाई भैंशी आदि पाल्ने यसबाट आमदानी पनि हुन्छ र योगा पनि हुन्छ। यदी हामिले त्यो बिधी अप्नाउँन सक्दैनौँ भने नियमित बिहान हिंडौँ र आफ्नो खान्कीमा साग प्रयोग गरौँ।पानी बढी पिउँने गरौँ।मासुलाई कम गरौँ र विमार मरेका पसुहरूको मासु त खानै हुँदैन।साँझको भान्छामा भारि चिजको प्रयोग नगरौँ।लगातार पैदल हिंड्ने बानी बसालौँ।केटा -केटीहरूले वाइक होइन साइकल चलाऊँ।यसरी हाम्रो नियमित रूपमा व्याहेम हुनसक्छ। सरिर निरोगी भए समाज निरोगी हुन्छ र समाज निरोगी भए राष्ट्र निरोगी हुन्छ। मदिरा सुर्ति जञ्य चिज प्रयोग नगर्ने लागु औषधको ओसार पसार अपराध हो त्यसमा सलङ्गन नहुने र भएका फेला पारे प्रसासनमा सुचित गर्नुपर्द छ।यो पनि स्वासथय सँग सम्वन्धित बिषय हो।हामी हाम्रो शन्तानलाई कुन बाटोमा डोराउँने? यसबारेमा निर्णय गरेर मात्र योजना बनाउँनु पर्दछ। बाल बालिक भोली देशका कर्णधार हुन्।देशको भविश्य यिनिहरूकै हातमा छ।त्यसकारण उनिहरूलाई देशको बारेमा ज्ञान हुनुपर्छ।अश्लिल छाडा र रूढिवादी बिचार वाट टाडा राख्दै प्रगतिसिल विधामा डोराउँने पनि हामि सबै अभिभाबकको जिम्मेवारी हो।आजको यो वैज्ञानिक युगमा बालबालिकाहरूलाई अगाडी बढाउँनुको साटो पछि ढेकल्दै गन्तव्यहिन नबनाउँ। त्यसैले उनिहरूलाई पनि साररिक मानसिक रूपमा स्वास्थ राख्न खेल कूदमा चासो हौस् भन्ने हेतूले खेलको मैदन सम्म पुराउँने जिम्मेवारी पनि हामी सबैको बन्छ।