Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

Image

मेरो खोल्ने, तेरो पनि खोलिदिन्छु...

बैकुण्ठ भण्डारी

१५ मंगलबार , जेठ २०८१३ महिना अगाडि

मेरो खोल्ने, तेरो पनि खोलिदिन्छु...

सिंहदरवारको सेतो दरबार भित्र सेतै खोल लगाएको कुर्सीमा पनि नविर्सी गनगन गर्दैै थिए । यो भएन त्यो भएन । यसो गरिस् त्यसो गरिस अव तँलाई छाडिन्न ! गनगन कुमारलाई धनकुमारले पनि हो मा हो मिलाईउँदै थिए । अरू दुईचार जना पनि घोक्रो फुट्ने गरी होहल्ला गर्ने भीडमा नै थिए । कोही पनि रमिता हेरेर खित्का छाडेर हाँसिरहेका थिए । घडी चोरेको आरोप लागेका एकजना पनि उफ्रेको देखियो ।
यताव ारिको कुर्सीमा बसेकाहरू पारिका कुर्सीमा बसेका मानिसहरूलाई आँखा तरातर पनि नगरेका होइनन् । तर आँखा तरेर दर्शकलाई जादु देखाउने बाहेक यिनले के नै गरेको थियो । 
सर्पको खुट्टा सर्पले देख्ने सर्पहरू र थरिथरीकाहरू भन्दै थियो तँ ठग होस् । अर्कोथरी चिच्याउँदै थियो तैले खाएकै होस् । तैले लिएकै होस् । तेरो नाममा त्यसै कसरी जान्छ त ? केटाकेटी भाडाकुटी खेल खेल्दा झगडा गरे जस्तो लाग्दैथियो । सेतो दरबारको त्यो वैठक कोठाभित्रका काला कुराहरू ।
कोठामा ओछ्याइएको रातो कार्पेटमा लमक लमक लम्कँदै व्यासजीको आसनमा गएर लामकाने गनगनलाई अझ गनगन गर्दै थिए । ए ऽ मैरो खोल्ने त्यसो भए तेरो पनि खोल्दिन्छु । उसको पनि खोलिदिन्छु । त्यसो जोई–पोईको पनि खोलिदिन्छु ! धेरै कुरा खोलिदिन्छु ।
लोकतन्त्रमा सबैले बोल्न पाउनुपर्छ । तँ भन्दा म के कम । तैले बोल्न पाउन मैल बोल्न नपाउने । तेरो पनि सवै थाहा छ मलाई, तँ बाख्रा गोठालो के के गरिस् थाहा छैन र ? मैले मात्र गल्ती गरेको छु हँ ! ओहो ऽ सँधै आफैमात्र रजाइँ गर्ने भन्ठानेको होला । तेरा दिन गए अव मेरा दिन आए । लामकानेले झट्का हान्दै गयो । लामकानेको झट्कामा रमाउँदै चार पाँच जना ठेट्नाहरू टेवल ठोक्दै थिए । हो हो, होइन भन्ने को हो ? 
गनगन टोली र वरिपरिका स्वाँठहरू पनि अर्कोतिरबाट भन्दै थिए छाडिन्न । त्यसै कुर्सीमा बस्न पाईन्छ ? कहिले जालसाँझी गर्ने, कहिल ठगी गर्ने अनि फुत्त दुनियाँलाई डुवाएर हिरो बन्ने ? 
देख्ने अर्काको टाउकाको जुम्रो हो, आफ्नो भैंसी होइन । मैले गर्दा चाँही हिरो बन्ने भनेर आरोप लगाउनेले आफूले गरेको चाँही केही देख्नु पर्दैन ? तैले चाँहि के गरिस् । कहिल्यै आफ्नो अनुहार हेरेको छस् । अरूलाई पाए मात्र खोक्ने ? त्यस्ता खोक्न हाम्ले पनि जान्या छम् । 
सँधे उनीहरूले मात्र  कब्जा जमाईरहनु पर्ने । अरूको पनि पालो आउनु पर्यो नि । धेरै करकर नगर, मैले फेरि सवै खोतल्छु नि । मेरो खोइरो खन्ने काम नगर ? बाख्रा खाने वोका !
ओइ ऽ त्यहाँ बसेर फूर्ति नगर हौ सुग्रिव ! कसले खायो बाख्रा, बोका, मासु तँलाई वोका । जे पायो त्यही बोल्दो रैछ । आफू मुनिका कार्जेकर्ता बनाएर आफ्नौ छानविन पनि कतै हुन्छ । सक्छन् भने आसन छाड्न । आसन नै नछाडी अनेक थरी कुरा गर्दै नगर । खेल्ने भए एक्लै एक्लै भिड्न आईज । सक्छस् ? साईवर स्यालहरू देखाएर मलाई धम्क्याउने काम नगर है भन्दिएको छु । 
साईवर स्यालका कुरा किन ? सक्छन् भने तँ पनि राख्न । तँलाई त पत्याउन पनि त पर्यो नि । ऊ बेला पत्याए भन्दैमा सँध पत्याउँछन् र ? एक पटकको मुर्ख जनता हुन् पत्याईहाल्छन् । सँधे भरी एउटै ठाउँमा बसेर खाईरहने । ठेक्का पट्टा गर्न नपाएपछि मलाई रिस । ऊ बेला मैल गरेको  गुन सवै विर्षिछन । ठिकै छ । भोलीका दिन हामी पनि हेरौला । दिन त हाम्रो पनि आउला नि । कम्ला गरेका छौं मलाई । दुख दिन पनि कम दिएका छन् । अहिलेसम्म पनि चुप लागेर बसेको छु । यस्तो दिन आउँछ तिमीहरूलाई । अनि थाहा पाउँछौं । पर्ख ।
हेरौं, खुत्लाऽईदेउ त्यस्ता कुरा । हामी पनि कच्चा खेलाडी हो र ? कस्ता कस्ता काण्डलाई एकैछिनमा झिरिप्प पार्न पनि सक्छौ । सनु काण्डदेखि नून काण्डसम्म जोगाउनेलाई ठिस हान्ने ? गनगनले अर्ति उपदेश दिँदै पनि निकै झवाँक चले पछि सुग्रिवको ओठ ताल् सुके छ कि क्यो हो । एक लिटर पानी कलकल पिए । 
अनि चिच्याए– ‘अव त्यसै छाडिन्न’ सुग्रिवले चिसो पानी खाएसँगै अलि अलि जोश पठाए । यता सुग्रिव बोल्दै जादाँ लामिछानेहरूको पैदल मात्र भन्ने चर्चा गराए । जस्तो काम के भयो ? सरकारी गाडी चढ्न पाको छ दैन । अव त सिधा कुरा मात्र हुन वाँकी छ । जनताले विश्वास गरेपछि तिमीले विश्वास गर वा नगर । 
अब पालो हाम्रै हो । विगतदेखि वर्तमानसम्म हेर्ने मान्छेहरू देख्न पाएको छैन । सवको कुरा सवलाई थाहा छ किन भन्न भनेर मात्र हो 
आफै कुरा लगाउने अनि आफै विशेष चीज भनेर भन्दै हिड्ने । यो अव अव अति भो । अति हुँदा हुँदै खति नहोस भनेर हामी लाग्या छौ  । तिमीसँग ठूला मान्छेहरू, तिमीसँग एसम्यान पनि चाहिन्छ । उसलाई चाही के चाहिएको छ भन्दा सत्ता चाहिएको छ । सत्ता विना अरू कुरा चाहिदैन । हामीले त भोग्यौ । तपाईलाई जे चाहिन्छ त्यही भन्नु ।
नयाँ टेण्डरबाट अलि अलि भएपनि खुराक आईसक्या छ । अव छाड्ने कुरा त हुँदै हुँदैन । कि वारी हुन्छ कि पारी । चोक्टा खान गएकी बुढी झोलमा डुवेर मरी हुन दिँदैनौ । चोक्टा खान गएपछि चोक्टा नै खाने हो । तिम्रा सवै कुरा हेरि पनि सक्या छ देखि पनि सक्या छौ ।  बरू सेतो घर छाडिन्छ तर तिमीलाई छाडिन्न । हेप्ने पनि सिमा हुन्छ नि । पुरै खुँइलिने गरी एकोहोरो पेलेको पेलै गर्ने पनि हुन्छ । तैले खान हुने मैले खान नहुने । तैले चोर्न हुने मैले चोर्न नहुने ! अव तैले जे गरेको छस् म पनि त्यही नै गर्ने हो । यही बसेर गर्ने हो । सेतो दरबार भित्रै बसेर तरबार चलाउने हो ? 
तिमीहरूले बर्षौ लुट्यौ, ठग्यौ । अव मैले पनि ठग्ने हो । लुट्ने हो । तँ भन्दा म के कम देख्याछस् । हेर्दै जा कि सहकारी छैन कि बाख्रा छैन । केटो अव भिड्न हिड्यो हिड्यो । एक कान दुई कान मैदान ल आईज भिडौं कहाँ भिड्ने । तँ चोर म पनि चोर ! तैले चोरेका थिईस अव म पनि चोर्न आको हुँ के गर्छस । पाखुरा सुर्कासुर्की चलिरह्यो सेता घरमा । सेतो घरमा आजकल यस्तै महाभारतका कौरवहरूको कुरा छ, हेर्नेलाई लाजमर्दो ।
जुन जोगी आएपनि कानै चिरेका । कस्ता कस्ता आए गुलेली खेलाए मट्याङग्रा सत्यानाश ! समाजमा चलेको यो उखान र लोकतन्त्र हाँक्ने सेतो घरभित्र यस्तै यस्तै कलङ्क छ ।