सुरेशकुमार पाण्डे - - -
बैशाख १० गते अर्थात २२ अप्रेलमा देशव्यापी रूपमा नेकपा मसालले पार्टीको ७६औं हिरक जयन्ती र १५५ लेनिन जयन्ती मनायो । कामरेड लेनिन २२ अप्रेल सन १८७० मा रूसमा जन्मिएका हुन । नेपालमा कम्युनिष्ट पार्टीको गठन पनि सोहीदिन पारेर २००६ साल भारतको कलकत्ताको श्याम बजारमा ४ जना का.पुष्पलाल श्रेष्ठ, निरञ्जनगोबिन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायण विलास जोशीको उपस्थितीमा भएको थियो । नेपालमा २००७ सालको घटना पछि २००८सालमै कम्युनिष्ट विश्व पार्टीमाथि प्रतिबन्दनै लगाइयो ।
विश्व इतिहासमा कम्युनिष्टको सिद्धान्तलाई बर्गिय आन्दोलनले व्यबहारिक रूपमै विजय प्राप्त गरेको कार्ल मार्क्स र फ्रेडरिख ऐंगेल्सले १८४८ मा जन्माएको कम्युनिष्ट घोषणापत्रले पहिलो पटक व्यबहारमै पूर्णता पाएको हो ।
कामरेड लेनिनको नृतित्वमा रूसमा सन १९१७ मा महान अक्टुवर क्रान्ति सम्पन्न पारेर विश्वलाई चकित पारेका थिए । यो वेला संसारभरीका पुँजिवादीहरूको हृदयमा नै भुँईचालो आएको थियो । सामन्तवादी व्यबस्था र केरेङ्कसी पुँजिवादीहरूको राज्य सत्ता एकसाथ ढालेर लेनिनले रूसमा महान समाजवादी व्यबस्थाको सुरूवात गरेका थिए । पुँजिवादको बिकास भैसकेको देशमा समाजबादी क्रान्ति सम्पन्न गर्न कामरेड लेनिनको ठुलो योगदान रहेको छ । साथै जातिय लैंङ्गिय मुक्ति पनि यही समाजवादी व्यबस्थाबाट पुरा हुनसक्छ । पार्टीको अनुशासनमा रहेर जनवादी केन्द्रीयतामा अबिचलित रहेर नै क्रान्ति सम्पन्न हुनसक्छ भन्नेमा ढुक्कै हुनुपर्छ ।
जनवादी केन्द्रीयता भनेको के हो ?
कामरेड लेनिन् भन्छन् कुनैपनि क्रान्तिकारी पार्टीभित्र जनवादको स्वतन्त्रता हुन्छ । आआफ्नो ठाउँमा आफुलाई लागेको बिचार राख्ने सबैलाई अधिकार हुन्छ । तर निरणय भैसकेपछि बहुमतले पारित गरेको प्रस्ताबलाई सबैले कार्यन्वयन गर्नु नै यसको अनुशासन हो । अनुसाशनको बारेमा नैतिक्तामा सम्झौता हुँदैन । तर आज हाम्रो देशमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा आएको बिचलन र अराजकताले गर्दा कम्युनिष्टहरूको उदेश्य लक्षको बारेमा भ्रम सिर्जना भएको छ ।
अहिले कम्युनिष्ट भित्रको गुट फुट र कम्युनिष्ट लोगोंकै आडमा गरिएको लुट र अराजक गतिबिधीले जनतामा ठुलो भ्रम सिर्जना भएको छ । देशभित्र कुन कम्युनिष्ट हो र कुन गैर कम्युनिष्टहो त्यसबारे छुट्याउन अपठारो देखिन्छ ।
कम्युनिष्टका खोल ओडेर कम्युनिष्टमाथि प्रहार हुँदै आएको छ । जसलाई हामीले कम्युनिष्टको सिद्धान्तको गहन अध्ययन र देशको अबस्थाको मूल्याङ्कन गरेर मात्र छुट्टाउन सक्छौँ । हाम्रो अध्यायनमा र अहिलेको अवस्थामा निरन्तर यि र यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छन् ।
दुनियाँमा पहिलो पटक कम्युनिष्टको घोषणा पत्र र बिधानमा वर्ग शङ्घर्षको शंखघोष गरियो । “संसार भरिका मजदुरहरूको एकता र इन्कलाव जिन्दावादका ऐतिहासिक नारा त्यो कम्युनिष्ट घोषणापत्रमा उल्लेख छन् । यो पहिलो र ऐतिहासिक राजनीतिक आन्दोलन गरिब सर्वहारा सुकुम्वासीहरूको अर्थात गरिखाने वर्गको हकमा बनेको पहिलो वैज्ञानिक राजनैतिक आन्दोलन हो ।
गरिबहरू र जातिय लैङ्गिय असमानतालाई समूल रूपमा नष्ट गरेर समानता मूलक समाजको निर्माण गर्न कम्युनिष्ट पार्टीको स्थापना भएको हो । व्यक्तिगत लाभका लागि अहिले कम्युनिष्टको लोगों प्रयोग गर्दै आएका छन् । नेपालमा बाहिरबाट नियाल्दा कम्युनिष्टहरूको बहुमत देखिन्छ । अधिकांश कम्युनिष्ट बिचार बोकेका व्यक्ति संगठन पार्टी छन् । सरकारमा पनि कम्युनिष्टको बहुमत रहदै आएको देखिन्छ । तर उनिहरूले आफ्नै घोषणा पत्रमा उल्लेख भएका बिचारलाई लागु गर्न सक्दैनन् । राष्ट्रपति, प्रधानमन्त्री र कयौं मन्त्रीहरू भए र अहिले पनि छन् । किन जस्को जोत उसैको पोत लागु हुंदैन ? किन संसदबाट नौलो जनवादी व्यबस्थाको घोषणा हुनसक्दैन ? किन जातिय मुक्ति हुनसकेको छै न ?किन महिंलाहरूमाथि अभद्र व्यबहार गरिन्छ ? देशमा भ्रष्टाचार, महंगी बलात्कार जस्ता जघन्य अपराधहरू बढेका छन् ? कम्युनिष्टहरू आफैले किन तस्करी गर्छन् ? किन भूमाफियामा र सहकारी घोटालामा परेकाहरूको बुइचढेर हिंडेका छन् ? यि र यावत विषयहरू अहिले जनताको यक्ष प्रश्न बनेर उठेका छन् ।
सर्वहाराको नेतृत्वकर्ताहरू धनकुवेर बन्न किन खोजिरहेकाछन् ?
वास्तबमा देशभित्र जसलाई जनताले कम्युनिष्ट भनेर आफ्नो अमूल्य मत र साथ सहयोग दिंदै आएकाछन्, ति कम्युनिष्टको नाममा पुंजिवादको दालाली गरेर सरकारमा आसिन हुंदै आएका छन् । हाम्रो देशमा मात्र नभइ दुनियाँ भरिमा कम्युनिष्टको जरा काट्न स्वयम कम्युनिष्टका खोल ओडेका अवसरवादी संशोधनवादी शक्तिहरूको बद्मासीले गर्दा पार्टी रक्षात्मक अबस्थामा पुगेको छ ।
सबैभन्दा पहिले देशको झण्डा उठाएर देशको रक्षाका लागि जुनसुकै अवस्थामा पनि अगाडी सर्नु आजको आवस्यकता हो । राजनीति गर्नु भनेकै पहिलो देशको लागि अनि दोस्रो बहुसंख्यक जनताको लागि हो ।
उहि तरवार दुश्मनको हातमा पुग्यो भने मित्रको गर्धनमा पुग्छ । उहि तरवार मित्रको हातमा पुगेपछि दुश्मनको घांटी शेरदिन्छ । रूसमा कामरेड लेनिन् र स्टालिनको हातमा तरवार अथवा सरकार रहँदा सम्म समाजवादी व्यबस्थाको पक्षमा लगातार दुश्मनलाई पराजय गराए । श्रमजिवि जनताको हितमा लगातार सङ्घर्ष भयो । तर पछि ख्रुश्चेवको हातमा त्यही तरवार पुगेपछि उसैले समाजवादी व्यबस्थाको जरा काट्न थाल्यो । इतिहास यही हो, सत्य यही हो ।
दुनियाँभरिको इतिहासमा यही सत्य हो । चाहे त्यो चीनको वा भियतनामको ल्यालटिन अमेरिका वा जहां पनि समाजवादीहरूको व्यापक चलखेल हुन्छ । त्यहां प्रतिकृयावादीहरूले आ आफ्ना एजेन्ट पठाएर त्यहांको कम्युनिष्ट आन्दोलनलाई सखाफ पार्ने योजना बनाएको हुन्छ । हाम्रो देशमा पनि जहाँ अधिकास जनताले कम्युनिष्ट व्यबस्था चाहेका छन् । तर प्रतिकृयावादी शक्तिले तिनै कम्युनिष्ट भनौंदाहरूलाई आर्थिक लाभ, सत्ता र भत्ताको लोभ र पद प्रतिष्ठाको लोभमा उल्झाएर उनैको हातबाट कम्युनिष्टमाथि लगातार प्रहार गर्दै आएको छ । सिद्धान्तलाई जोगाऊँ र राष्ट्रिय हितमा एकताको लागि सबैले साथ सहयोग गरौं ।