Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

सिंहदरवार गोठ र फूटबल मैदानजस्तो

बैकुण्ठ भण्डारी

०८ मंगलबार , जेठ २०८१२ महिना अगाडि

सिंहदरवार गोठ र फूटबल मैदानजस्तो

सिंहदरवार गोठ हो कि फूटबल मैदान ? संसद बाहुवली खेल्ने अखडा हो कि विधि निर्माण गर्ने थलो ? प्रश्न उठिसक्यो, जवाफ कसैले दिएनन् ।
प्रश्न सिंहदरबार हो कि तरबार भन्ने कुरा अहिले कौतुहलताको विषय बनेको छ । दरबार भनौ भने दरबार जस्तो पनि छैन ! तारबार भनौ भने कंक्रिट नै कंक्रिटले ढोकेको छ । कुनै बेला खेल मैदान थियो भित्रियाहरूका लागि । कुनै कुनामा फुटवल कुनै कुनामा भलिवल जे पनि खेल्थे । 
समयक्रमसँगै अहिले परिस्थित फेरियो ! सिंहऽ दरबार होइन,साईँदुवाहरूका लागि गोठ बनिरहेको छ । त्यसमा माथि पनि साईदुवाहरूलाई गोठमा धकेल्ने पनि गाह्रो, गोरू चुटेजस्तै चुट्नु पर्ने । चुट्दै र पिट्दै गोठमा छिराएपछि त्यहाँबाट पटक्कै निस्कनै नमान्ने !
यिनका पारा देखेर माल्दाई बेला बेलामा मुर्छित नै पो हुन्छन् त । यता माल्दाई मुर्छित हुँदा उता माकु काका पनि पुर्पुरोमा हात राखिरहेका छन् । सिंहऽ गोठमा साईँदुवाहरूलाई हुलेको हुलै । को को अट्छन् को को भाग्छन् भन्ने नै माकु काकालाई पत्तो नहुने । सिंहऽ गोठ बनाउने एउटा थाम वोकेरै भएपनि धानिरहेका माकु काका विलखवन्दमा परेका छन् आजकल ।
‘खाऊँ भने दिनभरको शिकार नखाऊँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको छ उनलाई । सिंहऽ गोठ बनाउने काँधमा वोकेको थाम नवोकै गोठै चुर्लुम्मै हुन, वोकै आफ्नौ अस्तित्व नै मेटिने अवस्थाको सामना गर्नुपर्ने । 
आजकल सिंह गोठमा गोरूहरूलाई पाल्ने र फाल्ने क्रम बढेको छ । सिंह गोठमा बस्न चाहने गोरू भैंसीहरूले पहिला जस्तो थारो बस्न पाउने छैनन् । सँधै दुधालु हुने पर्ने नियम नै बसेको छ । त्यही भएर होला गोठको मालिकसँग जुन पशु रिसाएर सिङ् जोत्न खोज्छ त्यसलाई त किमा नै बनाईदिने रैछन् !
टुँडिखेलको फुटवल मैदान जस्तो बल मन परे च्याप्ने मन नपरे मैदानबाट उडाईदिने ? सिंह गोठमा अहिले विभिन्न प्रजातीका जनावरहरू पालिएका छन् । २०४६ सालसम्म एउटै प्रजातिका जनावरहरू गोठमा हुँदा कि परालमात्र खान पाउथें कि घाँस मात्र खान पाउथें । 
अहिले त गोठमा विभिन्न प्रजातिका जनावरहरू पालिएका छन् । कुनै जर्सी गाईहरू छन् त कुनै मुर्रा भैसी, कुनै होलिस्टिन गाई मात्र कहाँ होर वोयर जातका बाख्रा पनि छन् । लोकल भेंडाहरूको जात नै पाउन मुश्किल छ । त्यसैले तिनीहरूलाई घाँस, पराल दाना पनि लोकलले नहुने भईसक्यो । त्यही भएर अहिले त घाँस पनि स्वदेशी होइन हाईव्रिड वाला विकासे नै खान पाउँछन् । 
स्थानीय जातको जनावर भएको भए पो ढुटो पिठो चल्थ्यो, अहिले त जसरी भएपनि उही उतैबाट आको दाना न ख्वाउनु पर्ने । कम्तिमा महंगो भाको छ र भन्या सिंह गोठमा पाल्न । जति प्रजातिका भएपनि सवै थारा परे । ख्वाउनु मात्र पर्ने आम्दानी केही पनि नदिने । बरू सिंगौरी खेलेर गोठको भित्रै भत्काईदिने थारा जनावर सिंहऽ गोठमा भएपछि कसको बाउको के लाग्छ र ?
अचम्म दृश्य देखिन्छ । खै आजकल गोठमा खान्की राम्रो भएन कि दाना गलितो परेन ! कुँडो ख्वाउने नून पो राम्ररी हाल्दिएको रङ फेरिएका फेरिए नै छन् । महिना दुई महिनामा नै गोठमा विभिन्न प्रजातिका जनावर आउने जाने भएपछि त्यो गोँठको कसलाई माया ? सबैलाई मीठो र स्वादिलो खान्कीकै सवाल छ ।
माकु काकाले राम्रै व्यापार होला कि भनेर नयाँ गोठतिर सरेका थिए । विचरा फलिफाप नै भएन । अहिले त माकु काकाले पालेकाका जनावर पनि खोले नै खान छाडिसके । काकालाई आफ्नै बाख्राका पाठाहरूले चिथोर्न थालिसके । काकाले त्यत्ति राम्रो गोठमा आपूm बस्ने नसक्ने भएर पो काकाले भतिजहरूलाई सुम्पेका हुन् कि भतिजहरूले काकालाई तीन वल्ड्याङ गर्न खोजेका छन् । 
आजकल सिंहऽगोठमा के के चल्या छ, छ ! पालिएका जनावर पनि विश्वासिलो नभएर फालिएको फालिएै छ । खै माकु काका पनि  छब्बुसँग निकै त्रसित भएको देखिएका छन् । छब्बुले कुन बेला माकुलाई  पनि डोकामा राखेर भिरबाट खसालिदिने हो भने भन्ने नै शंका पो उब्जिन थालेको छ । 
छव्वु आफू सुरक्षित नभएर नै विभिन्न प्रजातीका भेंडा बाख्राहरूको व्यवस्था गर्दै छन् । छब्बुले चालचलन बुझेका छन् कि छैनन् । गोठमा राख्दै निकाल्दै गरिरहनेछ । छब्बुले सिंह गोठलाई फुटवल मैदान बनाउँदै छन । दुई चार प्रजातिका जनावरलाई फेरि गोठबाट गलहल्याएका छन् । मुग्रै मुग्राले हानेर गोठबाहिर निकालेका छन् । खप्पीस खालको छ छब्बुको गोठाला फेर्ने बानी । गोठाला फेर्दै छब्बु फुटवल खेलाको जस्तो खेलै छन् । कहिले कुन जनावर आउँछ जान्छ, पत्तै हुँदैन छैन । समस्याले गजुल्टो पारेको छ । नानाथरीका जनावरले भएर पनि साथ दिन्छ दिदैन यसै भन्न सकिदैन । 
खेलाडीले कर्नरमा राखेर फुटवल हाने जस्तै भएको छ । सिंह ऽ गोठमा फुत्त फुत्त देको छ देको छ । कहिले पुर्व फुत्त, कहिले पश्चिम फुुत्त । फुत्त फुत्त हान्देको भए सवै खलास हुन्थे । सरकारले गोठ सुधार कार्यक्रम लगायतका कार्यक्रम नै सकाउने प्रपच्च । प्रपञ्च गर्नका लागि उनलाई कसैले सिकाउनै पर्दैन । प्रपञ्चबाटै उनको नाम छ ।
सिंहऽ गोठमा रमाउनेहरू धेरै समाउन योजना र्भसकेको छ । कुन बेला बेपत्ता हुने हो थाहा नहुन सक्छ । मैदानमा बसेर खेलाडीलाई दानाका लागि फोन गरेको गरैं छन् । को आउने हो को जाने हो भन्ने कुरा नै स्पष्ट भएकाले पनि आफ्नो भुण्टो भने राम्ररी भर्ने छन् । 
गोठ भनेको गोठ नै हो । यो गोठ भित्र को को छ र तिनीहरूलाई पालै पालो घोत्र्रmे ठ्याक लगाउने ’ कसैले सपना देखेको छ भने त्यो सम्भव छैन ।  अव सपना विपना आउने भने भेटिएन । जे भो राम्रै भो । अरूलाई सहि कदम लाग्यो भने तयार हुनुहुन्छ तपाईका दिन शुरू गरे  । सिंह गोठमा आफ्नो  जनावरलाई तह लगाउ काम आफैबाट गर्नु पर्छै । यी सवै भम्रहरू हुन् । क्रमश जागिर खान देको छ । हात्ति जति नै ठूलो भएपनि सानो कमिलालाई नै ठिक पार्छ भन्ने कुरालाई आत्मसाथ गर्दा ठिक हुन्छ । यो सत्य नबुझ्दासम्म प्रपञ्चको प्रपञ्च चलिरहनेछ । जय सिंह ऽ जय गोठ ।