Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

सत्ता परिवर्तन कागलाई बेल - हर्ष न बिष्मात्

०९ बुधबार , श्रावण २०८१एक महिना अगाडि

सत्ता परिवर्तन कागलाई बेल - हर्ष न बिष्मात्

सुरेश कुमार पाण्डे- - -

आज देशको अबस्था हेर्दा र देशभित्रका राजनीतिक पार्टीहरूको गतिबिधी हेर्दा अराजक हुलमा घेरिएको देश जस्तै लाग्छ । यी सबै राजनीति पार्टीहरूले भन्छन्– राजनीति भनेको सत्ता प्राप्त गर्नुनै हो । कसैले भन्दैनन् राजनीति देश र जनताको लागि हो । राजनीतिमा नै देशको भबिष्य हुन्छ भन्ने कुरा थाहा नपाएका अराजक प्रवृतिका राजनीतिक जमघटले देशलाई नर्क तुल्याए ।
यही काग्रेस पार्टी हो ओलिको राजनीतिक गतिबिधीमा प्रतिगमन देख्ने पनि, ओलिलाई विदेशीको कठपुतली देख्ने पनि । अहिले भागबण्डा पाएपछि ओली योग्य भएको देखियो । यहाँ कुन पक्ष हो कुन विपक्ष कस्को भुमिका कस्तो हुनुपर्ने त्यसबारेमा कसैलाई चासो छैन ।
पक्ष विपक्ष बिचमा जुन मुद्दामा छलफल हुनुपर्ने हो, एकता हुनुपर्ने हो त्यसमा हुँदैन । कहिले भएन ।
आफुलाई ठुला दल भनौदाहरू खास गरि काग्रेस, एमाले र एमाओवादीहरूको मुल्याङ्कन गर्दा उनिहरू नै देशभित्र हालिमुहाली गर्दै आएका छन् । सरकार कस्को बनाउने कस्को ढाल्ने, को सँग एकता गर्ने र सरकारमा जाने बाहेक देश र जनताको हितमा कुनै कुरा हुँदैहुँदैनन् । उनिहरू नै सरकारी उनिहरू नै प्रतिपक्ष । अचम्म लोकतन्त्र ।
पार्टीहरूवीच सम्विधानमा रहेका जनता र देशको हित बिपरित बुँदाहरूमा छलफल हुँदैन । बरू आफ्नो स्वार्थ पुरा कसरी हुनसक्छ ! आफ्ना आसे पासे र गासेहरूलाई कसोगरी फाइदा दिन सकिन्छ । यस्तै–यस्तै विषयमा नेताहरूको छलफल र षड्यन्त्रहरू हुँदै आएका छन् । मेची जावस की महाकाली जावस नेताहरूलाई कुनै बाल छैन ।
आखिर यो देश कस्को हो ? यि देशका जनताहरूको समस्या कसले सुन्ने ? के छिमेकीहरूले हाम्रो समस्या सुन्ने हो ? हामिले न्याय माग्न र रोजगार माग्न अरू देशमा जानुपर्ने, कस्तो बिडम्वना हो । उखानमा भनिन्छ गाउँ गाउँमा सिहँ दरबार आउँछ । पानी जहाज र रेल आउँछ ।एम सीसी लागु गरिए पछि विधुतमा, बाटोमा र देशको अबस्थामै सुधार हुन्छ । यि पाखण्डि नेताहरूले कुनै दिन यस्तो भन्न पनि पछि पर्ने छैनन्“ यो देश फलानो देशमा बिलए गराऊँ हाम्रो देशको काया पलट हुनेछ ।“ किन की देश विकास गर्ने तरिका यिनिहरूको देखियो र भोगियो पनि । स्कुलमा राजनीति, अदालतमा राजनीति, संसदमा राजनीति, खेतबारीमा राजनीति । यहाँ त बर्षे झरि जस्तै राजनीति छ ।
देशलाई कसरी फाइदा हुन्छ, देशका नागरिकलाई कसोगरी फाइद पुराउन सकिन्छ ? देशलाई आत्मनिर्भर र युवाहरूलाई देशभित्र रोजगार कसरी दिनसकिन्छ ? यस्तो राजनीति भएन ।
सबैलाई थाहा छ देश सानो छ,देश आत्म निर्भर छैन, देशको आयाश्रोत रेमिटेन्स र जनतावाट लिएको कर मात्र हो । देशले सबै आयात गर्छ निर्यात त देशका होनहार युवा त्यो पनि मज्दुरको रूपमा गरिन्छ । अनि उनैको पसिनामा आएको रेमिटेन्सले देश चलाइन्छ ।
यस्तो अवस्थामा देशभित्र सङ्घीयता केका लागि ल्याइएको हो ? अहिले देशमा जन्म लिएका नवजात शिशु ८३ हजार ऋण आफ्नो टाउकामा सँगैलिएर जन्मिन्छन् । यस्तो बिडम्वना छ हाम्रो देशमा ।
सङ्घीयता आएपछि हामिलाई के फाइदा भयो के नोक्सान भयो ? त्यसको समिक्षा कसले गर्ने हो र कहिले गर्ने हो ? 
देशमा भ्यूटावर बनाइन्छ तर पुल बन्दैनन्, देशमा बिकास हुँदैन बरू भएका उद्योग कलकारखाना पनि बन्द गरिन्छ वा नीजिकरण गरिन्छ । देशभित्र शिक्षा डामाडोल भयो । सरकारी स्कुलको अबस्था तरल बन्दै गएकोछ । शिक्षालय कार्यकर्ता उत्पादन केन्द्र बने ।
आर्थिक अवस्था उस्तै छ स्वास्थय, शिक्षा र आर्थिक अबस्था डामाडोल भयोभने देश नै असफल राष्ट्रमा परिणित हुन्छ ।यो देशका लागि सबैभन्दा जटिल अबस्था हो । जसको श्रेय सङ्घीयतालाई जान्छ । त्यसको नाइकेहरू देशका हात्ती पार्टीहरू नै हुँन् । कुनै पनि कालखण्डमा कसैले पनि सङ्घीयताको माग गरेन तर पनि त्यो चोर ढोकाबाट भित्रियो । न त हाम्रो देश छरिएर रहेको थियो, नत छुट्टिन खोजेका राज्यलाई एकताबद्ध गर्नुपर्ने बाध्यता थियो, आखिर किन देशमा भित्राइयो त सङ्घीयता ? 
यसबारेमा घरि–घरी भनिरहनु नपर्ला प्रष्ट छ  । सङ्घीयता विदेशीको दवाबमा उनिहरूको स्वार्थ पुरा गर्नका लागि भित्राइएको हो । यसैले असफल भयो ।
तर हाम्रो देश नेपाल एउटा अर्ध सामन्ती र अर्ध उपनेवेशिक अबस्थामा रहेको एउटा भूपरिवेष्ठित देश हो । जो आर्थिक हिसावले धेरै गरिब नै छ । यस्तो देशलाई सङ्घीयता भिराएर अराजकताको सङ्कट निम्ताइएको छ । 
देशभित्र आयश्रोत नगन्य छ । देशभित्र आठौटा सरकार र नौवÞटा संसदहरू चलाएका छन् । संसारलाई तमाशा देखाउन खर्च बढाइएको छ ।
७७ जिल्ला, महानगर पालिका ६,उप महानगर पालिका ११, गाउँ पालिका ४६०, नगरपालिका २७६, वार्ड ६७४३, १३५ जना मन्त्री, ८८४ सांसद लगायत कर्मचारीहरू हाकिमहरूलाई पाल्दा पाल्दै देश कङ्गाल हुने र जनता बेहाल हुने भयो । देश असफल सावित हुनेभो ।
अब देशलाई जोगाउँनु छ भने अबिलम्बन सङ्घीयतालाई खारेज गर्नुको विकलप छैन । यस तर्फ कसैको ध्यान जाँदैन । जावस पनि कसरी सत्ता र भत्ताको मातमा चुर भएका नेताहरूले आफ्नो ब्यक्तिगत स्वार्थ बाहेक अर्को तिर सोंच्नै सक्दैनन् ।
नचाहिने कथा सुनाए उस्तै–उस्तै काम गरेर देशको आर्थिक खर्च गराए ।भ्यू टावर नबनाईनहुँने केका लागि थियो?
त्यो कत्तिको व्यलहारिकता भएको छ । कम्तिमा पानी ड्याम बनाएर वर्षा यामको पानी जम्मा गरेर खडेरिमा सिंचाइ गराउँन सकेको भए खेति त हुनेथियो ।पुल बनाएको भए तुइनमा झुण्डेर बालबालिकाहरूलाई स्कुल जानुपर्ने थिएन । राष्ट्रिय परिचय पत्र भनेर बनाएको काडमा नत राष्ट्रको चिनो छ ।न टोपी न दरूवा सुरूवाल अनि राष्ट्रलाई कस्तो बनाउँन थालेका छन् ? हाम्रा नेताहरूले ।
कम्तिमा नागरिकता बनाउदा टोपीलाई अनिवार्य गराइएको थियो । राष्ट्रिय परिचयपत्र किन चाहियो ? कमिशनतन्त्र पाल्न अनिवार्य गराइयो ।
सहरमा विदेशी समान बिक्रि हुन्छ ।देशभित्र उत्पादन हुँदैन् । उद्योगपतिहरू देशभित्र उद्योग खोल्न चाहाँदैनन् कमिशन र भ्रष्टतन्त्त मौलायो । सिङ्गो देश फिजीकरण भएको छ ।
सन् १९७२÷७३ को सिक्किमको अवस्था यस्तै हो । जसका कारण १९७५ मा देशै सकियो । गद्धारहरू स्वतन्त्र देशलाई आफ्नो देशलाई भारतको एउटा राज्यको रूपमा स्थापित गराउँन सफल भए । हाम्रो देश नेपाललाई पनि त्यही लैण्डुप दोर्जे जस्ता कयौँ गद्धारहरूले घेरेका छन् । जबसम्म ति कथित नेपाली लैण्डुपहरू देशमा रहिरहन्छन् यो देश खतरा मुक्त हुनैसक्दैन् ।
अहिले त ठुला–ठुला राजनीतिक दलहरू एउटा स्वतन्त्र पार्टीका एकजना व्यक्तिको बिरूद्धमा हात धोएर लागेका हुन्छन् ।अलिकिती कसैले राम्रो काम गर्न थाल्यो तेसैको बिरूद्धमा नेताहरू जुर्मुराउँछन् । त्यसलाई काम गर्न नदिने र कुनै नकुनै षड्यन्त्र गरेर त्यसलाई हतोत्साहित्  गराउँने प्रयत्न गर्छन् ।पहिले धरानका मेरको पछि परे अहिले काठमाण्डौका मेयर, बालेन साहाको पछि परेका छन् । उनले आफ्नो क्षेत्रमा वैधानिक रहेर काम गर्नलाई नै जनताले चुनेका हुन् । उन्ले काम गरिरहेका पनि छन् । काम गर्ने तौरतरिका बोल्ने शब्दहरू जेजस्ता भएपनि अहिले यतिवेला सम्म उन्को नियत सफा देखिन्छ । आफू केही नगर्ने, आलोपालो सरकार चलाउने, भ्रष्टाचार मच्चाउने, अरूले केही गर्दा राजनीति मासिएला भनेर डराउने ?
लोकतन्त्रका नाममा जुन जुकानीति पन्पिएको छ, त्यो आपत्तिजनक छ । 
अब त यो देशको आयु देशका जनताले मात्र लम्बाउन सक्छन् ।यद्यापि ति जनताहरूले हाम्रो भन्दा राम्रो कामको समर्थन गर्दै आ –आफ्ना पार्टी पंक्तिमा विदेशीका दलालहरूलाई नङ्ग्याउँन प्रयात्न गर्छन् भने मात्र सम्भव होला ।
अहिले बिभिन्न राजनीतिक पार्टी र नेताहरूलाई सहकारी र एनजिओ वा आइ एनजिओले नचाईरहेको अबस्थामा उपरोक्त कार्य त्यती सजिलो पनि छैन ।तर यदि हामि अँझै पनि चुपलागेर बस्छौँ भने देशको अवस्था जटिल बन्दै जाने प्रष्टै छ । जुनसुकै धारा संसोधन गरेपनि जुनसुकै नेता प्रधानमन्त्री बनेपनि यो देशको अबस्थामा सुधार हुनेछैन् ।जब सम्म सङ्घीयता लगायतका अनावस्याक सन्धि सम्झौता खारिज हुँदैनन् । तब सम्म देशले काँचुली फेर्ला भनेर आस गर्नु मुर्खता हो । यो देशमा आमूल परिवर्तन् गर्नैपर्छ, कृषि क्रान्ति हुनैपर्छ । गलत नेतृत्व फाल्नैपर्छ ।
तब सम्मका लागि सङ्घीयता र विदेशीसँग गरिएका एमसीसी लगायत तमाम असमान सन्धि र सम्झौताहरू खारेज हुनुपर्छ ।त्यो भन्दा तलाका यि बुँदाहरू खारेज गरेर वा संसोधन गरेर कुन प्रधान मन्त्री बन्ने कुन गृह मन्त्री बन्ने जस्ता पदलोलुपता बिचारले देश र जनतालाई कुनै पनि प्रकारको फाइदा हुनेछैन । जो आउन् जाउन् ।
अहिले देशमा आलोपालो सत्ता स्वादको खेलो चल्दै छ ।तयसैको लागि सम्विधानमा संसोधन गरेर बाटो बनाउँने तरखरमा पनि लागेकाछन् ।यो अहिले होइन देशमा आएको बहुदलिय साशन पछि लगातार यस्तै हुँदै आएको छ ।आलो पालो सरकारमा जाने र देशलाई अचानो बनाएर आफ्नो सिकार खेल्ने । आत्तिएर गरेको निर्णय नत देशको न जनातको कसैको पनि फाइदा हुँदैन ।विगतमा गरेको सत्ता साझेदारी असम्वैधानिक थियो ।त्यसैले त्यो गलतिलाई सच्चाउँन अहिले सम्विधानको धारा १८लाई संसोधन गर्ने योजना दलहरूले अगाडि सारे  । तर यो पनि देश र जनतालाई कागलाई बेल हर्ष न बिस्मिता भने झैँ हो ।सम्विधानलाई संसोधन गर्ने नै हो भने सङ्घीयतालाई हटाएर देशलाई आर्थिक बोझबाट मुक्त गरौँ ।यतातिर सबै राजनीतिक पार्टीहरूको ध्यान जावस् ।
अहिले प्रच्डले प्रतिनिधि सभाबाट बिस्वासको मत प्राप्त गर्न असफल भएकाछन ।उनि पदमुक्त भए लगातै फेरी केपी शर्मा ओलिले काग्रेस सँग मिलेर  सरकार बनाउँन थालेकाछन्  ।सरकार गठन भएको १८महिनामा पाँचौँ पटकमा विश्वासको मत प्राप्त गर्न प्रचण्ड असफल भएपछि प्रचण्ड सरकार खुस्किएको हो ।
पक्षमा कुल ६३ र बिपक्षमा १९४मत आएका थिए ।प्रचण्डले एमाले र काग्रेसले आफु सँग गरेको हर्कतले देशलाई २०४७को सम्विधान तिर डोराउँन थालेको आरापो पनि लगाएकाछन् ।अबको एमाले काग्रेस गठबन्धनको सरकारको ओलिले नेतृत्व गर्ने निश्चित भएको छ ।तर के उनिहरूको आलो पालो सरकार बनाएपछि देश र जनतालाई केही फाइदा होला त ? जुनसुकैको सरकार आएपनि विदेशीले त भरपुर फाइदा उठाउलान तर हाम्रो देश र यो देशका नागरिकलाई भने कागलाई वेल नै हो ।
अहिले लगातार वर्षातको कारण बाढी पहिरो र देशमा दुर्घटनाले रूवाबास छ । जनता अक्रान्तछन् । नेताहरूलाई सरकार ढाल्ने र आर्को कसलाई बनाउँने खेल चलिरहेको छ ।यो हाम्रो देशमा आएको गणतन्त्रको सक्कली अनुहार हो ।जबसम्म देशवाट सङ्घीयता फालेर एकात्मक साशन प्रणालि द्वारा देशलाई आत्मा निर्भर बनाउँन पहल गरिदैन तबसम्म यो देशभित्र यस्तै तमाशा हुँदैजाने छ ।
सबैभन्दा ठुलो दल काग्रेस, एमाले र तेस्रो ठुलो दल एमाओवादी प्रचण्ड ३२ सिट छ । यी दलका नेताहरू आलो पालोको व्यवहारमा पनि इमान्दार देखिदैनन् । फेरी पनि ओली पछि देउवालाई प्रधानमन्त्री बनाउने गरि ागशान्ति जय नेपाल भएको छ, कठै ।