Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

लागूऔषध नियन्त्रण अभियान !

१४ बिहिबार , असार २०८१५ महिना अगाडि

लागूऔषध नियन्त्रण अभियान !

–सुरेशकुमार पाण्डे  - - - -
नेपाल सरकारले सप्ताब्यापि रूपमा ल्यायको कार्यक्रमले जनस्तरमा उब्जेको एउटा प्रश्न ।अहिले प्रहरी स्थानिय तहमा त छन् ।तर के यसरी समाजबाट अलकोहल समाप्त होला ?
हर प्रहर, गाउँ र नगरी !
टोल टोलमा नेपाल प्रहरी !!
भन्ने नारा सहित असार ६ देखि १२सम्म सप्ताहब्यापि रूपमा लगू औषध दुरपयोग तथा अवैध ओसार पसार बिरूद्धको अन्तरराष्ट्रिय दिवसलाई नेपालको प्रहरीको पहलमा मनाइँदै छ ।यो अभियान सप्ताहब्यापि स्थानिय तह समुदाय,सामाजिक संग संस्था र विध्यालय आदिमा आयोजना गरि मनाइदै छन् ।

नेपाल सरकारले समय समयमा नेपालको राजपत्रमा सुचना प्रकाशित गरी तोकिएका प्राकर्तिक वा कृतिम लागू औषध तथा मनोदिपक पदार्थ(साइकोट्रपिक्स सब्स्टान्स)र तिनको लक्षणहरू तथा अन्य पदार्थ समेत सम्झनु प्रदछ । भनि परिभाषित गरिएको छ । त्यही प्रकारले अन्तरराष्ट्रिय स्तरमा
जूनको २६ तारिखलाई सयुँक्त राष्ट्रसंघले सन १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ ।यसको एकमात्र उदेश्य विश्व समुदालाई लागु औषधको असर र त्यसको कारोवारवाट मुक्त गराउँनु हो ।
किन कि लागू औषधको असन्तुलित प्रयोगले विश्वमा सालाना १९००००मानिसको ज्यान गएको केही वर्ष पहिलेको एउटा तथ्याङ्गमा थियो । त्यो सङ्ख्या अहिले धेरै बढेको हुनसक्छ ।
समाजमा लागू औषधले युवाहरूमा बढी प्रभाव पारेको प्रष्ट देखिन्छ ।
नशालु पदार्थहरू सामन्यात बिडी सिग्रेट वा तमाखु जञ्य पदार्थवाट सुस्त–सुस्त फैलिंदै गएर गाँजा,चरस हिरोइन जस्ता खतरनाक नसाको आदि बनेका युवाहरूको अवस्था दयानिय छ । त्यसकारण यो सरकारी र गैरसरकारी स्कुलहरूमा पनि व्यापकताका साथ अभियानकै रूपमा कार्यक्रम अगाडी सार्नु पर्दछ ।
लागुपदार्थ भनेको केहो र यसले कसरी समाजमा घर जामाएर रोगि बनाएको हुन्छ । यसको बारेमा हामि समाजका सबै खाले वर्गहरूले गहन अध्यायन गर्न नितान्त आवस्याकता छ । त्यो मात्र होइन घर परिवार सारा समाज र विध्यार्थि जगतले यसलाई बुझ्नु पर्ने आवस्याकता बढेर गएको छ ।
मानिसमा लत सिर्जना गरि दुर्वयसनी तुल्याउने वस्तु वा पदार्थ, लागूपदार्थ वा अपधहो सामन्यतया साररिक मानसिक स्वास्थय चेतना  र अनुभूतिलाई विकृती तुल्याउँने पदार्थलाई लागूपदार्थ भनेर भनिन्छ ।
यसता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालिमा प्रभाव प्रानुका साथै उसको भावना र सोंचाईमा  परिवर्तन ल्याउदै छ ।मन मष्तिकमा प्रभाव पार्ने नशाका आदि भएर डिप्रेशनको सिकार भएका युवाहरू मर्ने र मार्ने जस्ता अपराधी कृयाकलापमा लागेका देश तथा विदेशमा पनि तमाम युवाहरू भेटिन्छन् । नसा मानिसले पहिले पहल रहरमा प्रयोग गर्छ पछि विस्तारै त्यो त्यसको आदि हुन्छ ।
कानूनद्वारा निषेधित गरिएको गाँजा, अफीम, हिरोइन, मार्फिन, कोकिन आदी अवेध लागू औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानून द्वारा नियन्त्रित लागुपदार्थ हो ।

विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वास्थ सरिरको लागि प्रयोग गर्न आवस्याक नभएको पदार्थ भनि परिभाषित गरेको छ ।लागु अवेध नियन्तरण ऐन२०३३को दफा ३मा लगु औषध लागु औषधलाई गाँजा औषधोपयोग अफीम,कोकाको झार पात र अफीम तथा कोकाको सारतत्व मिश्रित लवण समेत मिलाई तैयार गरिने कुनै पदार्थहरू लाई लागुपदार्थ भनिन्छ ।
यसलाई रोक थामका लागि धेरै पहिले देखि पटक–पटक कानून बन्ने र संसोधन पनि हुँदै आएकाछन् ।तरपनि यसमा खासै सुधार भएको हामिले पाउँदैनौँ ।यसमा कतिपय सामाजिक कुरितीहरू पनि दोषि छन् ।
खास गरेर हाम्रो देशको सामाजिक ढांचा पनि विडम्वना युक्त छ । इतिहासमा हाम्रो समाजमा सुर्तिजञ्य बस्तुको उत्पादन र बितरण खुलेआम हुन्थ्यो । जस्तो की काँचो पातको खुब उत्पादन गरिन्थ्यो । भाङ्गको उत्पादन र त्यसबाट चरसको निर्माण गरिनि गर्थ्यो । अफिमका फूलहरू लगाउँने वा त्यसको खेती भएको पनि देखिन्थ्यो । अहिले त्यो जहाँ कहिं देखिदैन तर विदेशवाट आयात भने लगातार कुनैन कुनै रूपवाट हुँदै आएको देखिन्छ ।
पहिले गाउँ घरमा उत्पादन र विक्रि बितरण गरिन्थ्यो ।त्यो घर घरमै हुन्थ्यो ।गर्भै देखुन प्रयोग गरिएको सूर्तिजन्य बस्तु सँगै जाँड रक्सि आम रूपमा प्रयोग गरिने बस्तुहरू हुन ।अंझैपनि कयौँ घरमा जाड रक्सिलाई बनाउँने र नियमित प्रयोग गर्ने गरिन्छ ।तर अरू चरस गाँजा सम्म पनि हाम्रै समाजले उत्पादन गर्यो र प्रयोग गर्यो । त्यो वेलाको हाम्रो समाज भनेको असिक्षित समाज थियो । 
कसैलाई के रोग लागेर मर्यो त्यो समेत पत्ता लाग्दैनथ्यो ।अकालमा रोग लागेर मरेपनि त्यसबारे डाक्टरी अनुसन्धान र मैडिकल जाँच हुन सक्दैनथ्यो ।
तर अहिले आएर घर घरमा पढेलेखेका बिद्धवान पनि छन् प्राविधिक सुभिदा पनि छ तर पनि युवाहरू नसाको आदि भएकाछन् ।नयाँ – नयाँ प्रकारका नशा हिरोइन,ब्राउँन सुगर जस्ता प्राण घातक नशाको लत लागेको छ ।
सरकारले बिगतका कयौं वर्ष पहिल्यै देखि यो “लागू औषधको दरूपयोग बिरूद्धमा नियम कानून बनाएर रोक्ने प्रयात्न त गर्दै आएको छ । तरपनि यो प्रभावकारी हुन नसकेको देखिन्छ । यसको लागि कार्यक्रम जनस्तरमा घर घर मै अभियानको रूपमा नियमित लैजाने । तर बिभिन्न खाले रोचक र रचनात्मक कार्यक्रम गरेर जनताको चेतनास्तर उठाउँने गर्नुपर्ने हुन्छ ।तर सरकारको यसलाई नियन्त्रण गर्ने प्रयात्न भएपनि सहि रूपमा दिशा निर्देश हुन सरकार आफैपनि चुकेको देखिन्छ ।उधारणका लागि असारको ६गतेको उदघाटन कार्यक्रमको निर्देश कार्यन्वयनका लागि स्तानिय तहमा ६ गते बिहान सुचना प्रवाह गरिन्छ भने त्यो कसोगरी व्यवहारिक हुनसक्छ ? त्यो भन्दा केहि दिन पहिल्यै कार्यक्रमको निर्देश गर्ने र स्थानिय तहमा व्यवस्थित रूपमा कार्यक्रम बनाएर जनस्तर सम्म पुराउँने भए राम्रो हुनेथियो ।
यो व्यवहारले हाम्रो सरकार यो लागु औषध अवैध विक्रि बिरतणमा नियन्तरण गर्ने मूडमा नै छैन भनेर बुझ्न गारो छैन ।बरू जनप्रतिनिधिहरूले औपचारिकता पुरा गर्ने फोटा खिच्ने र छपाउँनेमा नै आफ्नो कर्तव्य ठान्दछन् ।यो चालाले कसरी अलकोहल अथवा नशामुत्त समाजको निरमणाण हुनसक्छ? अहिले जनचासोको बिषय पनि यही हो ।
हुन त यो सरकारको पहलले मात्र सकिदैन बरू घरघरमा गाउँ समाजमा सामाजिक संगठन सामाजिक अभियान्ताहरूले स्वाँस्पुर्त रूपमा यस्ता कार्यक्रमहरूको निरन्तर आयोजना गर्नु पर्दछ र मात्र यसलाई निर्मूल पर्न सकिनेछ ।खुलेआम रक्सि पिएर वा नसा गरेर अभिभावक हिंड्छन् भने उनिहरूका छोरा छोरीलाई कस्तो प्रभाव पर्ला? हामिले हाम्रो समाजलाई सफा तुल्याउँनु छ र अखण्ड बनाउँनु छ भने सबैभन्दा पहिले जनतालाई सचेत गराउँन सक्नुपर्छ । उनिहरूलाई सचेत गर्न कुरिती कुसँस्कार समेतको अन्त्य गर्न सक्नुपर्छ । कतिपयको कुल कुलानिहरू समेतलाई मदिरा चढाउँने प्रचलन हाम्रो समाजमा विध्वमान छ । यो कुनै राष्ट्रिय अन्तरराष्ट्रिय नियम कानून बनाएर सकिंदैन अपितु जनताको चेतनास्तर उठाएर मात्र सफलता हासिल हुनेछ । यसका लागि गाउँ गाउँमा बिचार गोष्टी, सेमिनार र घर दैलोमा पुगेर उनिहरूलाई सम्झाउँने बुझाउँने गर्नुपर्दछ ।अहिले विदेशी ब्राण्डहरूको देशभित्र विक्रिबितरण हुँदै आएका समाचारहरू सुनिन्छ ।यो कसरी भयो यसका दोशीहरूलाई कार्वाही गर्ने सरकारले आंट गर्नसक्नु पर्यो ।देशभित्र रोजगार नहुँदा पनि युवाहरू आर्थिक लोभमा परेर यसको बिक्रि वितरण गर्ने सम्भावना पनि उत्तिकै छ ।तसर्थ सरकारले यस्ता कार्यक्रमहरू स्थानिय तहमा लगातार गर्दै आम जनमानसलाई यसबारेमा प्रष्टपार्दै जानुपर्द छ ।युवाहरूलाई रोजगारको व्यवस्था नहुँदा पनि उनिहरू यस्तो नसाको लतमा परेको देखिन्छ । अन्त समाजका तमाम सचेत वर्ग लेखक बुद्धिजिवी, पत्रकार अध्यापक आदि सबै यो नसामुक्ति आन्दोलनमा सहभागि भएर हातेमालो गरेर समाजमा रहेका तमाम लागुपदार्थ हटाउँ र एउटा सुन्दर निरोगी समाजको निरमाण गरौँ ।