Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

बागमती किनारको सुकुम्वासी बस्ती

१८ शुक्रबार , श्रावण २०८१एक महिना अगाडि

बागमती किनारको सुकुम्वासी बस्ती

यो वस्ती बागमती किनारको सुकुम्वासी बस्ती हो । यो सुकुम्वासी बस्ती ठूला पार्टीका भोट बैंक पनि हो । बागमती पारीपट्टी ललितपुर नगरपालिकाले चिरिच्याट्ट युएनपार्क निर्माण गरेका छन् । वारिपट्टी बागमती किनार दुर्गन्धित छ, सुकुम्वासीहरु साह्रै सकसमा बाँचिरहेका छन् । उनीहरुलाई थाहा छ, यो बस्ती उठाउन खोजे यसको सोधभर्ना पाइन्छ । लाभैलाभ छ । लाभकै लागि कतिपय धनाध्ये व्यक्तिहरुले समेत आफ्नो घर भाडामा लगाएर यहाँ बसेका छन् । कतिपयले सुकुम्वासी बस्तीमै घर बनाएर पनि भाडा खाइरहेका छन् । असली सुकुम्वासी पीडामा छन्, जो हुकुमवासी हुन्, तिनीहरु संगठित छन् र हैकम चलाइरहेका छन् । काठमाडौं महानगरले यो सुकुम्वासी बस्ती हटाएर सफा नगर बनाउने अनेक प्रयत्न गर्दा राजनीतिक ठूला दलहरुले सहयोग गरेनन् । सत्ता उदासीन रह्यो, त्यसैले समस्या झन झन बल्झिदै गएको छ ।
यो दलतन्त्र, नेतातन्त्र, भ्रष्टतन्त्र र दलालीतन्त्रले सुकुम्वासी समस्या कहिले अन्त गर्ला, सही सुकुम्वासीको पहिचान भएर तिनले राहत अनुभव गर्लान् ?