Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

चीनप्रतिको भरोसा तोड्न खोजिदैछ

०१ मंगलबार , जेठ २०८१२ महिना अगाडि

चीनप्रतिको भरोसा तोड्न खोजिदैछ

प्रेम सागर पौडेल अध्यक्ष– - - 
नेपाल–चाइना म्यूचुअल कोअपरेशन सोसाइटी  - - -  -
देशको राजनीतिबारे मेरो निष्कर्ष
   मिडिया र तथाकथित नेताहरूले जतिसुकै चिच्याएर दाबी गरेपनि यो सरकार ईण्डो–वेष्टर्नको चीनलाई नेपालमा रोक्ने समीकरण नै हो । यिनीहरू नेपाल र चीन विरोधी शक्तिका दलालहरू हुन् । यसमा कसैलाई भ्रम नरहोस् ।
   देशभक्ति मर्दै गएको हो कि ब्यक्तिगत स्वार्थ सर्वाेपरी भएर देश गौण भएको हो ? प्रत्येक नेपालीले गम्भीर भएर सोच्ने बेला हो यो ।
   जे होस् देश र हामी स्वयंका लागि राम्रो संकेत होइन यो ।
   अहिलेको भयावह अवस्थामा देशलाई सर्वाेपरी ठानेर अगाडि बढौं ।
   देश सानो ठूलो हुँदैन । देशभक्तिलाई कहिल्यै मर्न नदिउँ ।
   नेपालको राजनीति दिनप्रतिदिन पेचिलो बन्दैछ ।
   बाह्य प्रभावमा सरकारको स्वरूप परिवर्तनको कसरत जारी छ ।

    नेपालमा जनस्तरमा सबैभन्दा बढी लगानी इण्डियाको छ । त्यसपछि एनजीओ र आईएनजिओ मार्फत पश्चिमाको लगानी छ । यद्यपि नेपाली जनतामा चीनप्रतिको विश्वास र भरोसा बढी छ । किन ? पछिल्लो समय पश्चिमाले यसै विषयमा अध्ययन गर्न करोडौं डलर खर्चिरहेको छ । जबसम्म नेपाली जनतामा रहेको चीनप्रतिको विश्वास र भरोसा तोड्न सकिंदैन, तबसम्म नेपाललाई अस्थिर, अलगथलग र नियन्त्रण गर्न सकिंदैन भन्ने ईण्डोपश्चिमाले राम्रोसँग बुझेको छ । नेपालमा रहेका चीनका वास्तविक मित्रहरू र जनस्तरमा रहेको चीनप्रतिको विश्वास अनि भरोसा यी दुईवटा पक्षलाई निमिट्यान्न पार्नका लागि पश्चिमाको लगानीमा उच्चस्तरीय केही नेताहरू, पदाधिकारी तथा अन्यलाई योजनावद्ध परिचालन गरिएको छ ।
   आजको स्थिति ः कोरोनाको त्यो महाविपतमा समेत जनता उपचार नपाएर मरिरहेका बेला चीन विशेष सहयोग गर्न चाहन्थ्यो तर नेपाल सरकार सहयोग लिइरहेको थिएन । अहिले बीआरआईमा पनि त्यही अवस्था छ । 
    नेपालको विकास र समृद्धिमा चीन सधैं सकारात्मक छ । नेपाल इण्डो पश्चिमाको प्रभाव र दबाबमा परेर निर्णय नै गर्न सक्दैन । नेपाली नेताहरूको द्वैध चरित्रले नेपाल चीन सम्बन्ध चिसो बन्न खोजे पनि चीन त्यस्तो अवस्था आउन नदिन प्रतिवद्ध देखिन्छ । नेपालका लागि अवसर छ । यो अवसरलाई कसरी देशहितमा उपयोग गर्न सकिन्छ, त्यसबारेमा बृहद छलफल गरेर नीति र निर्णय तहमा पुगनु उचित हुन्छ ।
   नेपालमा जहिले जहिले आपत विपत पर्छ, चीनले साथ दिएको छ । नेपालको नीतिमा समर्थन गरेको छ । कसैसँग सम्बन्ध बिगार्नु भनेको छैन । फेरि पनि नेपाल र चीनवीचको सुमधुर सम्बन्ध बिगार्न, चीनको भरोसा तोड्न खोजिदैछ । लापरवाही हिजो भयो, पटक पटक भयो । देशका लागि लापरवाही सह्य हुँदैन ।
मेरो अनुरोध–
देशको स्वार्थप्रति हरेक नेपाली सचेत होऔं । सरकारले उपयुुक्त नीति र निर्णय गर्न नसकेको अवस्थामा नेपालीले आफ्ना प्रतिनिधिलाई आफै खबरदार गरौं ।