Advertisement Banner
Advertisement Banner

२८ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मातापिताको महत्व कहिले बुझ्ने ?

०८ मंगलबार , जेठ २०८१६ महिना अगाडि

मातापिताको महत्व कहिले बुझ्ने ?

सुरेशकुमार पाण्डे– ---

‘कुशे औंशी’ बुबाको मुख हेर्ने दिन् । ‘माता तिर्थ औंशी’ आमाको मुख हेर्ने दिन् । राष्ट्रिय र अन्य अन्तरराष्ट्रिय दिवसहरू पनि आउँछन् । जान्छन् । कुशे औँशी र माता तिर्थ औंशी यि अत्यन्तै सम्वेदनशिल दिनहरू हुन् । महान जन्मदाताहरूको पहिचान बोकेका यी दिनहरू जसलाई जती उल्लेख गरेपनि कम हुन्छ । आफुलाई यो धर्तिमा ल्याउने र प्रकृति समाजसँग लड्न भिड्न सिकाउने पहिला गुरूहरू भनेकै बा र आमा हुन्छन् । तर अहिलेका युवाहरूमा के परम्परा बस्यो भने औपचारिकता पुरागर्ने तर कर्तव्य पुरा नगर्ने । यो बिझ्ने विषय बनेको छ ।
यस्तो प्रकारको परम्परा किन बस्यो ? यही आजको महत्वपूर्ण प्रश्न हो । बाबा र आमा जसले आफ्नो छोरा–छोरीको लागि सारा जीवन दुःख गरेर जन्माए, बढाए, पढाए । बुढेसकालमा आमा बा को अवस्था किन दयनीय हुन थालेको छ ?
छोराहरू सङ्ग आमा बाबाको  पहिलो स्वार्थ के हुन्छ भने वृद्धावस्थामा आफु असहाय भएको वेला सहयोगी बनुन् ।  सुःख सँग परमधाम जान सकिएला । पुरूष प्रधान समाजमा छोरीको भन्दा छोराको नै बढी आशा गर्ने गरिन्छ । किन की छोरी बिवाह गरेर आर्काको घरमा पठाइसकेपछि र भएको झिटो झाम्टो अंशको नाउमा छोरामा हुनेहुनाले पनि उनिहरूमा आश छोरामा हुन्छ । छोराले बिवाह गरिसकेपछि आफ्नो कर्तव्य भुल्छ । यसमा प्रमुख दोष बुहारीको हुन्छ । छोरा बुहारी सङ्ग बा आमाको आशा मर्दैजान्छ, सम्बन्ध तनावमा परिणत हुन्छ । किन ?
जसरी आमा बाबाले आफ्नो कर्तव्य पुरा गर्ने प्रयात्न गर्छन् । त्यही प्रकारले छोरा छोरीहरूले गरेका छन् त ? बिवाह भयो भने आ–आफ्नो घरजम बनाएपछि आमा बालाई भुलाईदिनु भनेकै आफ्नो कर्तव्यबाट भाग्नु हो । यस्तै भइरहेको छ ।
घरमै होस् अथवा रोजगारीको सिलसिलामा बिदेशमा गएको वेला बा आमाले धेरै दुःख पाउँछन् । बुहारीले बुढाबुढीलाई हेरविचार गर्दैनन् । कतिपय सन्तानले त बुढाबुढीको सम्पत्ति कुम्ल्याएर छाडि दिन्छन्, बृद्धाश्रममा पु¥याउने पनि छन् ।
आर्कोतिर कुनैको छोरा विदेशमा छ तर बुहारीले बुढाबुढीको सेवा गर्नुको साटो ऊ सहरमा बसेकि हुन्छे र छोराले जानकारी भएपनि बा आमाको भन्दा स्वास्नीको कुरा सुनेर आमा बालाई पिडित् बनाएका हुन्छन् । वृद्धाहरूलाई वचन लगाउनु गालिगलौच गर्नु समयमा खान नदिनु, औषधी उपचार नगर्नु आदी हाम्रो समाजमा व्यापक समस्या रहेको छ । छोरा बुहारी बुढो हुनुपर्छ भन्ने भुल्छन् ।
जीवीत छँदा सम्म स्याहार सुसार नगर्ने छोरा बुहारी बुढाबुढी मरिसकेपछि बसेको कृया वा जीवितमा औषधी उपचार र मिठो बोली बचन दिन नसकेका छोरा बुहारीले मरिसकेपछिको रोइलो गर्ने र दान पुन्य गर्ने गर्छन्, यस्तो नगरेकै राम्रो ।
लोकलाज, देखावÞटी र औपचारिकतामा अल्झिएको समाजमा यथार्थ कुरा नपच्न सक्छ । उनिहरूले जीवनभरी बा आमालाई अपहेलित गरे अमिलो व्यबहार गरे । अनि मरिसकेपछि उनिहरूलाई डरहरू लाग्यो । पहिलो डर समाजले के भन्ला, आर्को डर कतै मृतकको आत्माले सताउला भन्नै नै हो । 
यदि हजुरहरूको घरमा बुढा बुढी हुनुहुन्छ भने उहाँहरूलाई सम्मान गरौँ । अहिले उहाँहरूलाई हजुरहरूको खाँचो छ । जस्तो बाल्यकालमा छोरा छोरिलाई बा आमाको खाँचो थियो । छोराको, बुहारीको छोरीको जुवैको । तमाम आफन्तीको आवस्यकता पर्ने भनेको बुढेशकालमा हो । एक्लो पारेर यातना नदिऔं ।
आर्को बिषय भनेको आफ्नो समाज, साइनोहरूको पनि रक्षा गर्न सिक्नुपर्छ । साइनोलाई कायम राखेर पनि समानता मुलक व्यबहार गर्न सकिन्छ । यो कस्तो बिचार हो भने जातिय मुक्ति पाउन जाती नै परिवर्तन गरेको जस्तै हो । हिन्दु धर्मले असमान व्यबहार गर्यो भनेर धर्म परिवर्तन गर्नु जस्तै हो । बिकृति धेरै छन् ।
प्रगतिशीलको अर्थ साइनो बिगार्नु होइन । साइनो बिगारेर आधुनिक हुनु, हिड्नु प्रगतिशीलता होइन। अहिले कैयौं साइनाहरू लोप हुनथालेका छन् । सासु, ससुरा, नन्द, भाउजुलगायतका अनेक साइनाहरू छन्, जो आधुनिकताको बली चढेका छन् । नेपालको आफ्नै प्रकारको समाज र साइना छन्, तिनलाई बचाऔं ।
सासु ससुरालाई आमा बाबा समान व्यबहार गर्नुपर्छ तर साइनोलाई पनि जोगाउनुपर्छ । आमा र बाबा त आमा र बाबा नै हुन्, कसैसँग तुलना हुनसक्दैन ।