Advertisement Banner
Advertisement Banner

०९ शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

Image

लोकतन्त्र अपराधको साम्राज्य बन्यो

राजन कार्की

२० आइतबार , जेठ २०८१२० दिन अगाडि

लोकतन्त्र अपराधको साम्राज्य बन्यो

    लोकतन्त्र नेपाल अपराधको साम्राज्य बन्यो, भ्रष्टाचारको स्वर्ग भयो ।
    लोकतन्त्र चल्ने लोकलज्जाले हो । समाजिक मान्यता र परम्पराकै बलामा बेलायत चलिरहेको छ । बेलायतको लोकतन्त्र विश्वप्रशिद्ध छ । लोकतन्त्रमा लोकले के भन्लान् भन्ने भय हुनुपर्छ । यही भयका कारण नेतृत्व भयभित हुन्छ, सहीकाममात्र गर्छ । गलत निर्णय भएको आलोचना हुनासाथ नेतृत्वले आफैलाई नैतिकताको कसीमा घोट्छ । पद, शक्तिलाई उसले महत्व दिदैन ।
    बेलायतको लोकतन्त्र यसकारण मजुबत छ । यसैलाई वेष्टमिनिष्टर पद्धति मानिएको छ । विवेक र नैतिकतामा उभिएको लोकतन्त्रलाई लिखित संविधान चाहिदैन ।
    जब नीति, नियम, नैतिकता, निष्ठा स्वार्थको बलिवेदीमा चढाएर लोकतन्त्र चलाइन्छ, त्यहाँ बेथिति र बिकृतिमात्र हुनेगर्छ । नेपाल यस्तै बिकृतिको कन्टेनर बनेको छ । फोहरमा बाँच्ने फोहरी किरामात्र हो । स्वच्छता फोहरमा बाँच्नै सक्देन । नेपालको लोकतन्त्र फोहरमा निसास्सिन थालिसकेको छ । आमनागरिक यसकारण यो पद्धति, यी नेताप्रति घृणाभाव राख्छन्, यहाँसम्म कि कुनै नेता आयो भने कुन चोर आएछ भन्ने अवस्थामा पुगिसकेका छन् । सफा हुनुपर्ने लोकतन्त्र कसरी नाली बन्यो ।
    जिम्मेवार नेता हुन् । जिम्मेवारी आफूलाई अग्रगमनकारी हुँ भन्नेहरूले लिनपर्छ ।    जवाफदेहीता तिनकै हो । तर नेतृत्वपंक्ति सच्चिन तैयार छैन । लोकतन्त्र जतिसुकै बदनाम होस्, देशमा जतिसुकै बिकृति फैलियोस्, आफ्नो स्वार्थ सुरक्षित हुनुपर्छ भन्ने ठान्छन् नेतृत्व ।
    यसकारण नेपालको लोकतन्त्रमा जे छ अहंकार छ । अहंकारभन्दा पर प्रणाली छैन, समाज छैन, लोकतन्त्र छैन, लोकलज्जा हुने कुरै भएन ।
    नेतृत्वमा जे छ सत्ता छ, सत्ता स्वार्थ छ । यिनका सत्ता, शक्ति र सम्पत्तिको स्वार्थका कारणले शान्ति र समृद्ध देश बनाउने सपना तुहियो । संविधान असफल भयो । नेतृत्व असफल भए । जनविद्रोह गर्नुपर्ने दिन आयो । जनताले बिद्रोह गरेनन् भने देश असफल राष्ट्र बन्ने खतरा सन्निकट भएर गयो ।
    जे छ अपराध छ, सेटिङ छ । राजनीतिमा राजनीति छैन, माफियाकरण छ । सुशासनको झल्कासम्म पनि छैन । मन्त्रीहरू सम्पत्ति बिबरण देखाए, धेरै लुकाए, जे देखाए अर्वपति हुँ भन्ने देखियो । जो सांसद छन्, तिनीहरू पनि भ्रष्टाचारमा डामिएका छन् । ्    अर्थात्, राजनीति पेशा भयो, व्यवसाय भयो । राजनीति समाज बदल्ने उपाय हुनसकेन । राजनीतिप्रति जनतामा घृणा बढ्यो, नेताहरूप्रति जनतामा भएको आस्था म¥यो । जनता बिचलित हुनपुगेका छन् । बेथिति सम्हाल्ने कोही छैनन् ।
    नेताहरूमा म बादको पनि सीमा नाघ्यो । सीमाभित्रको हरेक सवाल उचित मान्न सकिन्छ । जब म बादले सीमा नाघ्छ, त्यो अपराध हुन्छ । नेपालमा राजनीतिक दल र दलका नेताहरूको म बाद अपराध बनिरहेको छ । अपराध संसद, सरकार, सिंहदरवार, शितल निवास सबैतिर हल्किदै गएको छ ।
    सत्तामा गएर शासन गर्ने राजनीतिक दलले नै हो । दलका नेताले नै हो । जब दल दलदल बन्छ, नेता नैतिकहीन बन्छन्, तव मवादले सीमा नाघ्घ, सीमा नाघेको मवाद अपराध हुनजान्छ । नेपालको वर्तमान यस्तै अपराधबाट हरेक क्षण प्रताडित भइरहेको छ । दल र दलका नेतालाई सीमावद्ध पार्ने सार्वभौम जनताले हो । जनता यति सोझा र यति विभाजित बनाइएका छन् कि दलहरूको अपराधिक साम्राज्य देशैभरि फैलिएको छ । यसैले त कानुनलाई तर्साइन्छ, न्यायको झाँको झारिन्छ र म बाद बुर्कुसी मारेर अपराधमा रमाउन पुग्छ । नेपालमा म बाद आसुरी शक्ति बनेर जनता र देशमाथि अपराधको वर्षा गरिरहेको छ । विषवर्षा छ लोकतन्त्रमा । पीडामा छन् देश र जनता ।
    ॐभित्र मानव कल्याण पनि महत्वपूर्ण पाटो मानिन्छ । नेपालमा ॐ होइन, सत्ता र शक्तिको अन्धता छ, मूलमा प्रदूषित अन्धता भएकाले बहाव प्रदूषित छ । मानव कल्याणका नाममा स्वार्थपूर्तिमात्र पन्पिएको छ । कारण कुनै शासक, प्रशासक, नागरिक समाज, अभियन्ता अथवा बुद्धिजीवीले ‘हामी’ ‘जनता’ भन्नै जानेनन् । नेपालमा धर्म छ, मर्म छ, कर्म छ । यी कुनै पनि मार्गमा ‘हामी’ ‘जनता’ छैन । जता हेरे पनि म छ र म बाद, म को अहंकार छ, मानौं लोकतन्त्र दुयोधन अवतार हो । यसकारण त आफन्तवादमात्र छ । परिवारवाद छ, समानुपातिकताको नाममा विभेद र निषेध, असमानता छ । स्वार्थ बादमात्र छ । देश बाद छैन । समाजबाद छैन ।     जनतामा राजनीति र नेताप्रति अविश्वास बढ्ेको छ । राष्ट्रका हरेक अङ्गमा असन्तुष्टी छ । जनतामा बिद्रोह छ । लोकतन्त्र, संविधान, नेताप्रति आस्था र विश्वासमा केही पनि बाँकी छैन । हामी हरेक पल टकटकिरहेका छौं । नाङ्गो छौं र एकले अर्कोलाई नङ्ग्याइरहेका छौं । यसकारण हामी दुःखी छौं । न शासकमा सुख छ, न प्रशासकमा । न शासितमा सुख छ, न ज्ञानीहरूमा । जबसम्म हामीले ‘हामी’ भन्न सक्दैनौं र ‘म’मा सिमित हुन्छौं, कणमा रहन्छौंं, परिवर्तनको परमाणु बन्न सक्दैनौं  ।
    परिवर्तन भयो, केही व्यक्ति र तिनका परिवारलाई भयो । आमसमाजलाई परिवर्तन आएन ।
    जन्मेपछि मर्नुपर्छ भन्ने आत्मज्ञान कसैमा छैन । जन्म, जगत, जीवन र मृत्यु– ॐ अर्थात् सीमाहीन अनन्त...‘म’ को सीमित जीवनलीला त्यो अनन्तसम्म पुग्न सामथ्र्य राख्दैन । तर त्यो मार्ग मान्छेभित्रको ‘म’ को बिकल्पहीन मार्ग पनि हो । पृथ्वीमा अवतरण गर्दा च्याँहाँ गर्नु ॐ हो, आँखा चिम्लने स्थितिमा पुग्नु पनि ॐ हो । ॐ को गहिराई ‘ममित्रको म’ ले कहिले नाप्न सक्यो र ? त्यो सिद्धि प्राप्त गर्न नसके पनि मर्ममार्ग पवित्र छ, त्यो पवित्रतामा प्रवेश गर्नु नै प्रेमीले भनेजस्तो मानवीय मर्म मार्गको महात्म्य हो शायद । ॐभित्र सबैथोक छ । बुझ्दैनन् र स्वार्थमा लिप्त छन् । ज्ञान अभावमा राजनीति अपराध बन्यो, शासन कुशासन हुनपुग्यो । नेता कुनेता बन्नपुगे । नेतृत्वमा किन यसरी म बाद पन्पियो, यसको गुढार्थ बुझाइदिने कसले ?
‘म’ आदि हो कि अन्त, सुरू हो कि मध्य, शान्ति हो कि अशान्ति, सिर्जना हो कि विध्वंश, पाण्डव हो कि कौरव, देवत्व हो कि आशुरी, धर्म हो कि पाप, उज्यालो हो कि अन्धकार, जीवन हो कि मृत्यु, हावा हो कि धुलो ? मैले खुट्याउन सकिरहेको छैन । ‘म’ हाँस्छ, ‘म’ रून्छ । ‘मान्छे’ वाल, प्रौढ, बृद्ध हुन्छ र सकिन्छ तर ‘म’को दबदबा, साम्राज्य समाजमा कायमै रहन्छ । आूखा खोल्दा छ, आूखा चिम्लदा छैन । तैपनि ‘मु लाई ‘म’ नै प्यारो छ । के यही ‘छ र छैनुको झिमिक–झिमिक संसार हो ? यति सुन्दर, यति कुरूप संसारको सिर्जना कसले, कहिले, कुन उद्देश्यका लागि ग¥यो ? त्यो को हो, जो ‘म’भित्र बिराजमान छ र ‘म’ मा जन्मिरहेछ,  ‘म’ मा मरिरहेछ ? ‘म’ को अन्त्य र ‘म’ को आरम्भ, बुझिनसक्नु द्वन्द्वमय छ । भगवान र भक्तरूपी यो भवचक्करमा ‘म’ भौंतारिन्छ र पानीमा चिनी घोलिएझैं घोलिन्छ ।
    तैपनि मान्छेभित्र ‘मुमा अहंकारको वास छ । हे ज्ञानी बुद्धिजीवीहरू हो, राजनीतिमा लागेकालाई यत्ति बुझाइदिनुप¥यो ।
‘म’ को बास भएकाले मान्छे नासवान छ । ‘म’ र अहंको नालीबेलीको अत्तोपत्तो पाउन सकिन्न । कतै ‘म’ मैमत्ता बनिरहेको छ, कतै ‘म’ अध्यात्मको ज्योतिर्पुञ्ज बनेर धपक्क बलेको पनि देखिन्छ । मानवीयता, करूणता, कोमलता, लगनताका साथ ढुङ्गाको कापबाट रसाएको देख्दा  ‘म’ स्वर्गीय रहेछ जस्तो लाग्छ । जब सुरवीरतामा ‘म’ बहुलाउँछ, बर्बराउँछ, मान्छेलाई कमिला देख्छ र मान्छेको टाउकोमा टेक्छ, ऊभित्रको आवेग, उवाल उर्लेर मानवीयता छेक्छ, त्यतिबेला लाग्छ ‘म’ महिषासुर हो । हावाको एक झोक्का हो, हुण्डरी हो, आउँछ र जान्छ । जीवन जगतमा ‘म’ सबैथोक हो तैपनि ‘मु शून्य हो, केही पनि होइन । ‘म’ केही हो जस्तो, केही पनि होइन जस्तो । मान्छे पुरूषार्थ, अहंकार, जीत र हाररूपी ‘म’ अन्तर्निहित भएर नाङ्गै आउँछ र नाङ्गै जान्छ । ‘म’ भित्र सिर्जना सन्सारको सबैथोक छ, अन्तमा केही पनि छैन ।
    नयाँ नेपाल बनाउन हिडेकाहरूले यस्तो ज्ञान हासिल गर्नसके देश स्वर्ग हुनेथियो । जनता सुखी हुनेथिए ।
    मान्छेका रूपमा ‘म’ बीज हो, बीज फुट्छ । एउटै बीजबाट युधीष्ठिरजस्ता धर्मात्मा, धृतराष्ट्रजस्ता विवेकहीन, दुर्योधन र दुशासनजस्ता पापी र विदुरजस्ता ज्ञानी जन्मन्छन् । एउटै बीजमा यति ठूलो अन्तर कसरी सम्भव छ । आत्मा र परमात्मावीचको चमत्कारिक प्रसङ्ग, के यो प्रारव्ध हो ? अदृश्य शक्तिको खटनपटन नभए के हो ? हो भने ‘मभित्रको म’ आत्मा हो, परमात्मा हो र उसैले प्रत्येक ‘म’ लाई सांसारिक जीवनमा चलायमान गरिरहेको छ । राजनीतिमा मपाइवादको बिगबिगीले देशलाई धरापमा पार्दै लगेको छ ।
    पञ्चतत्वबाट बनेको मान्छे ढुंगामा भगवान, माटोमा मातृत्व देख्छौं । हामी नास्तिक पनि छौं, आस्तिक पनि छौं । नास्तिकहरू समेत कतै शरीर वा मन दुख्दा भगवान पुकार्छन् । अन्तिम आश्रय, अन्तिम अभिष्ठ द्यौराली भञ्ज्याङ्ग हो भगवान । मन्दिर वा गुरूद्वारा, मस्जिद वा चर्च जहा’ टाउको बजार्न पुगे पनि त्यो आस्था हो, मान्छेभित्रको ‘म’ मा प्रचूर आस्था देखिन्छ । शायद ‘म’ मान्छेमा विश्वास मर्न दिदैन र त्यो विश्वास हो भगवान । मान्छे प्रकृतिको अति सुन्दरतम् सिर्जना भए पनि ऊभित्र मन परे चाट्ने, मन नपरे थुक्ने चरित्र पनि विद्यमान हुन्छ । ‘म’भित्र समताभाव हुन्न ? फेरि ‘म’ र ‘मान्छे’ किन एकाकार छ ? ‘म’ छ र ‘मान्छेु छ । यति दोहोरो चरित्र भएको मान्छे किन ‘म’ च्यापेर जन्मन्छ ? यसको कारणको रहस्य जान्नु भनेको तारणहार चिन्नु हो, चिन्न ‘म’ अझै असक्षम छ । बैकुण्ठ देख्नु र ‘म’ चिन्नु उस्तै हो कि ? त्यसैले ‘मभित्रको मु– मान्छे काँचो छ, कटमिरो छ, गुलियो–गुलियो, टर्रो, अमीलो छ । स्वाद छ, बेस्वादको पनि छ । रङ्ग छ, बेढङ्गको छ । ‘म’ शिष्ट छ, विशिष्ट छ, क्लिष्ट पनि छ । ‘म’ जति बुझ्यो, बुझ्न झन कठिन छ । मान्छे लौकिक संसार र अलौकिक स्वर्ग बुझ्न खोज्दाखोज्दै सकिन्छ । ‘मभित्रको म’ मैनवत्तीजस्तो छ, बाल्यो बल्छ, अँध्यारो चिर्दै जान्छ, अव त छ्याङ्ग उज्यालो हुनलाग्यो भन्ने बेलामा मैन सकिएर झ्याप्प निभ्छ, समाप्त । नेपालमा यस्तै भइरहेको छ ।
    प्रकृति घण्टाघरको सुई हो, यही सम ‘म’ हो । समय र प्रकृतिको गतिलाई कसले, कहिले, कहाँ रोक्न सक्यो ? न यी कहिले उल्टो चले । शक्तिपुञ्ज, समय र प्रकृतिमा अदृश्य शक्ति बिराजमान छन् शायद । त्यो शक्तिले ‘म मान्छेुलाई आप्mनै गतिमा निरन्तर परिक्रमा गराइरहेको छ । चौरासी योनी यही हो कि ? समयसँगै ‘मान्छे’ र ‘म’ फुट्छ, उठ्छ, हिड्छ र लक्ष्य नपुग्दै मध्यमार्गमै छुट्छ । ‘भित्रको मु प्रकृति र समयलाई फनफनी फन्को मारेर सकिन्छ । ‘मभित्रको म’ कहिल्यै समयको महिमामय साध्य आरोहण गर्न सक्दैन । मान्छेभित्रको ‘म’मा वाल हठबल, जवानी बाहु बल, प्रौढ परिपक्वता बल, बृद्ध बुद्धि बल त हुन्छ तर त्यसभन्दा पर परमार्थ, परमात्मा बल ऊ आर्जित गर्न कहिल्यै भ्याउँदैन किनकि ‘म’ अपूर्ण छ । त्यसभन्दा अगाडि ‘म’ निर्बल, निस्तेज बन्छ । पञ्चतत्वमा बिलीन हुनपुग्छ ।
    अहंकारले राजनीतिलाई अन्धो बनाइदियो । सामाजिक मान्यता, सभ्यता र शिष्टता, जिम्मेवारी र जवाफदेहीताको अन्त भएकै म बाद हावी भएर हो । जो शासन प्रशासक छन्, तिनलाई जन्मेपछि मुर्नपर्छ, मर्दा केही जाँदैन, नाम राख्नुपर्छ, सुकीर्ति जोगाउनुपर्छ भन्ने ज्ञान दिने ट्यूसनको व्यवस्था हुनपर्ने भयो ।
    जब विवेक मर्छ, त्यहाँ अन्यायमात्र हुन्छ । नेपालमा यतिबेला विवेक मरेको अवस्था छ । विवेक मर्दा लोकतन्त्र मरेको छ । लोकतन्त्रलाई जिवन्त राख्न लोकको मानसिकता जिउँदो हुनुपर्छ भन्ने हेक्का राख्ने कोही छैनन् । राष्ट्र र अस्तित्व मर्दै जान थालेको अनुभूति हुँदैछ ।