Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

भारतमा मोदीको तेश्रो उदय र नेपालमा पर्ने प्रभाव

डा.केशव देवकोटा

२२ मंगलबार , जेठ २०८१४ महिना अगाडि

भारतमा मोदीको तेश्रो उदय र
नेपालमा पर्ने प्रभाव

नेपालको छिमेकी भारतमा गत शनिबार १८ औं लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान सकिएको छभने आज मंगलबारबाट मत गणना शुरू हुनलागेको छ । आजको सातदिन भित्रमा अधिकांश क्षेत्रको मत परिणामहरू बाहिर आउने छन् । संभवत आगामी सातानै प्रायः परिणामहरू सार्बजनिक भएर नयाँ सरकार गठनका जोड घटाउहरू शुरू भैसकेका हुनेछन् । भारतका केन्द्र शासितसहित २८ राज्यमा करिव डेड महिना (अप्रिल १९–जुन एक) लगाएर यो निर्वाचन सम्पन्न भएको हो । गत शनिबारको मतदान सकिएलगत्तैबाट बिभिन्न बिश्लेषकहरूले निर्वाचनको परिणामका बारेमा थरी थरीका आंकलनहरू सार्वजनिक गरिरहेका छन् । सबैको आंकलन फेरी पनि बर्तमान प्रधानमन्त्रि नरेन्द्र मोदीकै शासन दोहोरिने भन्ने रहेको छ । यसअघि सन् २०१४ र २०१९ मा पनि भाजपालेनै अत्यधिक बहुमतकासाथ निर्वाचन जितेको थियोर। जसलेगर्दा मोदीले १० वर्षदेखि लगातार भारतको नेतृत्वगर्दै आउनु भएको छ । बिश्लेषकहरूले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) फेरी पनि भारी बहुमतकासाथ तेश्रो पटक सत्ता सम्हाल्ने संभावना प्रबल रहेको बताएका छन् । यस पटक एनडीएले ३५० देखि ३८० सिटसम्म जित्ने आंकलन गरिएको छ । जबकी ५४३ सिटको लोकसभामा बहुमतका लागि २७२ सिटको आवश्यकता रहन्छ । त्यसैगरी भारतीय विपक्षी गठबन्धन (इन्डिया गठबन्धन) लाई १२५ देखि १६० सिटसम्म प्राप्त हुने आंकलन गरिएको छ । उपरोक्त दुई गठबन्धनबाहेकका अन्य दलहरूले २० देखि ४० सिटसम्म जित्नसक्ने आंकलनहरू भैरहेका छन् । भारत स्वतन्त्र भएपछि जवाहरलाल नेहरूले १७ बर्ष शासन सत्ताको नेतृत्व गर्नुभएको थियो । त्यपछि अब मोदी सबैभन्दा धेरै शासनगर्नेमा दोश्रो हुनुहुने भएको छ । हुन त कंग्रेसका अध्यक्ष मल्लिकार्ज‘न खडगेले गत शनिबारनै आफ्नो गठबन्धनले २९५ सिट जित्ने दाबी गर्नुभएको थियो । तर उहाँले त्यसका खास आधारहरू प्रस्तुत गर्नुभएन । गत शनिबार अध्यक्ष खड्गेको दिल्लीस्थित निवासमा बसेको गठबन्धनको बैठकले उक्त निष्कर्ष निकालेको भनिएको थियोर। बैठकपछि खड्गेले ग्राउन्ड लेभलबाट आएको रिपोर्टिङका आधार तथा गठबन्धन दलका नेताहरूसँगको छलफलपछि उक्त निष्कर्ष निकालिएको बताउनु भएको थियोर। उहाँले मतगणनाका बेला पूरा सतर्कता र तयारीकासाथ बस्न गठबन्धनका कार्यकर्ताहरूलाई निर्देशनसमेत दिनुभएको थियो । त्यसैगरी भाजपाका अध्यक्ष जेपी नड्डाले पनि भाजपा एक्लैले ३७० सिट जित्ने आफ्नो पुरानै अडान फेरी दोहो¥याउनु भएको छ । उहाँले एनडीए गठबन्धनले ४०० सिट पारगर्ने दाबीसमेत गर्नुभएको छ । सत्तारूढ भारतीय जनता पार्टीले तेश्रो पटक केन्द्रमा जितका लागि पूरा शक्ति लगाएर निर्वाचनको मैदानमा होमिएको देखिएको थियोर। यसअघि सन् २०१९ मा भएको लोकसभाको निर्वाचनमा गरिएका आंकलनहरू प्रायः मिलेका थिए । 
सन् २००४ को निर्वाचनमाभने नतिजापूर्बका आंकलनहरू गलत साबित भएका थिए । त्यतिबेला पनि अटलबिहारी वाजपेयीको नेतृत्वमा भाजपाले पुनः जित्ने दाबी गरेपनि कंग्रेस नेतृत्वको विपक्षी गठबन्धनले जित हातपारेको थियोर। आफूलाई कट्टर हिन्दूवादी पार्टीकारूपमा स्थापित गरेको भाजपाले हिन्दू मतलाई आफ्नो पक्षमा पार्न यस पटक चुनावको घोषणा हुनुअघिनै बिभिन्न रणनीति अख्तियार गरेको देखिएको थियो । त्यो भनेको यो निर्वाचनपछि भारतलाई हिन्दूराष्ट्र घोषणा गराउनु र विश्वभरका हिन्दूहरूलाई भारतमा आउनैपर्ने अवस्था सिर्जना गराउनु हो । जसका लागि भाजपाले नेपालका मुख्यत नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नेपाललाई हिन्दू राष्ट्रबाट च्युत गराएको छभने भारतमै हिन्दूहरूका आराध्यदेव पशुपति नाथको मन्दिर बनाउने प्रयास थालेको छ । भनिन्छ उत्तराखण्डको सैण गाउँमा पाँचौं धामकारूपमा पशुपतिनाथ बन्नथालेको छ । विश्वभरिका तिर्थयात्री आउने देवभूमि उत्तरखण्डमा पशुपतिनाथ स्थापित भएपछि धार्मिक पर्यटन व्यापक हुने विश्वास भारतको रहेको देखिन्छ । भारतीयहरूले नेपालको सरकारले भारतमै पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइसकेको बताएका छन् । भारतमा पशुपतिनाथको मन्दिर निर्माणका लागि नेपालको पशुपतिनाथ क्षेत्र विकास समितिकातर्फबाट शालिग्रामबाट बनाइएको शिवलिङ्ग, नन्दी महाराज, भोलेनाथका डमरू, त्रिशूलसमेत भारतले प्राप्त गरिसकेको छ । भारतको अयोध्यामा श्रीराम र सीता माताको मूर्तिको लागि तनहुँको शालिग्राम पत्थर पनि लगिसकिएको छ । भारतको उत्तराखण्डमा निर्माणाधीन पशुपतिनाथको मन्दिरका लागि नेपालबाट पठाइएको शालिग्रामबाट निर्मित मुख्य मन्दिर, शिवलिङ्ग र भगवान शिवका सहयोगी देवदेवीहरूको मूर्ति स्थापित गरिने भएको छ । मन्दिरको ढाँचासमेत नेपालको पशुपतिनाथको हुबहु बनाइने भएको छ । मन्दिर परिसरमा काठका, पत्थरका जेजति कामहरू हुनेछन्, ती सबै नेपालबाटै निर्माण गरेर पठाइने भएका छन् । भारतमा हिन्दूहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवद्र्धन, रामेश्वरममा श्रृंगेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ यसअघिनै रहेका छन् । त्यसैगरी भारतीय रक्षामन्त्री राजनाथ सिंहले ०७७ को बैशाखमा भिडियो कन्फ्रेन्समार्फत धार्च‘ला–लिपुलेक लिंक रोडको उद्घाटन गर्नुभएको थियो । जसको मूल उद्देश्य भारतको उत्तराखण्डस्थित धार्च‘ला क्षेत्रको पिथौरागढबाट नेपालको दार्च‘लाको गुञ्जी क्षेत्रहुँदै कैलास पुग्ने सडक मार्ग खोल्नु हो । सो सडक निर्माण र बिस्तारगर्दा पनि नेपाली शासकहरूले थाहा नपाएजस्तो गरेर सहयोग गरेका थिए । के पनि भनिन्छभने नेपालका हिन्दू राजालाई बिस्थापित गराइएको छ । 
अब दलाइ लामालाईजस्तै भारतमा आश्रय दिने÷दिलाउने प्रयास पनि भैरहेका छन् । त्यसैले उनीहरूले नेपालसँगको कुटनीतिक मर्यादालाईसमेत कुल्चिएर नेपालका पूर्बराजालाई बहालवाला राजाकैरूपमा ( नेपाल नरेश भन्दै) बेलाबखत भारतमा आमन्त्रणगर्ने गरेका छन् । तर अझैपनि भारतले नेपालका राजालाई मान्यता दिएको र नेपालमा राजतन्त्र पुनस्थापना गराउन सहयोगगर्ने प्रचार गराइएको छ । तर भारतले नेपालमा राजतन्त्र स्थापना गराउन कुनै सहयोग नगर्ने स्पष्ट भैरहेको छ । यसरी नेपालको अस्थित्वनै मेटाउन भरमग्दुर प्रयास भैरहेको अवस्थामा भारतमा फेरी मोदीको शासनले निरन्तरता पाउनुले नेपालको राष्ट्रिय राजनीतिकासाथै सत्ता राजनीतिमासमेत केही फेरबदल आउनसक्ने संभावनाहरू देखिएका छन् । नेपालका नेपाली कांग्रेस र माओवादी केन्द्र शुरूमा भारतीय कांग्रेस (आई) निकट मानिएका थिए । पछिल्लो समयमा नेपाली कांग्रेसले भाजपासँग सहकार्यगर्नका लागि पटक, पटक प्रयास गर्दैआएको छभने माओवादी केन्द्रका अध्यक्ष तथा बर्तमान प्रधानमन्त्रि पुष्पकमल दाहालले ०७९ मै भाजपासँग पार्टीगत सहकार्यगर्ने लिखित सहमति गरिसक्नु भएको छ । नेपालको राप्रपा÷राप्रपा नेपाल पनि भाजपा निकट शक्ति मानिएको छ । 
तर भाजपाले भारतमा हिन्दू प्रभाव बढाउन जेजस्ता गतिबिधिहरू गरिरहेको छ, नेपालमा राप्रपाहरूले त्यस्ता कुनै गतिबिधि गरिरहेका छैनन् । उनीहरूको प्रयास नेपालका हिन्दूहरूलाई अल्मल्याउने र भारतलाई हिन्दू राष्ट्र घोषित गराउनेमै केन्द्रित रहेको देखिएको छ । नेपालको एमालेले कतिपय भारतीय नाकाबन्दीहरूमा अडान लिएका कारण उसलाई देशभक्त पार्टी भन्नेगरिएको थियो । तर पछिल्लो समयमा सत्ताका लागि माओवादी केन्द्रसँग सहकार्य थालेको छभने नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन पनि इच्छुक देखिएको छ । तेश्रो कार्यकाल सत्ताको नेतृत्वगर्ने तयारीमा रहनु भएका मोदीले निर्वाचन अघि ‘ग्लोबल साउथ’ को भारतको अग्रणी हैसियतलाई अझ सुदृढ बनाउने वाचा गर्नुभएको थियो । त्यसका लागि प्रधानमन्त्री मोदीले अघिसारेको ‘पाँच स’ (सम्मान, शान्ति, संवाद, सहयोग र समृद्धि) को अवधारणामा अघिबढ्ने भाजपाको भनाइ रहेको छ । ‘मोदीकी ग्यारेन्टी’ नामक घोषणापत्रमा सोझै नेपालको चर्चा नगरिए पनि छिमेकलाई प्राथमिकता दिने विदेशनीतिलाई निरन्तरता दिने भनिएको छ । तर नेपाल–भारत सीमा समस्या कायमै छ । जसको सहजै समाधान हुने कुनै स्ंभावना छैन । कालापानी, चेकपोष्ट र नक्शाको बिवाद कायमै छ । भारतले प्रबुद्ध समूहको प्रतिवेदन बुझ्न समेत मानेको छैन । नेपालाई थप हवाई प्रवेशबिन्दु दिनसमेत भारतले आलटाल गरेको छ । यस्तो अवस्थामा भारतमा फेरी भारतीय जनता पार्टीको सरकार बन्ने छाँट देखिनु नेपालका लागि गंभिर शोचनीय बिषय भएको छ । नेपालले आफ्नो अस्थित्व जोगाउनका लागि ०७२ को संविधानमा आमूल परिवर्तन गर्नुपर्नेमा यसैलाई जोगाउन प्रयास भैरहेका छन् । भारतको पछिल्लो निर्वाचनपछि नेपालको देशभक्त शक्तिले नयाँ ढंगले सोच्नुपर्ने देखिएको छ ।