सुरेशकुमार पाण्डे
अन्यायमा परेका मानिसहरूको दुर्दशा हेर्दा दुःख लाग्छ । एकथरि कल्पनिय मृत्यु रोज्छन् । उनिहरूको इच्छा हो मरेपछिको स्वर्ग ।
आर्को थरीका मानिसहरू आफ्नो स्वार्थका लागि मानिसहरूको नै बली चढाउन समेत पछि पर्दैनन् । त्यो धार्मिक, राजनैतिक स्वार्थ सुख र आर्थिक प्रराप्तिका लागि गरिन्छ ।
उनिहरू सोजा निर्दोश जनताहरू जसले धर्म कर्म र स्वर्ग नर्कमा विस्वास गर्छन् ।उनिहरूको बुद्धी भुटेर यिनिहरू जिउँदै स्वर्ग प्राप्त गर्न तत्पर हुन्छन् ।
आजको यो विज्ञानिक युगमा पनि मानिसहरू चमत्कारका कुराहरू गर्छन् र चमत्कारमा विस्वास गर्छन् । हामिले यो तमाशा देखेर पनि केही गर्न सक्दैनौं । हामीलाई थाहा छ यो गलत हो तरपनि हामि चुपचाप मुकदर्शक बनेर तमाशा हेरिरहेका हुन्छौँ । आखिर कहिले सम्म ?
मानिसले आत्माहत्या गर्छ,वा कुनै गम्भिर रोग लागे पछि मर्छन् ।तर त्यो वेला धेरै पिढाबोथ हुन्छ जुनवेला मानिसलाई झुक्काएर मार्छन्, अकालमै निर्दोशहरू मर्छन् । उसलाई मर्ने कारण समेत थाहा हुँदैन र मर्छन् । ति अवोध बालबालिकाहरू र महिलाहरू ।
सत्संग जस्तो पबित्रताको दौसाला भित्रको फोहोरी खेल यस्तो पनि हुन्छ ।यो धार्मिक माहोलमा जहाँ मानिसहरू राम्रो जीवन बनाउँने सपना बुनेर प्रवचन सुन्न गएका हुन्छन् । त्यस्तो अबस्थामा उनिहरूको ज्यान जान्छ । त्यो वेला कति पिडा हुन्छ होला उनिहरूका आफन्तीहरूलाई ?
केही दिन पहिले भारतमा यस्तै एउटा घटना घट्यो । जो एकजना बाबाको लागी एक सय बाइस जना भन्दा पनि बढीले ज्यान गुमाउन पुगे ।
यो पहिलो घटना पनि होइन । योभन्दा पहिलेपनि कयौँ यस्ता घटनाहरू घट्दै आएका छन् । कहिले मुट्ठिभर व्यक्तिले राजनीति स्वार्थ पुरागर्दा रथ यात्रा गराएर । कहिले हिन्दु मुश्लिम बिच द्वन्द गराएर निर्दोषको बलि चढाउँछन् । केही दिन दुःख व्याक्त गर्छन् अनि विस्तारै भुल्छन् र फेरी यस्तै प्रकारको घटना दोरिन्छ । यो परम्परा बनेको छ । आखिर मानिस मानिस जस्तै किन हुनसक्दैन ।
भारतको राजधानी दिल्लीवाट करिब २०० किलो मिटर टाडा युपीको हाथरस जिल्लाको घटनामा मर्नेहरूको सङ्ख्या १२२ पुगेको बिभिन्न समाचारहरूमा छ ।
हारियाण, राजिस्थान उत्तराखण्ड र युपीवाट करीव सवा लाखको हाराहारीमा जुटेका मानिसहरू सतसंगका लागि आएका थिए । उनिहरू मध्यका धेरै श्रद्धालुहरूले अनहाक मै ज्यान गुमाएका छन् ।
उक्त घटना पछि भास्कर रिपोटरले अस्पत्ताल बाहिर आफुले लाश गिन्ती गरेको दाबी गरेकाछन् । २२ जना आयोजकहरू मध्यकालाई पनि प्रसाशन द्वारा एफ आई आर दर्ज भएको छ ।कति गिरफ्तार हुन्छन् कति छुट्छन् त्यो छुट्टै बिषय हो । यहाँ जो मर्यो त्यो सिद्धियो तर आफ्न्तीहरूको जिवनभरी रूवाबास हुने छ । बाबा भने मौकैमा फरार भएको खबर छ ।घटना उत्तर प्रदेशको हाथरसमा भोले बाबाको सत्संग पछि भएको भाग दौडमा भयो । घटनामा मर्नेहरू धेरैजसो महिलाहरू छन् । धार्मिक कार्यक्रमहरूमा बढी महिंला नै हुन्छन् ।
घायल मध्यका कयौँको हालात गम्भिर छ ।यसर्थ मर्नेहरूको सङ्ख्यामा अँझै वृद्धी हुने देखिन्छ । हाथरस जिल्लाबाट करिब ४७ किलो मिटर टाढा फुलरई गाउँमा दिउसो करिब १ बजेको हाद्शा कसरी भयो ? यसबारे समाचारमा भनिएको छ ।
“सतसङ्ग सकिए पछि बाबाको काफिलाका पछाडी लागेको भिड जो बाबासँग आशिर्वाद लिने प्रयासमा थिए । त्यो भिडलाई तितरबितर गर्न पानीको फोरा छोडियो, त्यहाँ भागदौड भयो ।’
त्यो दर्दनाक हाद्शा पछि अस्पत्तालमा भयाबहको अवस्था देखियो । लाश र घायलहरूलाई बस र टेम्पोमा भरेर सिकन्दरावाद र सीएचसी र जिल्ला अस्पत्ताल अलिगढ मेडिकल कालेज पठाइयो । सी एच सीको बाहिर अलपत्र शबहरू मात्र गिन्ती गर्दा पनि ९५ थिए ।
आर्को अस्पत्तालमा २७वÞटा लाश पुगेको उमेश त्रिपाठीले भने । घायलहरू पनि भुँइमै तड्फिएका र उन्को कुनै रेखदेख सम्म समयमा हुननसकेको प्रत्यक्षदर्शि भन्छन् । त्यहाँ स्टाफ डाक्टर र बस्ने वा ओढ्ने बिछाउने च्यादर समेतको अभाव भएका समाचार थिए ।
हाथरस बदाई र पश्चिम यूपिका जिल्ला हुँन । त्यहाँ एटामा ल्याइएका लाशको ढेर देखेर एकजना ड्यूटिमा खटेका सिपाही (३०) लाई हार्टअटेक आयो र उनि पनि मरे । एसएसपिले भने उनि बिमार भएको भनेका थिए । प्रत्यक्ष दर्शि भन्छन् सत्संग पछि श्रद्धालुहरू बाबाको आशिर्वाद लिने प्रयत्नमा पछि लागे । भिडलाई तितरबितर गर्न पानीको बौछार गरेपछि यो हाद्सा भयो ।
आखिर प्रसाशनले व्यवस्था गर्न सक्दैन भने यति ठुलो सङ्ख्यामा श्रद्धालुहरूको भिड किन जुटाउँछन् ।
भोले बाबा भन्ने “शुरज पाल नामक’ बाबा एटा कै हुन ।उन्ले करिब २५वर्ष देखि यहाँ सतसंग गराउँदै आएको बताइन्छ । यहाँ राजस्थान, हरियाणा समेतबाट हजारौँको सङ्ख्यामा श्रद्धालुहरूलाई उपस्थित गराइन्छ ।
हाथर जिल्ला बिचमा एकपटक महा मायानगर जिल्लाको नामले चिनिन्थ्यो । इतिहास १८वीं शताब्दीको अन्तमा हाथरस् शहरमा एउटा जाट सरदारको कब्जामा थियो । पछि त्यो १८०३ मा अंग्रेजहरूले आफ्नो अधिनमा पारे र १८१७ मा त्यहाँको किल्ला समेतलाई घेराबन्दी गरेको इतिहास पढ्न पाइन्छ ।
त्यहाँ प्रत्येक वर्ष लख्खा मेला भगवान बालम मन्दीरमा मनाइन्छ । भारतको इतिहाशमा करिब तिन सौ वर्ष अंग्रेजहरूले हालिमोहाली गरे ।एक सय वर्ष भन्दा पनि बढी समयसम्म भारतिय स्वतन्त्र प्रेमीहरूले स्वतन्त्र भारतका लागि बलिदानीपूर्ण सङ्घर्ष गरेको इतिहाश छ ।भारत ऋषि मुनिहरूको बासस्थानँ भनेर भन्छन् । त्यो इतिहास हो । भारतको आजादी पछि त्यो संवैधानिक रूपमा धर्म निरपक्ष राष्ट्र हो । भारतलाई कुन दिशातर्फ डोराउने भन्नेबारेमा पनि भौतिकबादी र आध्यात्मबादीहरू बिच प्रतिस्प्रधा चलिरहेको हामीले देख्छौँ ।
खास गरेर कम्युनिष्ट पार्टीलाई छाडेर बाँकी राजनैतिक पार्टीहरूको हालात उस्तै उस्तै मिल्दोजुल्दो हुन्छ । कम्युनिष्टहरू भने व्यवहारमा उतार्न नसकेपनि आफुलाई भौतिकबादी नै भन्न रूचाउँछन् । कुनै जमानामा भारतको संसदमा ६०÷६५जना भारतिय कम्युनिष्ट पार्टीका प्रतिनिधिहरू उपस्थिती हुने गर्दथ्यो । पश्चिम बंगालमा सि.पि एमको राज थियो । पछि बिजेपीको बलियो पकड भएपछि भारतबाट कम्युनिष्ट बिचारधारामाथि अघोषित प्रहार हुँदै आयो । बरू भारतीय राजनीतिमा बाबाहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । राजनीतिक पार्टीहरूले आफ्नो स्वार्थ पुरा गर्न यी बाबाहरूलाई उपयोग गर्छन् । जनताको भबिष्यलाई दाउमा राखेर नेताहरूले बाबाहरूलाई पालणपोषण र संरक्षण दिंदै आएका छन् ।
बिगतमा थुप्रै बाबाहरू काँग्रेस पार्टीले जेल हाल्यो वा उनिहरूको छानविन सुरू गरायो पछि बिजेपी सत्तामा आएपनि उनीहरू जेल जानबाट जोगिन सकिनन् । बाबाहरूलाई लिएर राजनीति हुदै आएको छ । जुन पार्टी सत्तामा हुन्छ त्यही रूपमा संरक्षितहरूको सङ्ख्यामा बढोतरी हुँदै जान्छ ।
आजको जमानामा पनि नागाहरू नाङ्गै खुलेआम घुम्नु र भाङ्ग धतुरा, गाँजा अफिम समेत प्रयोग गर्नु उस्तै अघोरीहरूले मानिसको हाड समेत खानु विकृतियुक्त व्यवहार हो ।
भारतमा ठुला र शक्तिशाली बाबाहरूले भारतिय जनतामात्र होइन छिमेकमा रहेका जनताहरू समेतमा भ्रम छर्ने र आ आफ्नो स्वार्थ पुरा गर्ने कार्यहरू गर्दै आएका छन् । जब उनिहरूलाई भारतमा छानबिन हुन्छ कार्वाही हुन्छ, जेलनेल हुन्छ त्यसपछि नेपाल लगायत छिमेकी देशहरूमा पुगेर त्यही कृयाकलाप गर्न थाल्छन् । भारतमा विवाद र बबालमा फसेका केही बाबाहरू निम्ननुसार छन् ।
(१) अशुतोष महाराज (२) चन्द्रा स्वामी, (३)बालक ब्रह्माचारी, (४)आनन्द मूर्ति, (५)इंच्छाधारी भिमानन्द, (६)स्वामी नित्यानन्द, (७)आसाराम बापु,(८) रामवृक्ष यादव, (९) रामपाल, (१०) डेरा प्रमुख गुरमित रामरहिम आदि यी भारतका ठुलाठुला बाबाहरू मध्यका बिवादमा परेका कथित् धार्मिक बाबा हुन् । अरू त कतिछन् कति । उपरोक्त आफुलाई महान भनाउँन रूचाउनेहरूको कालो कर्तुत सबैको सामुन्य छर्लङ्गै छ ।
उपरोक्त कथित बाबाहरूले कुनैजमानामा भारतको राजनीतिलाई आ–आफ्नो मुट्ठिमा लिएर घुम्ने गर्दथे ।
अशुतोष पंजाबको दिब्यजोती जागृती संस्थानका संस्थापक हुन । जो पछि सन २०१४ मा हृदयघातबाट मरेका थिए । उन्का अनुवाइहरूले उन्को मृत्यु समेत मान्न, उन्लाई जलाउन दिएनन् ।
चन्द्रा स्वामी (नेमिचन्द जैन) उन्को करडौंको सम्पतिका मालिक थिए । उनिमाथि राजिव गांधीको हत्यागर्न सामिल भएको आरोप समेत लागेको थियो ।उनि पिवी नरसिहंरावका खास मानिन्छन् ।
बालक बह्माचारी पश्चिम बङ्गालको हुग्लिमा संतानदलका संस्थापक हुन् । मई १९९३ मा मृत्यु पछि उन्को अन्तिम संस्कारमा ५५ दिन र ४५० पुलिसवाला तैनात गर्नुपर्यो । सरकारको कोसिस पछि पनि उन्का समर्थकहरूले दाहसंस्कार गर्न मानेनन् । चार घन्टासम्म २००० अनुवाई सँग लडेपछि बल्ल लाश भएको ठाउँ सम्म प्रशासन पुग्न सफल भएको थियो । त्यहाँ बमगोला पनि फेला परे ।
आनन्द मूर्ती प्रभात रञ्जन सरकारलाई १९७१मा छ जना आनन्द मार्गका पूर्व सदस्यहरूलाई हत्यागर्ने आरोपमा जेल हालियो ।यो संस्थाको ८५ देशहरूमा ४०लाख सदस्यहरू थिए ।
इच्छाधारी भिमानन्द सन्१९९८मा दिल्लिको एउटा होटलमा गाडको नोकरी गर्ने श्रीमूरत द्विवेदी सन् २०१०मा सेक्स रैकेट चलाउँने आरोप लाग्यो र गिरफ्तार भयो । स्वामि नित्यानन्द बेंगलुरको ध्यानदिप चैरिटेबलका धार्मिक गुरू एउटा एक्टर सँग आपतिजनक वीडियो वायरल भएपछि उनिमाथि शोशणको आरोप लाग्यो अनि जेल पुगे पछि जमानतमा छुटेका थिए ।
बाबु आसाराम गुजरात मध्यप्रदेश समेत कयौं ठाउँमा आश्रम संचालने गर्थे । २०१३ नाबालिक किसोरी सँग दुराचारको आरोप पछि जेलमा पुगे । उन्का छोरा नारायण साँई पनि जेलभित्र छन् । रामवृक्ष यादव उत्तर प्रदेशको स्वधिन भारतका शुभाष सैनाका पूर्व प्रमुख मथुराका धर्मगुरू उसलाई हटाउदा २४ जना मारिएका थिए ।
रामपाल हरियाणको बर्वालामा सतलोक आश्रमका संस्थापक उसलाई देशद्रोही हत्या जस्ता मामिलामा जेल भयो । डेरा प्रमुख गुरूमित रामरहिम सर्सा सच्चा सौदाका प्रमुख उस्को बिवादमा करिब ३८जना मारिए ।
यसरी यिनी कथित धार्मिक बाबाहरूले भारत देशमा आतङ्क फैलाउँदै आएको प्रष्ट देखिन्छ । यिनै मध्यका कतिपय व्याक्तिहरूले नेपाली भूमिमा अड्डा जमाउन सफल पनि भएका छन् ।कसैले योगा, कसैले प्रवचन र कसैले आफ्ना पुस्तिकाहरू नेपाली समाजमा व्यापकताका साथ फिंजाएर देशलाई आफ्नो अड्डा र नेपाली समाजलाई अन्दोलमा पार्न सकेसम्म प्रयास गर्दै आएका छन् । जनताहरूले बुझ्नै पर्ने कुरा केहो भने यस्ता पाखण्डीहरूले कसैको हित गर्दैनन् । जो आफ्नो देशको भएन, समाजको र आफ्नो सन्तानको हुनसकेन, त्यो तपाइँ र हाम्रो पनि हुनसक्दैन् ।