सुरेशकुमार पाण्डे - - - -
२०४६ सालमा बहुदल आयो, चलेन । २०६५जेठ १५मा गणतन्त्र आयो, यसले पनि लछारपाटो लगाएन ।
तानाशाही फालेर लोकशाही ल्याएको, नेताशाही बन्नपुग्यो । एउटा राजा फालेको, हजारौं राजा जन्माइयो । जनताले हिजो सुख पाएनन्, अहिले झन दुःख पाए ।
जो सम्विधानसभाको निर्वाचन २०६४ साल चैत्र २८ गते सम्पन्न भएको थियो । करिव चार वर्ष पछि विस.२०६९जेठ १५ गते पहिलो सम्विधान सभा भङ्ग भयो । दोस्रो सम्विधान सभाको निर्वाचनले २०७० मंसिर चार गते सम्पन्न भयो । ठुलो शंघर्ष र जनताको खबरदारी पछि २०७२ असोज तीन गते यसै सम्विधान सभाबाट नेपालको सम्विधान २०७२ जारी गरियो । सम्विधान राम्रो भनियो तर जनताका कयौँ समस्याहरू संवोधन नै गर्न सकेन ।
सम्विधान अहिलेपनि जनताले बुझ्न सकेका छैनन् । आखिर यो कस्तो खालको गणतन्त्र हो ? पुँजिवादी मूल्य र मान्यता समेतलाई लत्याएर विदेशीको सहयोगमा सरकार बन्छ । अनि मनोमानि गर्दछन् र भन्छन् देशभित्र गणतन्त्र आएको छ ।
जनताले पटक–पटक आन्दोलन गर्छन्, समस्या ज्युँका त्युँ हुन्छन् ।
बहुदल आएपछि संसदमा पहिलो पटक कालापानीको मुद्धा उठ्यो तर मुद्धा उठाउने देशभक्त २०५१ सालका भौतिक पूर्वधार मन्त्री प्रेमसिंह धामी २०५४ साल भदौमा नुवाकोटको ककनीमा गाडि दुर्घटनामा बिते । त्यसपछि लामू समय सम्म कालापानीको मुद्धा कसैले पनि उठाउने हिम्मत गरेनन् । मदन कुमार भण्डारी र जिवलाल आश्रितको दास ढुङ्गा घटना घट्यो । रहस्य अझै सुल्झिन सकेन ।
राजाले सत्ता खोसे भनेर २०६३ को जनआन्दोलन भयो । यो जनआन्दोलनमा माओवादी जनयुद्धकारीसमेत मिसिए, मिसाइए । लोकतन्त्र आयो । लोकतन्त्रको १८ वर्षमा भ्रष्टाचार र महंगी, कालो बजारी र विदेशीको हस्तक्षेप पढ्दै गएको छ ।
हरेक नेता भ्रष्टाचारले डामिएका छन् । प्रधानमन्त्रीपछि गृहमन्त्री माथि छानबिनको माग भइरहेको छ । सत्ता पक्षले ढाकछोप गर्छ, संसदसमेत अवरूद्ध भयरहेछ । राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा यसको संदेश कस्तो पगेको होला ?
हाम्रो छिमेकी मूलुक भारतको बिहारमा जतिवेला लालुप्रसाद यादव मुख्मन्त्री थिए उन्लाई चारा घोटालाको आरोप लाग्यो । कुल ९५० करोडको चारा घोटालामा उनिलगायत अन्य दिग्गज मुछिए । १९९६मा लागेको आरोप सन १९९७ मा मुख्यमन्त्री पद छाडे । ३ अक्टुवर २०१३ मा पाँच वर्षको जेल सजाए र २५ लाख जरिमाना भयो । अहिले दिल्लीका मुख्यमन्त्री अरविंद केजरिवाल बिबादमा छन् ।
लोकतन्त्तमा कानुन भन्दा माथि कोही हुँदैनन् । तर नेपालमा...?।
गृहमन्त्रीलाई सहकारीको धन दुरूपयोग गरेको आरोप छ । कांग्रेसका सभापति र पत्नी आरजुमाथि जग्गा घोटाला, हवाईजहाज भ्रष्टाचार काण्ड छन् । प्रधानमन्त्रीमाथि अनेक भ्रष्टाचारका काण्ड छन् । ओली पनि चोखा छैनन् । स्थिति कुनै एक व्यक्तिमाथि छानबिनको होइन, अधिकार सम्पन्न कानुनी आयोगको आवस्श्यकता छ, जसले ०४६ सालपछिका सबै भ्रष्टाचार काण्डको छानबिन गरोस्, दण्ड तोकोस् र जोसुकै हुन्, तिनीहरूमाथि कडाभन्दा कडा कारवाही होस् ।
नेपालमा गणतन्त्र छ, गणतन्त्रको आचार सहिंताको धज्जियां उडाइयो ।
सवाल गृहमन्त्री रवि लामिछानेबाटै उठेको छ । संञ्चार कर्मि रविलामिछाने सन २०१३ को अप्रिलमा नेपालको न्यूज २४ टेलिविजनबाट लगातार ६० घन्टा भन्दा बढी समय सम्म अन्तरवार्ता चलाएर चर्चामा आएका थिए । उनि एक दशक सम्म अमेरिकाका नागरिक सहित रहेका लामिछानेले २५वर्ष पुरानो वैवाहिक जीवनको विटमार्दै आफैले प्रेम विबाह गरेको लाई छाडे र पछि आर्की निकिता पौड्याल सँग विबाह गरे । भनिन्छ उनको कयौँ महिलासँग नाम जोडिएको थियो । यति हुँदा पनि देशमा बढेको अन्याय र अत्याचारका मुद्दा उठाएर जनमत प्राप्त गर्न सफल भए । उनीमाथि नागरिकता, पासपोर्टका अनेक काण्डहरू छन् ।
यस्ता काण्ड अनेक नेताका छन् । कुनै नेता सफा लाग्दैनन् ।
एकातिर प्रतिपक्षहरूले आन्दोलन गरेकाछन् आर्को तिर सरकामा बसेका प्रधान मन्त्रीले बिस्वासको मत हासिल गरिसके । प्रश्न यत्ति छ, राजनीतिका सन्दर्भमा अर्थात लोकतन्त्र, अब तेरा क्या होगा रे कालिया ? भनेजस्तो ।
देशमा आएको गणतन्त्रले एउटा मुख्य संदेश के लिएर आयो भने लुट्ने, ठग्ने र अपराध गर्नेहरू नै शक्तिशाली हुँदारहेछन् । एकजना प्रधानमन्त्रीको सिटमा बसेर भन्छन् मैले पाँच हजार हत्या गरें । आफै हात्यारा भएको कवुल गर्छन् । उनी आफै भन्छन्– मलाई सरकारमा बसाल्न छिमेकीले ठुलो सहयोग गरेको हो । यिनलाई पहिले कांग्रेसले बोकेर सत्तामा पु¥यायो, अहिले एमालेले टिकायो ।
यो कस्तो गणतान्त्रिक लोकतान्त्रिक पद्धति हो, जहाँ नैतिकता नै हुँदैन ।
वैदेशिक रोजगारमिा गएको एउटा लाहुरेलाई एउटा मोबाइल, बालबालिकालाई चकलेट, बुढा आमालाई केही लिएर आए भन्सार लाग्छ । तर करडौँ ÷ अरबौँ रूपियाँको तस्कर खुलेआम हुन्छ । धेरैजना बैंक डिफल्टर छन् ।
के यो मन्त्रीहरू वा पावरफुल व्यक्तिहरूले आफ्नो शक्तिलाई दुर्पयोग गरेर भ्रष्टाचार गरेको होइन ? जनताले के बुझ्ने ? आम सर्वसाधारणका लागि आएको गणतन्त्र खै ? देशभित्र रोजगार छैन । संसदमा तमासा हुन्छ । विदेशीले गौतमबुद्ध लाई आफ्नो देशमा जन्मिएको दावी गर्छन् । आफ्नो नक्सामा कपिल वस्तु र लुम्बिनी राख्छन् । त्यसबारेमा संसदमा, सरकारमा चासो नै राखिदैन ।
बरू संसदभित्र सबैले लुट्न पाउने छुट हुनुपर्छ भन्नेमा एकमत देखिन्छ । उसले लुट्यो हामीलाई लुट्न दिएनन् भन्ने चिन्ता छ । राष्ट्रियताको हितमा र गणतन्त्रको रक्षाको लागि जनजिविकाको सवालमा कसैले आवाज उठाउँदैनन् । गणतन्त्र दिवस मनाइन्छ, अनेक दिवस मनाइन्छ, लोकको सहभागिता नै हुँदैन । देशभित्रका गरिब श्रमजिविहरू जो न काम पाएकाछन्, न ज्याला, युवाहरू विदेशीन बाध्य पारिउका छन्, उनिहरूलाई के थाहा गणतन्त्र, ।आखिर कुनचराको नामहो गणतन्त्र ?
सरकारले वर्षमा एउटा उद्दोग खोलेर गणतन्त्र दिवस मनाएको भएपनि डेढ दर्जन कलकारखाना खुलेका हुन्थे । युवा जमातको कन्तबिजोग हुनेथिएन ।।
चुनावको वेलामा कैयौँ झुठा आस्वासन र दन्ते कथा सुनाएर देशका नागरिकको बुद्धी भुट्ने बाहेक यी असक्षमहरूले देश र जनताको हितमा कतै काम गररेनन् । जनताको चासोको बिषय भनेकै यो कस्तो गणतन्त्र हो भन्ने छ ।
बहुदल आएपछि भएका उद्योग भृकुटी कागज खारखाना,हरिसिद्धी इंटा–टायल, चलचित्र विकास कम्पनी, बांसबारी छालाजुत्ता उद्दोग, बालाजु कपडा उद्दोग, कांचो छाला सङकलन र विक्री, बिटुमिन तथा ब्यारेल उद्दोग, नेपाल ल्युब आयल, रघुपति जुटमिल्स, नेपाल ढलौट उद्दोग, नेपाल चिया विकास निगम, बुटवल पावर कम्पनी, भक्तपुर इंटा तथा टायल आदिै सबै कौडीका मूल्यमा बेचिए । नयाँ खुलेनन् ।
बेरोजगारी बढ्यो, युवा विदेशीन बाध्य हुनपुगे । अनि कसरी नागरिकलाई गणतन्त्रको आभास हुंने ? देशको अबस्था जटिल छ । सरकारले पटक पटक नागरिकतामा संशोधनगरेर विदेशीहरूलाई खुसि पार्ने पर्यत्न गर्दै आएको छ । राष्ट्रघाती काम हरेक दिन भइरहेको छ । राजनीतिको अर्को नाम दलाली हुनपुगेको छ ।
अहिले गणतन्त्र आफै पनि धरापमा पर्दै गएको प्रष्टै छ । यो गणतन्त्रले नेताहरूको घैंटोमा घाम लागोस्, राष्ट्रियता गणतन्त्रको रक्षा र जनजिविकाको लागि आधार तैयार पार्ने सदबुद्धी पलावस् । यही शुभकामना छ ।