Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतमा १८औं लोकसभाको निर्वाचनको नेपालमा प्रभाव

०५ मंगलबार , असार २०८१४ महिना अगाडि

भारतमा १८औं लोकसभाको निर्वाचनको नेपालमा प्रभाव

भारतमा १८औँ लोकसभा निर्वाचनको परिणाम घोषित भएको छ ।र अहिले पनि एन डिए मोदीको सरकार बन्न लगभग निश्चित छ । तर अहिले बिजेपी सहयोगि दलहरूमा निर्भर रहने छ । किन की उसले आवस्याक बहुमत हासिल गर्न सकेको छैन । जे होस् भारतमा बन्ने सरकारको प्रत्यक्ष असर नेपालमा पर्छ ।
हाम्रो देश भारत र चीनको बिचमा रहेको एउटा सानो र भूपरिवेष्ठित देश भएकोले यी दुबै देशमा बन्ने सरकार र परिवर्तनहरूले हाम्रो देशमा पनि फरक पर्दछ । हामीले व्यापार र पारगमन गर्दा यी दुबै देशको समझदारीबाट गर्ने गर्दै आएकाछौँ । यद्यपि पारगमन सन्धि अन्तरराष्ट्रिय नियममा निर्धारित हुन्छ । कयौं पटक अवैधानिक रूपमा नेपालले आर्थिक नाकाबन्धी झेल्नु परेको इतिहास छ ।
जेहोस् अहिले पनि भारतमा बिजेपी गठबन्धनको सरकार बन्ने पराय निश्चित छ । बिजेपीको गुदी भनेको “आर आर एस’ हो जसले सबै खाले योजना बनाएर जान्छ । अहिले उसका पहिलेकै जस्तो एक्लौटी रूपमा योजना बन्न सक्ने छैनन् । पहिले उसको एक्लेको बहुमत बाट पनि आफ्नै बलबुतामा सरकार चलाउँने सक्थ्यो भने अहिले त्यो हैसियत बिजेपीमा छैन । अहिले उ सहयोगि दलहरूमा अडिएर अगाडी बढ्नु पर्ने छ । निम्ननुसार हेरौं भारतको चुनावी नतिजा ! 
सात चरणमा सम्पन्न भएको १८औँ लोकसभा निर्वाचनमा कुल ८३६० उमिदवारहरू मैदानमा थिए भने ८६ करोड ८० लाख मतदाताहरू रहेका थिए ।
अहिले कुल ५४३ सिट मध्य बिजेपी २४२, जेडीयू १२, टीडीपी १६ चिराग पासवानको जोजपा (रामविलास)ले पाँच सीटमा जित हासिल गरेका छन् ।
यसरी एनडिएलाई बहुमत हासिल त भएको छ ।
जहाँ २०१९ को लोक सभा चुनावमा एनडिएको खातामा ३५० भन्दा बढी सिट थिए भने अहिले तीन सय सिट पनि पुगेका छैनन् । यसरी सिटको संख्यामा एण्डडिएको करारो हार भएको मान्नुपर्छ । उसको जनाधार खुस्किंदै गएको छ ।
यस्तै प्रकारले अहिले चुनावलाई गहिरिएर अध्यायन गर्ने हो भने सबैभन्दा बढी दश वर्षमा पहिलो पटक काङ्ग्रेसलाई फाइदा भएको देखिन्छ । यद्यपि काग्रेसले सयको आंकडा पनि पुरा गर्न नसकेको अबस्था छ । इंडिया गठबन्धनले भने जरूर २०० पार गरेको छ । कांग्रेस ९८, समाजवादी ३६, तृणमूल कांग्रेस २९, डीएमके २२ शिवसेना यूबीटीलाई ९सीट प्राप्त भएको छ । सबैभन्दा ठुलो कुरा बिजेपीको गढ मानिने युपिमा बिजेपीले नराम्रो हार देख्नु र भोग्नु परेको छ ।
अहिले यसबारेमा योगी र उनीहरूले आत्ममन्थन गर्दैछन् ।
दिल्लीमा भने सात सिट नै उसले हात पार्यो ।चुनाव भन्दा पहिले केजरीवाललाई जेल हालेर सक्यसम्म दमन गरेर भएपनि राजधानीमा कमल लहेराउँन सफल भयो । तर पनि मोदीको लक्ष ४००को आंकडा पुरा हुन सकेन । जसरी बिजेपीको जनाधार खुस्किंदै गएको छ त्यो हिसाबले आगामी उन्निऔं लोक सभामा बिजेपी भारतबाट सफा हुनसक्ने खतरा स्पष्ट देखा परेको छ ।
जस्तै पंजाबमा बिजेपीको नराम्रो हार भएको छ ।त्यहाँका किसानहरूको आक्रोशको परिणाम बिजेपीलाई भोग्नु पर्यो उँही कांग्रेसले पनि एउटा सिट गुमाएको छ । पछिल्लो चुनावमा आठ सिट थियो अहिले सात सीटमा राजी हुनुपरेको छ । १३ सीटमा तीन सिट केजरीवालको आम आद्मी पार्टीको विजय भयको छ । २०१९मा बिजेपीले दुइसिट हासिल गरेपनि अहिले त्यो गुमाएको छ । यहाँ पनि एग्जिट पोल गलत साबित भयो । यहाँ सत्तारूढ पार्टीको एन डिएसले ६ देखी ८ सिट जीत्न सक्ने अनुमान गरिएको थियो । अहिले पंजाबमा बिजेपीको सफाया भयो भने युपीमा लगभग आधा भएको छ । राहुल गान्धी रायबरेली र वायनाड दुबै सिट जिते ।
भारतको निर्वाचन घोषणा भएपछि त्यहाँ मिडियाहरूको बयान बाजी जसलाई एग्जिट पोला भनिन्छ । त्यो एग्जिट पोलको पूर्व अनुमान लगभग सत्ता पक्षतिर नै झुकाव रहनेगरेको देखिन्छ । अहिले पनि उनिहरूले मोदी लहर भन्दै एनडिए गठबन्धनलाई ४००भन्दा बढी देखाएका थियो । उहीँ चुनावभन्दा पहिले इंडिया गठबन्धनलाई भने १८०सम्म पुग्ने अनुमान गरिएको थियो ।
यसरी गरिएका अनुमानहरूले जनमत सत्तापक्षमा ढेकल्ने प्रयात्न गरेका हुन्छन् । उनिहरूको पूर्व अनुमान फेल भएको प्रष्ट देखिन्छ ।
भारत अर्ध सङ्घीय साशन प्रणालि भएको देशहो ।जसमा प्रत्येक राज्यहरूमा बिधान सभा र लोक सभाका लागि प्रतिनिधि संख्या तोकिएको हुन्छ ।
हेरौँ भारका कुन–कुन राज्यमा कती – कति सीट छन् ।–
लोकसभाको लागि सबैभन्दा बढी सीट उत्तर प्रदेशमा ८०, महाराष्ट्रमा ४८, पश्चिम बंगालमा ४२, बिहारमा ४०, तमिल नाडूमा ३९, मध्यप्रदेशमा २९, कर्नाटकमा २८, गुजरातमा २६, आन्द्राप्रदेश २५, राजस्थान २५, ओडिशा२१, केरल २०, तेलंगना १७, असम १४, झारखण्ड १४, पंजाब१३, छत्तिसगढ ११, हरियाणा १०, उत्तराखण्ड ५, हिमाचल प्रदेश ४, अरूणाचल प्रदेश २, गोवा २, त्रिपूरा २, मणिपुर २, मेघालय २, नागालैण्ड १, मिजोरम १, सिक्किम १ । यही प्रकारले केन्द्र शासित प्रदेशहरूमा दिल्ली –७, जम्मू और काश्मिर ५, दादर और नगर हवेली २,अण्डमान और निकोवार द्धीप समूह १, चण्डिगढ १, पदुचेरी १, लक्षद्धीप १, लद्दाख १ । जम्मा सिट ५४३ ।
अहिले पनि उपरोक्त राज्य र केन्द्र साशित प्रदेशबाट बिभिन्न पार्टीहरूका प्रतिनिधि सदनमा पुगेका छन् । भारत दक्षिण एसियाको ठुलो र शक्तिशाली देश मध्यको एक हो । हामीले चीन पछि भारतलाई शक्तिशाली देश ठान्दछौँ । छिमेकी देशको हैसियतले भारतमा बन्ने सरकारको छायाँ नेपालमा पनि परेकै हुन्छ ।
बिगतको दश वर्षदेखि भारतको व्यवस्था बिजेपीको हातमा निहित छ । र अहिले आर्को पटक पनि त्यहाँका जनताले आंशिक रूपमा भयपनि बिजेपीकै पक्षमा मतदान गरेका छन् । आगामी दिनहरूमा सत्तापक्षले छिमेकीहरू सँग एउटा असल छिमेकीले गर्ने व्यवहार गर्नु समयको माग हो । नेपाल भारतको असल मित्र मात्र होइन  । भारतको आजादीमा नेपालीहरूले ठुलो कुर्वानी दिएका छन् । त्यसबारेमा ध्यान दिएर नेपालमाथिको आफ्नो अघोषित र अवैधानिक दवाब बन्द गर्ने र नेपालको सार्वभौमिकता माथिको अतिकर्मण बन्द गर्ने आंट र सदबुद्धी पलाओस । नेपाल एउटा नजिकको असल छिमेकीको रूपमा रहंदै आएको छ । नेपालीहरूले भारतिय भूमिमा भारतको रक्षक बनेर बलिदानी पूर्ण शङ्घर्ष गर्दै आएका छन् । भारतको बिकासका लागि नेपाली युवाहरूले पोखेको पसिना र रगतको परिणाम आज भारतको राम्रो बिकास पनि भएको छ । नेपालीहरू भारतको लागि अंग्रेज सँग मात्र लडेका छैनन् । बरू प्रत्येक पटक भारतमा जाई लाग्ने भारतका तमाम दुश्मनहरू सँग पनि नेपाली भारतिय सेनामा प्राणको बाजी लगाएर लडेको इतिहास पनि छन् । त्यस बाहेक पनि सरकारी वा गएर सरकारी संस्थाहरूमा सेवारत नेपालीहरूले आ–आफ्नो मिहेनत इमान्दारीसँग निर्वाहा गर्दै आएका छन् । भारतले आफ्ना छिमेकीहरू सँग गर्ने व्यवहार भने अंग्रेजले कुनै जमानामा उनिहरू सँग गरेको व्यवहार जस्तै छ । उनीहरूले अंग्रेजकै पद चिन्हमा हिंडिरहेका छन् ।