Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मे दिवस अर्थात सिकागो सहिद

२६ बुधबार , बैशाख २०८१६ महिना अगाडि

मे दिवस अर्थात सिकागो सहिद

सुरेश कुमार पाण्डे - - - -
१ मे अर्थात् १९ बैशाख “संसारभरमा मजदुरहरूले यो दिनलाई मजदुर मुक्ति आन्दोलनको रूपमा मनाउँदै आएका छन् । तर नेपालमा मई दिनको महत्व अझ बढी हुनुपर्ने हो । किनकी हाम्रो देश नै मजदुर जन्माउने देश भने पनि फरक पर्दैन । अहिले पनि लगभग दुनियाँको १७२ देशहरूमा नेपाली मजदुर भेटिन्छन् । ११० देशसँग श्रम स्विकृती र आठ देशसँग श्रम सम्झौता भएको देखिन्छ । यो एउटा उधारणले पनि के पुष्टी हुन्छ भने नेपाल एउटा विश्वमै यस्तो देश हो जसले विश्वका अधिकाँश देशहरूमा श्रमजीवीहरूलाई पठाएको छ । नेपाल अरू देशको लागि मजदुर निर्यात गर्ने देश बनेको छ । सबै थोक आयात गर्छ तर युवा मात्र निर्यात गर्दछ । त्यसकारण हाम्रो देश मजदुरहरूको देश बनेको देखिन्छ ।
कतिपय देशमा हाम्रा युवाहरू भाडाका सैनिक समेत भएका छन् । युद्धमा सामिल गराएर नेपाली युवाहरूलाई आपसमै पनि लडाएका छन् ।
प्रसङ्ग बदलौँ–
हामीले मेई दिवसको बारेमा अध्ययन गरेपछि यसको ऐतिहासिक महत्वको बारेमा बुझ्ने छौँ । मई दिवसको इतिहास धेरै लामू छ ।
त्यतिवेला १८÷२० घन्टासम्म मजदुरलाई कजाउने व्यबहार त्यहाँ सामान्य जस्तै थियो । सन १८०६ मा अमेरिकाको सरकारले फिलाडेल्फियाका हड्ताली मोचीहरूका नेताहरूमा साझिसका मुकदमाहरू चलाए । यिनै मुकद्माहरूमा यो विषय प्रष्ट भएको थियो । मजदुरलाई १९÷२० घन्टासम्म काम गराइन्थ्यो । 
“मैकेनिस युनियन आँफ फिलाडेल्फिया’लाई दुनियाँको पहिलो ट्रेड युनियन मानिन्छ । जो १८२७ मा फिलाडोल्फियामा कामको समय दश घन्टा निर्धारित गराउनको लागि निर्माण उद्योगमा एउटा हड्ताल गराउँने श्रेय पनि जान्छ । सन १८३४ मा न्यूयार्कमा नान बाइयौँको हड्तालको दौरान “बर्किंग मेन्स’ नामक अखबारले छापेको थियो– पावरोटी उद्योगमा लागेका कारिगर वर्षौँ मिस्रका गुलाम जस्तै यातना झेल्दै थिए । उनीहरूलाई १८÷२०घन्टा सम्म काम गराइनथ्यो ।
“भनिन्छ जहाँ अन्याय र अत्याचार हुन्छ त्यही बिद्रोह पनि हुन्छ ।’ त्यस्तै भयो । यिनै इलाकाहरूमा छिट्टै दश घन्टा कार्यदिवसको मागले आन्दोलनको रूप लियो  । हुन त यो आन्दोलनलाई सन् १८३७ को त्यो सङ्कटले बाधा पनि पुरायो ।तरपनि यो आन्दोलन दिन प्रतिदिन विकसीत हुँदैगयो । र यही द्वौरान बाँन ब्यूरेनको सङ्घीय सरकारलाई आफ्ना कर्मचारीहरूको लागि कामका घन्टा दश गर्ने घोषणा गर्नैप¥यो । संसारभरिका मजदुर कर्मचारीहरूले कामको समय दश घन्टा गर्ने माग लिएर अगाडिका दर्शकहरूमा संघर्षहरू निकै भए । जस्तै–जस्तै केही औद्योगिक क्षेत्रमा यो माग मानियो त्यही प्रकारले उनीहरूले अब कामको समय आठ घन्टाको माग गर्नथाले । पचासको दशकको द्वौरान लेवर युनियनलाई संगठित गर्ने गतिबिधीले पनि यो नयाँ मागलाई काफी मद्दत् मिल्यो । हुन त १८५७ को संकटले यसमाथि पनि रोक लाग्यो । यो आन्दोलन अमेरिकामा मात्रै होइन बरू प्रत्येक त्यो ठाउँमा प्रचलित हुँदैगयो जहाँ पुँजिवाद उभारमा आउँदै थियो ।
“आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम“ यो उनीहरूको माग सन १८५६ मा मानियो पनि । अमेरिकामा सन १८८४ मा “कामका घन्टा आठ गरौँ’ आन्दोलनबाट सुरूभयो । २० अगस्त १८६६ मा नेशनल लेवर युनियन’ बनाउने वेला तीन ट्रेड यूनियनका प्रतिनिधिहरू बाल्टीमोरामा मिले र राष्ट्रिय संगठनको निर्माणको आन्दोलनको नेतृत्व बिलियम एच सिल्बिसले गरेका थिए ।
अमेरिकामा सन १८८९ मै पहिलो मईलाई त्यो दिनको रूप लिइयो जुन दिन दुनियाभरिका मजदुर आ–आफ्ना पार्टी र ट्रेडयूनियनको रूपमा संगठित हौउन् ।  “आठ घन्टाको कार्य दिवस’को मागका लागि संघर्ष गरून् । पेरिस कांग्रेसको यो महत्वपूर्ण निर्णय शिकागोमा पाँच वर्ष पहिले लिएको एउटा निर्णयबाट प्रभावित थियो । यो निर्णय पाँच वर्ष पहिले शिकागोमा एउटा नव निर्मित् अमेरिकी मजदुर संगठन– द फेडेशन आँफ आर्गेनाइज्ट ट्रेड एण्ड लेबर यूनियन आँफ द यूनाईटेड स्टेटस एण्ड कनाडा’ जसले पछि आफ्नो संक्षिप्त नाम “द अमेरिकन फेडरेशन आँफ लेबर’को नामले प्रसिद्ध भयो । यही यूनियनका प्रतिनिधिहरूले निर्णय लिएकाथिए । ७ अक्टुबर सन १८८४ मा यो संगठनले “फेडरेशन आँफ आर्गेनाइज्ड ट्रेड एण्ड लेबर युनियन आँफ द यूनाइटेड स्टेस एण्ड कनाडा“  यो तय गर्दछ कि पहिलो मेई १८८६ बाट आठ घन्टाको कार्य दिवस हुनेछ ।
नाइटस आँफ लेबरको नेतृत्वको गद्धारिका बाबजुद १८८६ मा लगभग ५ लाख मजदुरहरूले आठ घन्टा कामको कार्य दिवसको मागलाई लिएर “कामका घन्टा आठ गरौँ’ आन्दोलनमा सहभागी भए । अमेरिकन फेडरेशन आँफ लेबर पार्टीले दिसम्वर १८८८ आफ्नो  सम्मेलनमा पहिले नै यस्तो प्रदर्शनको लागि पहिलो मई १८९० को दिन तय गरिसकेको थियो । यसैले यो दिनका लागि अन्तरराष्ट्रिय प्रदर्शनका लागि स्विकार गरिन्छ । १८९० को मई दिवस कयौं युरोपिएन देशहरूमा मनाइयो । ४ मेमा ’हे’ मार्किट स्क्येरमा भएको प्रदर्शनमा ३ मईमा मकेका कर्मिक रीयर वर्कर्स’ मा मजदुरहरूको एउटा सभामा पुलिसको बरबरता र कार्यता पूर्वक दमनमा ६जना मज्दुर मारिएका थिए र कयौं घायल पनि भएकाथिए । यसैको बिरोधमा भएको सभाको अन्तिम तिर अचानक एउटा बम बिस्फोट भयो जसमा चार मजदुर लगायत सात जना पुलिस पनि मारिएका थिए । ‘हे’ मार्किट को भयानक रक्तपातले मजदुर नेताहरू पार्सन्स स्याइस, फिसर र ऐञ्जेललाई फाँसीमा झुण्डाइयो र शिकागोका तमाम नेताहरूलाई कैद, मज्दुरहरूलाई शिकागोका मालिकहरूको यो जवाफ थियो । पुँजिपतिहरूले गुमेको स्वर्ग फिर्ता लिन दमन गरे ।
यसरी मई एकले अत्यन्तै संघर्षशील र ऐतिहासिक गाथा बोकेको छ । मजदुरलाई कामको जुन निर्धारित समय आठ घन्टालाई आ–आफ्नो अधिकार सम्झिन्छौँ त्यो यही एक मईको इतिहासमा रगतले लेखिएको त्यसैको देन हो ।
विश्वमा निजीकरणले फेरी बिस्तारै मजदुरहरूले लामू संघर्ष द्वौरा प्राप्त गरेको अधिकार खोसिंदै गएको छ । त्यसैले गर्दा एक मेईको पूर्ण संघर्षबाट हामी सबै श्रमजीवी जनताहरूले प्ररेणा लिएर दुनियाँ भरिका श्रमजीवीहरू फेरी एकपटक आफ्नो हक हितको रक्षाका लागि जुर्मुराउनु पर्ने देखिन्छ । एक मई संसारभरिका श्रमजीवीहरूले सिकागोका शहिदहरूलाई सम्झिंदै  प्ररेणा लिने संकल्प गर्दछन् ।