Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

देशभक्त राजनेता - कीर्तिनिधि विष्ट

०९ बुधबार , श्रावण २०८१२ बर्ष अगाडि

देशभक्त राजनेता - कीर्तिनिधि विष्ट

नेपाल प्रज्ञा प्रतिष्ठान, मदन पुरस्कार अथवा कुनै पनि संस्थाभन्दा भिन्न र स्वच्छ देखिएको नइ प्रकाशनले देशभक्त राजनेता ः कीर्तिनिधि विष्ट नामक ग्रन्थ प्रकाशन गरेको छ ।
पूर्व प्रधानन्याधीश अनुपराज शर्मा, शिक्षाविद प्रा.डा.सुरेशराज शर्मा, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, वक्ता प्रा.केशव सुवेदी र उपस्थित नारी तथा सज्जनवृन्द हरूप्रति हामी अनुगृहीत छौँ । ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ नामक ग्रन्थको समालोचना प्रा.केशव सुवेदीले गर्नुभएको थियो ।    
नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले ग्रन्थका बारेमा मन्तव्य प्रकट गर्नुभएको थियो । यो ग्रन्थमा पूर्वप्रधानमन्त्री विष्टको राष्ट्रिय राजनीतिक योगदानको चित्र प्रस्तुत गरिएको छ । देशभक्त राजनेता ः कीर्तिनिधि विष्ट ग्रन्थमा प्रधानमन्त्री केपी शर्मा वली, पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल, राष्ट्रकवि माधव घिमिरे, शताब्दी पुरूष सत्यमोहन जोशी, सीपी मैनाली, पशुपतिशमशेर राणा, नवराज सुवेदी, अर्जुननरसिंह केसी, कमल थापा, डा.भेषबहादुर थापा, भद्रकुमारी घले, कृष्णप्रसाद भण्डारी, लोकमानसिंह कार्कीसमेत ६९ जना स्वनामधन्य व्यक्तिहरूका विचार समेटिएका छन् ।