Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

को आउने हो, छिटो आउनुपर्‍यो

शाश्वत शर्मा

०८ मंगलबार , श्रावण २०८१४ महिना अगाडि

को आउने हो, छिटो आउनुपर्‍यो

पुराना राजनीतिज्ञ बालाराम घर्ती मगरले भनेका छन्– म मरेर जाउँला, राजतन्त्र फर्किन्छ, फर्किन्छ । बालारामजस्ता करोडौं छन्, प्रश्न उछ, कहिले ? हिन्दुवादी मन्दिरमा लस्कर देखिन्छन्, हिन्दुधर्म जोगाउन अघि सर्दैनन् । अचम्म छ राजतन्त्रवावदी र हिन्दुवादीहरूको मनोदशा । चाहिन्छ भन्ने अघि नसर्ने ।
गत मंसिर ७ गते दुर्गा प्रसाईको बल्खु आन्दोलनको भोलिपल्टैदेखि राजतन्त्त फर्किन्छ भन्ने लख काटिएको थियो । त्यसपछि भएका दुर्गा प्रर्सा, केशर बिष्ट, राप्रपा, राप्रपा नेपाल र अन्य हिन्दुवादी, राजतन्त्रवादी गणतन्त्र ढल्छ भन्दैछन् । ढाल्ने र ढल्ने छाँटकाँट देखिदैन । झन जुन ४ को भारतीय निर्वाचन र त्यसपछि बनेको मोदी सरकार र कांग्रेस आई केही बलियो भएपछि त्यताबाट पनि केही हुन्छ भन्न सकिने अवस्था रहेन । असार २८ गते सत्ता गुमाउन पुगेका प्रचण्डले नगरकोटको भगेरी दरवार रिसोर्टमा पूर्वराजासँग भेटवार्ता त गरे, अब केही हुन्छ भन्ने थियो, केही भएन । संसदमा तीतो पोखेर ‘हेरौंला’ भन्दै बालुवाटारबाट खुमलटार पुगेका प्रचण्ड समाजवादी मोर्चा ब्यूँताउन र शक्ति संचयमा लागेका देखिन्छन् । अर्थात्, जो जेल जानुपथ्र्यो, भ्रष्टहरूको जालो झन झन बाक्लिदै गएको छ । जनता जागेका छन्, बिद्रोही बन्न सकेका छैनन्, जो प्रजातन्त्र र सुशासनका पक्षमा छन्, ती विदेशी ताकत पनि मौन छन् । जनता भने सकसमाथि सकस खेप्न बाध्य हुँदै गएका छन् ।
सरकार बाढीपहिरो पीडिततिर ध्यान दिन छाडेर राज्य सञ्जालमा आआफ्ना मान्छे भर्ती गर्न र राजस्व लुट्न ब्यस्त हुनथालेका छन् । निमुखा, रोगी, भोका, पीडित, अन्यायमा परेका जनतालाई आफ्नै सरकारले, नेताले र प्रकृतिले पनि प्रताडित गरिरहेको छ । आफ्नो शक्ति र सामथ्र्य देखाउन छाडेर सरकारका गृह र अन्य मन्त्रीहरू विदेशी राजदूतहरूसँग हारगुहार मागिरहेका छन्, अर्थात् चाकरीमा ब्यस्त छन् । प्रधानमन्त्रीले देशको हालत आशलाग्दो नभएको जिकिर गरे, यो शासन पद्धतिकै धज्जी उडाइसकेका छन् । यस्ता असक्षमहरूलाई झेल्ने कहिलेसम्म ?
केही स्वनामधन्य विश्लेषकहरू चाँडै परिवर्तन हुन्छ, नेतृत्व लिन दह्रो व्यक्तिको आगमन हुँदैछ भनेर बताइरहेका छन् । यस्ता चिल्ला मीठा कुरा गरेको लामो समय भइसक्यो । त्यो आगमन कहिले हुन्छ ? अत्तोपत्तो छैन । यी सत्ताधारी र संसदका दल तथा नेताहरूले सुशासन दिन्छन् भन्ने रत्तिभर पनि कसैलाई विश्वास छैन । रूस, चीन, भारत र अमेरिकाले सकारात्मक परिवर्तन गर्न सघाउँछन् भनेर आशा गर्नु पनि ब्यर्थ हुनथालिसक्यो । भारत उत्तर प्रदेशका मुख्य मन्त्री योगीले केही सघाउँछन् कि भन्ने थियो, उनको नेतृत्वको सरकार नै धरमरमा परिसकेको छ । अब को आउँछ, नेपालको हित र नेपालीको कल्याण चिताएर अगाडि ? जो बदनाम छन्, भ्रष्टको धब्बा लागेका छन्, त्यस्ताले सरकार गठन गरेका छन्, नेपाली जनता आफै नउठ्ने, बिद्रोह नगर्ने हो भने अस्तित्वको संकटमा फस्यो भन्दा हुन्छ । त्यसै पनि भूराजनीतिको भूमरीमा त परिसकेको छ । जो बदनाम छन्, ती स्वच्छ कहिलिनेछन्, जो डामिएका छन्, ती सबै बाइज्जत बरी हुनेछन् । विदेशीले यिनैलाई मोहरा बनाउने छन् । नेपाल अफगानिस्तान, युक्रेन बनाएरै छाड्ने भए, विश्वको विश्वास गुमाएरै सिध्याउने भए ।
जनताले आशा गरेको पूर्वराजामाथि नै हो । देश र विदेश भ्रमणबाट केही आशलाग्दा छनकहरू देखिएका थिए । छनक देखिन्छन्, मेटिन्छन् । भ्रष्टहरू यही व्यवस्थालाई सृदुढ बनाउँछौं पो भन्न थालेका छन् । विषालुले अमृतलाई पनि विषालु नै बनाउने हो । जनताले विश्वास नगरे पनि कार्यकर्ता र नेताले लूट मच्चाएर सृदृढ बनाउने छन् । नेपाल झन कमजोर हुनेछ । नेपाली झन गरीब बन्नेछन् ।
२४ खर्ब ऋणभार पुगिसक्यो । बजेटमाथि भ्रष्टहरूकै राइँदाइँ चलिरहेको छ । कालोधनका कारण अर्थतन्त्र चौपट छ, रेमिटान्सले कतिञ्जेल धान्ने ? जनता नेता नभए राजाले, राजा पनि नआए सेनाले बचाइदिन्छ भन्ने आशामा छन् । स्थिति यति खराव भइसक्यो कि प्रत्येक नेपालीका सामु बिद्रोह गर्ने कि मर्ने ? भन्ने प्रश्न उठिसकेको छ । बिद्रोहको बिकल्प छैन । जनता मर्नु भनेको राष्ट्र मर्नु हो । राष्ट्र कसरी मर्नसक्छ, राष्ट्र बचाउन भ्रष्ट, कुनियतवालाहरू बिरूद्ध बिद्रोह गर्नैपर्छ । जनताका सामु अर्को उपाय देखिदैन । जनता बिद्रोहमा उत्रनुपर्छ, यसपछि थाहा हुन्छ, जनता र देशको उद्धार गर्न को आउँछ ? जनता छिटो जाग्नुपर्छ, जो आउँछ, छिटो आउनुप¥यो ।
सुशासन र अवसरका लागि नीति र नैतिकवान हुनुपर्छ । बहुदल र लोकतन्त्रकालभरि कुनियत राख्नेहरूबाट समृद्धि सम्भव छैन । जनताको आशा मर्नु देश मर्नु हुनेछ ।