Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

सडकभरि भुइँमान्छेका पीडा

देवी काफ्ले

२६ बुधबार , बैशाख २०८१३ महिना अगाडि

सडकभरि भुइँमान्छेका पीडा

अन्याय, अत्याचार, असमानता र गरिबीसँग लड्न कति गाह्रो हुन्छ त्यो त भोग्नेलाई थाहा हुन्छ ।
राज्य, राज्य बन्न त जनता पनि चाहिन्छ । जनता नै छैनन् भने शासकले को माथि शासन गर्ने हो ? अचेत र स्वार्थी बने पछि जनता रैती हुनपुग्दा रहेछन् ।
नेपालको अवस्था त्यस्तै छ । सहरदेखि हिमाल, पहाड, तराईसम्म उहीँ पीडा भोग्न बाध्य छन् जो निम्न वर्गको जीवन जिउन बाध्य छन् ।
भौगोलिक बिकटताका कारण सबै नेपालीले समान अधिकार पाएनन् भनेर नै लोकतन्त्र आइसके पछि संघिय राज्य निर्माण भयो । संघियता लागू त भयो तर गरिब निमुखा जन उहीँ बिवसतामा बांच्न बाध्य छन् । संघियता लागू गर्नु त सबै नागरिकलाई समान अधिकार प्रदान गर्नु भन्दा पनि राजनैतिक भर्ती केन्द्रको रूपमा प्रदर्शित गरिएको देखियो । गरिबका कथा ज्यूँ का त्युँ छन् । बजेट बिनियोजन हुन्छ लक्षित वर्गमा पुग्दैन सबै बिचौलियामा बांडफांड, भत्ता, अनावस्यक भ्रमण, पारिवारिक भर्ति आदिमै सकिन्छ । केही बजेट बिकासका काममा लगाईन्छ तर काम भन्दा बढी भ्रष्टाचार हुन्छ भन्ने प्रमाण सडक पुल हेरे थाहा भइहाल्छ ।
यदि लक्षित वर्गमा बजेट पुगेको भए नेपालबाट परिवार पाल्नको लागि छिमेकि मुलुक भारतमा भारतियहरूको दुत्कार सहंदै कठोर परिश्रम गर्न जानू पर्ने थिएन । सबैभन्दा धेरै सुदुरपश्चिमका नागरिक भारत जान बाध्य छन् । समस्या समाधान तर्फ न स्थानीय सरकार, प्रदेश सरकार, न त केन्द्रले नै ध्यान दिएको छ । दैनिकी गुजारा गर्न कठिन भएका नागरिक समक्ष न त हिजोका सरकार र शासक पुगे न त आजका शासक पुग्न चाहान्छन् । गणतन्त्र जनताका लागि गाँण साबित भयो ।
देशमा दैनिक ज्यालादारी गरि बिहान कमाउँदै बेलुकाको छाक टार्ने कति रहेछन् भन्ने यथार्थ त वैदेशिक रोजगारीमा जान एयरपोर्टमा लागेको लामले नै प्रष्ट हुन्छ । विदेश पुगेका युवायुवतीले के कति हण्डर ठक्कर खाएका छन्, कति जेलमा सडेका छन्, तिनको सरकार कहाँ छ ः? अभिभावक कहाँ छ ?
संसारका राष्ट्रप्रमुखहरू दैनिक मिडियासामु उपस्थित भएर जनताका नाममा सम्बोधन गरेका छन् । कसरी नागरिक बचाउने भनेर दिनरात खटेका छन् हामीकहाँ खोइ ? जसरी पनि युवा निकसी गरेर रेमिटान्स ल्याएर भोज र मोज गर्नेतिरमात्र सरकारको ध्यान गएको छ । खाडीको कुरा छाडौं, भारत र नेपालको सिमानामा पारीबाट सरकार बिरूद्ध नाराजुलुस गर्न किन बाध्य भए नेपाली ?
जनताद्वारा निर्वाचित जनताकै छोराछोरीबाट गरिएको शासनमा त शासक र नागरिक बिच धेरै दुरी नहुनु पर्ने हो तर आज नेपालमा जनप्रतिनिधिहरू नयाँ बादशाहजस्तो सुबिधाभोगी किन बने ? यति धेरै गैह्र जिम्मेवार ?
जनताले धेरै आशा र भरोसाका साथ सरकारले तोकेको कर तिरेका छन् तर तिनै कर तिर्ने जनतामाथ थप शोषण, यस्तै हुन्छ गणतन्त्र ?
आखिर गरिबले कहिले महसुस गर्ने हो सरकार छ भनेर ?
नेताजीहरू, गन्तब्य भाषण मात्रै हैन काम हो जवाफदेहीता हो । दिन सधैं एकैनाश रहँदैन त्यसैले आफ्ना नागरिकले रक्षा, सुरक्षा र तिनले पाउनै पर्ने प्राथमिक अधिकारको विषयमा सोच । सरकार भएको अनुभूति नभए भोलि अर्कै प्रकारको आन्दोलन र विद्रोह हुनसक्छ । जनता सडकमै आए भने के होला, नहोला ?