Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

ग्यास खोज्ने नाटक पनि देखियो

१८ सोमबार , माघ २०७२११ बर्ष अगाडि

वाशुदेव वाग्ले-
नाटक गर्न पनि कति जानेका? उद्योग मन्त्री सोमप्रसाद पाण्डेले टेकुमा जमिनमुनीको ग्यास निस्क्यो भनेर प्रधानमन्त्री ओलीलाई लिएर गए अनि प्लान्टको निरीक्षण गराए। यो ग्यास त हो, तर यस्ता ग्यास काठमाडौंका १४ स्थानमा निस्करहेका छन् र यो ग्यास कुनै दिगो समाधान दिने खालको होइन। विज्ञहरु भन्छन्: यस्ता सानातिना ग्यास अनेक ठाउँमा निस्किरहेका छन्, कतै कतै तातोपानी आउने पनि यस्तै ग्यासका कारण हो। यस्ता ग्यासले नेपालको ग्यासको समस्या समाधान गर्नसक्दैन। जमिनमुनीको ग्यास भण्डारणको खोजी उद्योग मन्त्रीले गर्ने भए यस्ता नाटकहरु मञ्चन नै हुनेथिएनन्। हो, जापानको सहयोग नियोग जाइकाले धेरै समयदेखि ग्यासको उत्खनन् अनुसन्धान गरिरहेको छ। प्लान्टहरु छन् तर पर्याप्त ग्यासको खोजी भइसकेको छैन। प्रगति के भयो, ग्यासको भण्डारण भेटियो कि भेटिएन भनेर निरीक्षण गर्नु एउटा पाटो हो, काठमाडौंमा पुग्ने ग्यास पाइयो भनेर हल्ला गर्नु अर्को। अहिले उद्योग मन्त्रीले चुल्होसम्म ग्यासको पाइप जोडिदिने भाषणवाज प्रधानमन्त्रीलाई फेरि टेकुस्थित ग्यास प्लान्ट पुर्‍याएर फसाइदिए। कस्ता प्रधानमन्त्री?     हो, अमेरिकी कम्पनीले समेत पेट्रोलियमको व्यापक खोजी गरेको थियो नेपालमा। अहिले पनि विदेशी कम्पनीहरु नेपालमा खनिज पदार्थहरुको खोजी गरिरहेका छन्। नेपाल हिमाली र पहाडी मुलुक भएकाले खनिजको भण्डार हुनसक्ने  ितनको अपेक्षा थियो, जुन अहिलेसम्म सम्भव भइसकेको छैन। पहिले पनि टाटा कम्पनीले फलाम खानीको खोजी गरेको थियो। दाङ्माथिको पहाडी इलाकामा फलाम त भेटियो तर सम्भव नभएपछि टाटा कम्पनी छाडेर गएको ५० वर्ष हुनलागिसक्यो। यसको फाइल अहिले पनि खानी विभागमा सुरक्षित छ। कतिपय जानकारी टाटा कम्पनी आफैले बोकेर गयो। उसले नेपाललाई बुझाएन।
ग्यासको खोजी हुनुपर्छ। केही ग्यास छ पनि। तर यो ग्यास निकाल्न अर्को २० वर्ष लाग्ने विज्ञको भनाई छ। २० वर्ष अघि नै ग्यासको राजनीति गर्नु  र चुलोसम्म ग्यासको पाइप पुर्‍याइदिन्छु भनेर गुड्डी हाँक्नुचाहिँ एमालेजस्तो पार्टीका लागि, पार्टी नेता र प्रधानमन्त्रीका लागि सुहाउने विषय कदापि होइन है।