Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नेपालका कि क्रिश्चियन मन्त्री?

२६ मंगलबार , माघ २०७२११ बर्ष अगाडि

गोविन्दप्रसाद पौडेल :
शान्तिमन्त्री एकनाथ ढकाल नेपालका मन्त्री हुनुपर्थ्यो, क्रिश्चियन मन्त्री बनिदिए। उनको उनजीओ छ– युनिभर्सल पिस फेडरेसन। यसको मिटिङसमेत उनले मन्त्रालयमै गर्दै आएका छन्। आफूलाई नेपालको र राष्ट्रवादी प्रधानमन्त्री भन्ने केपी ओलीलाई सुराकी जाहेरी आइरहेको छ, तर उनी कारवाही गर्न सक्दैनन्।
अव एकनाथ ढकालले आफ्नो एनजीओमार्फत २० जनाको टोली कोरिया र अन्य क्रिश्चियन मुलुकमा भ्रमण गराउने र क्रिश्चियन धर्म प्रचारमा तीब्रता ल्याउने कार्यक्रम अघि सारेपछि हिन्दु युवा जनशक्ति संघ, नेपालले तीब्र बिरोध गरेको छ। यो बिरोधलाई पनि प्रधानमन्त्री ओलीले कुनै वास्ता गरेका छैनन्।
संघको विरोध विज्ञप्तीमा भनिएको छ– नेपाल सरकारका मन्त्री ढकालले सांसदहरूको टोलीलाई विशुद्ध रूपमा क्रिस्चियन धर्मको प्रचार एवं प्रवर्द्धन गर्ने उद्देश्यले विदेश लैजान खोजेको योजना अत्यन्तै निन्दनीय, गैरजिम्मेवार र दण्डनीय रहेको र मन्त्री ढकालको यसप्रकारको हर्कतप्रति संघ घोर आपत्ति प्रकट गर्दछ।'
संघले ढकालका क्रिष्चियन धर्मको प्रचार प्रसारका तरिका, पहिले पनि विदेश लैजाने गरेका घटना र मन्त्रालयमै क्रिष्चियन धर्म गुरुहरुसँग मिटिङ गर्ने गरेको र मन्त्रालयको काम कारबाही भन्दा पनि हिन्दु धर्मावलम्बीहरुलाई धर्म परिवर्तन गराउन क्रिष्चियन धर्मको प्रचारमा सक्रिय रहेको भनेर तीब्र रोष प्रकट गरेको छ।
हो, मन्त्री देशको हुन्छ। एकनाथ ढकालको धार्मिक आस्था जतासुकै होस्, यो उनको व्यक्तिगत मामिला हो। तर, मन्त्रालयलाई क्रिश्चियन धर्मप्रचारको अखडा बनाउनु र आफ्नै एनजीओमार्फत धर्मपरिवर्तनमा लाग्नुचाहिं आपत्तिजनक छ।