Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भाले भिडन्त सुरु भयो

१९ मंगलबार , असार २०८१४ महिना अगाडि

भाले भिडन्त सुरु भयो

ओलीविरुद्ध देउवा र प्रचण्ड, प्रचण्डविरुद्ध देउवा र ओली । खेल फेरि सुरु भयो ।
प्रचण्ड भन्छन्– सकेजति गर, छोड्नेवाला छैनौं ।
अब के हुन्छ ? भन्न सकिदैन । ओली र प्रचण्डवीच तँ तँ म म सुरु भइसक्यो । वार कि पारको अवसरवादी युद्ध छेडियो । सत्ता राजनीतिको यो कुरुप दृश्यले कसलाई कहाँ पु¥याउँछ भन्न सकिन्न । राजनीतिक अस्थिरताको कारण अवसरवाद देखियो । मूल्य देश र जनताले चुकाउनु पर्ने भयो ।
राजनीति कांग्रेस, एमाले, माओवादीवीच चलिरहेकै छ । कांग्रेस कुन बेला माओवादी बन्छ, कुन बेला एमालेको काखमा पुग्छ भन्न सकिदैन । माओवादी रुखको ओतलाग्न पुग्छ त कहिले सूर्यको न्यानो लिनपुग्छ ।
एमाले घाइते बाघ हो, उसले अवसर खोज्नु स्वभाविक थियो । उसले कांग्रेस माओवादी फुटाएर माओवादीलाई समर्थन ग¥यो । माओवादीलाई भुइँमा पछार्न कांग्रेसलाई साथ दिन लिन पुगेको छ ।
बिचरा रवि लामिछाने र माधवकुमार नेपाल फुटबल बन्न पुगेका छन् । कहिले कसले चलाउँछ, कहिले कसले खेलाउँछ ।
नेपालको राजनीति मौसमअनुसारको ट्यूनिक बन्यो ।
अहिलेको नयाँ गठबन्धन कांग्रेस एमालेको हो । सत्ता समीकरण बदलियो । नीति, नैतिकता, निष्ठा र सिद्धान्त नभएपछि हुने नाङ्गा बाबा नै हो । ठूला दल र अग्ला नेता नागा बाबा बनेको विश्लेषण भइरहेको छ ।
भन्नलाई राष्ट्रिय सहमति र संविधानका लागि भनिएको छ । तर त्यसको आधार देखिदैन ।
प्रचण्ड सत्तामा टिकिरहन बहुमत गनेर र तिनलाई सुविधा दिएर बसेका थिए, त्यो पनि भत्किन पुग्यो ।
ठूला दललाई सत्ताको हैकम, साना दलहरुलाई मन्त्रीको अवसर । यस्तै अवसरवादले लोकतन्त्र सिद्धिने भयो ।
खासगरी गृहमन्त्री रवि लामिछानेले प्रम प्रचण्डलाई साथ लिएर भ्रष्टाचारका फाइल खोज्न थालेपछि आत्तिएका कांग्रेस सभापति देउवा ओली निवासमा पुगेका थिए । बालकृष्ण खाडको नियति भोग्नुपर्ने खतरा देखेरै देउवा पत्नीसहित ओलीको शरणमा पुगेको बुझ्न सकिन्छ । यही कारण पनि गठबन्धन फेरिने भयो ।
यो गठबन्धन सत्तामा गएपछि भुटानी शरर्णाी, बालुवाटारदेखि गिरिबन्धु टी स्टेटसम्मका कुनै काण्ड नखोतलिने निश्चित छ ।
प्रचण्डले फुइँकी लगाए भने यही गठबन्धनले टीआरसी पास नगर्ने र यो मामिला अन्तर्राष्ट्रियकरण पनि हुनसक्ने भनिदैछ । गृहमन्त्री रवि लामिछानेले २५ काण्डको फाइल खुल्ने भन्नासाथ रातारात गठबन्धन फेरिने भएको हो । रवि लामिछाने पनि सहकारी ठगी काण्ड र पासपोर्ट काण्डका कारण शिथिल हुने देखिन्छ । प्रचण्डसँग सत्तामा जाँदा रास्वपाले आफ्नो जनविश्वास घटाएको देखिन्छ ।
कांग्रेस एमाले सरकार गठनकै लागि भारतीय पूर्व २ राजदूतले काठमाडौंमा डेरा जमाएर बसेका थिए । चीन निकट सरकार हटाएर वामलोकतान्त्रिक सरकार गठन भारो अमेरिकी चाहना पूरा हुनेभयो । भारतमा निर्वाचन सकियो, मोदी पुन प्रम भए । उनले नेपाल नीतिमा झन कठोरता अपनाउने संकेत दिएका छन् । 
जे होस्, नेपालका ठूला ३ दल कांग्रेस, एमाले र माओवादीवीच भालेभिडन्त सुरु भएको छ । यो भिडन्तले लोकतान्त्रिक गणतन्त्रले देश र जनताको अवस्था फेर्न नसकेकाले अर्को परिवर्तनको संकेत गरेको छ ।