Advertisement Banner
Advertisement Banner

०९ शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

Image

व्यवहार भने दुर्योधन मामाको जस्तो

बैकुण्ठ भण्डारी

२६ बुधबार , बैशाख २०८१एक महिना अगाडि

व्यवहार भने दुर्योधन मामाको जस्तो

आजकल काइलो बर्बराउँछ ।
बर्बराउँदै हिँडेको अर्ति काईलोको पारा देखेर बेलुने अझ फुल्दै गयो । उसको फुलाईलाई कसले पो जित्न सक्थ्यो र ! कस्ता कस्ता साँढेहरूले पनि बेलुनेलाई झुस्स पार्न सकेका हैनन् !
हुन त अर्ति काइलो सत्य कुरा जस्तो सुकै ठाउँमा पनि गर्छ । बोल्नलाई उसलाई कसैले पनि रोक्न सक्दैन । नानीदेखि लागेको बानी के छुट्थ्यो र । कति भलाद्मीहरूले नभनेका पनि होइनन् । ‘हेर अर्ति काईलो, यसरी सवै आँखी किन बन्छन्, तित्राको जस्तो बोली छाडिदे, भनेको कसैले सुन्ने वाला छैन क्यार ! ’ 
भलाद्मीहरू पनि कति भलाद्मी भने सरकारी नुन खाका, बाहिरबाट हेर्दा हरिश्चन्द्र जस्ता तर व्यवहार भने पुरै दुर्योधनको मामाको जस्तो । 
त्यस्ता सरकारी नून खाका भलाद्मी देखिएकाहरूको पुरै नाडी छामिसकेको अर्ति काईलोले ओठे जवाफ लगाई हाल्थ्यो । ‘हुति हुनु प¥यो श्रीमान, शिवपार्वतीका वरिपरि गणेश घुमे जस्तो कहाँ सजिलो छ र ? चुकेको मान्छे सँधै डुक्रेर बस्ने हो’ तपाई श्रीमानहरू त्यही दर्जाको हो । ‘मुखमा राम राम बगलीमा छुरा’ ।
साह्र्र्रै भलाद्मी अनुहारका ती साँढेहरू पनि कम थेंर । यसो दायाँ बायाँ हेर्न ठोकीहाल्ने । धुत्न पाएसम्म रित्तै बनाईदिने, भित्तैमा पु¥याईदिने ! पख्लास् ! देख्लास् ! भन्ने उनीहरूको त गण नै थियो । भलाद्मीहरूको गणहरूले जे भन्यो त्यही हुनु पर्दछ भन्ने मानसिकता थियो भने बेलुनेहरू पनि भलाद्मी गणहरूलाई पर्ख र हेर कै अवस्थामा थिए । 
जसले सक्यो त्यसैले सिध्याउने ! भाले भिडन्त जस्तै अवस्थामा थिए । बेलुने र भलाद्मी गणहरू । त्यो कुरा त अर्ति काईलोलाई पुरापुर थाहा थियो । बेलुनेहरू पनि कम थिए र ? अर्ति काईलोलाई आफ्नो बनाउन खोजिरहेका थिए । 
भलाद्मी गणहरूलाई सुरिलो धागोमा कँसेर बेलुनमा उडाईदिने ! हुन त जोसँग जे शक्ति त त्यही नै देखाउने हो । बेलुनेले बेलुनको शक्ति भलाद्मी गणले गण कै शक्ति । लामो समयदेखि सवै गुट उपगुटमा नछरिएका पनि हैनन् । अर्कालाई पर्दा खुच्चिङ, अनि आफूलाई पर्दा आकाशै खसे जत्तिकै गर्ने । अनि भित्र भित्रै सक्काईदिने । तर अर्ति काईलोलाई दुवैको यस्तो व्यवहार मन भने परेको थिएन । 
मन परे पनि के मन नपरेपनि के । दुवैसँग उस्तै थियो अर्ति काईलो । उसलाई लिनु पनि थिएन दिनु पनि थिएन । त्यसैले पनि होला देखेको कुरा फ्याट फ्याट धस्काईदिहाल्थ्यो ! कहिले काँही त अर्ति काइलोलाई हप्काउनेदेखि छप्काउनेसम्मका मायालुहरू पनि भेटिए । 
हप्काउने भन्दा छप्काउने माया गर्छु भन्ने धेरै भेटिसकेका अर्तिकाईलो कहाँ भ्यागुतो जस्तो ट्वार ट्वार मात्र गर्ने हो र ? पाएदेखि ऊ पनि के कम सर्पले डसेजस्तै डसिनै दिन्थ्यो त । अतिकाँईलोको आँट त्यत्तिकै कहाँ आको हो र ? सत्य कुरालाई सत्य नै हो भन्ने सक्ने । कहिँ कतै पनि अरूको अहित नगरेका कारण पनि अर्ति काँइलो तित्रो तर धेरैको प्यारो पनि थियो । 
समयले कहिले काँही कोल्टे पनि फेर्छ भन्छन् नि । हो त्यस्तै भएको छ अर्तिकाँइलोलाई पनि  । बेलुनेहरू र भलाद्मी गणहरूसँगै मितेर लगाएको जस्तो भान गर्दैछन् । किनकी उनीहरूलाई आफ्नो स्वार्थपूर्ति गर्नु छ । त्यस्तै बेलुनेहरूलाई विस्तारै उडाएर कोही कसैलाई भित्तैमा पु¥याएर देखाउनु पनि छ भलाद्मी गणहरूलाई । लाग्छ यी दुवै एउटै जंगलका दुई शेर जस्ता । तर, दुवै भिजेको विरालो भन्दा माथि पनि हुँदै होइनन् । उ देखि उ डराउने उ देखि उ मात्र हो । 
डर नै डरले उडिरहेका । उड्ने र उडाउने उस्तै उस्तै जसको शक्ति उसको भक्ति भने जस्तै थियो । एक दिन बेलुने र भलाद्मी गणहरू वीच कसले कसलाई सिध्याउने भन्ने आन्तरिक होडबाजी नै चल्यो । अर्ति काँईलोले दुवैलाई सम्झायो । यो विना अर्थको फोस्रो लडाइँमा बसेर समय र शक्तिको नाश किन गरिरहेको छौ ? यसको सट्टा साँच्चै नै मिलेर नयाँ परिवर्तनको रेखाकोर्ने प्रयत्न त गर । कम्तिमा सवले वा ऽ वा गरून् !
काँइलोको अर्ति किन सुन्ने ? आआफ्नो स्वार्थ अनुकूलका व्यक्ति प्रयोग गरेर डस्ने काम मात्र गरिरहेका छन् । भलाद्मी गण र बेलुनेहरूको लफडाले टोल नै गन्हाउन थालिसकेको छ । कसैले पनि यिनीहरूलाई विश्वास नै नगर्ने ? यिनीहरू नि आफू बाहेक अरूलाई विश्वास गर्नै नचाहने । मैले गरेको ठिक अरूले गरेको बेठिक । दुनियाँमा यस्तो पनि कतै हुन्छ भने यही गाउँमा मात्र थियो । गाउँलेहरू यी दुई स्याल र हुँडारहरूका कारण आजित भईसकेका थिए । तर आजित भएका गाउँहरूलाई सहि बाटोमा हिड्न र सत्य गर्न र बोल्न अर्ति काँईलोले झकझक्याईरहन्थ्यो । 
अर्ति काईलोले जति गरेपनि यिनीहरूले देख्न प्रयास गरे । न  सुन्ने प्रयास । सुन्न र देख्न नसक्नेलाई फलिफाफ त हुने कुरै भएन । यी दुईको यस्तो सम्वन्धले चारगाउँका १२ भाई नाईकेहरू खुशी थिए । उनीहरू पनि मौका कुरेर बसिरहेको थिए । मौका आउनासाथ बेलुनेलाई पनि छुस्स काँडाले घोपिदिने र हावा फुस्काईदिने । भलाद्मी गणहरूलाई पनि खाको नून ओकल्न लगाई दिने । 
एक दिन चारगाउँका १२ भाई नाईकेहरूले योजना बनाईरहेको थिए । अव बुलेन जसरी पनि फुटाउनै पर्छ । १२ भाई नाइके मध्ये एउटाले भन्यो, होइन कसरी सम्भावन छ र ? अर्कोले भन्यो कुनै चिन्तै लिन पर्दैन । बेलुने उडिरहेको बेला अलि परबाट छेस्काले घोचिदिने ! त्यसपछि त्यसको हर्कत र हैसियत एकै पटक थाहा हुन्छ । भलाद्मी गणलाई पनि खाको नूनमा अलिकति गुलियो मिसाईदिने त्यसपछि तिनीहरूको पनि स्वाद फेरिन्छ र आफ्नो मुठ्ठीमा पार्न सकिन्छ । 
१२ भाई नाइकेको योजना अर्ति काँइलाले छेवैमा बसेर चाल पाईसकेको थियो । उसले दुवैलाई संकेत पनि गरेको थियो । अर्तिकाईलोको संकेतलाई धेरैले बुझ्थे र त्यसका लागि विकल्प पनि खोज्थे । तर बेलुने र भलाद्मी गणहरूले भने त्यत्ति वास्ता गरेनन् । 
१२ भाई नाइकेहरू आफ्नो योजना अनुरूप डाँडामा बसेर बेलुनेहरू ढुकेरै बसे र छेक्कोले घोचिनै छाडे । अन्तत ः बेलुनेहरू एकै निमेषमा चट भयो । भलाद्मी गणहरूले खाको नूनमा पनि १२ भाई नाईके गुलियो र नूनिलो छम्केर लोभ्याईदिए । गाउँ नै आफ्नो कब्जा लिई छाडे । अनि उनीहरूले देख्लास् र पख्लास् भन्नेहरूलाई नै देखाईदिए ! भाले पल्टिए ।