Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

भावि पुस्तालाई यही हो लोकतन्त्र ?

१२ बुधबार , बैशाख २०८१११ दिन अगाडि

भावि पुस्तालाई यही हो लोकतन्त्र ?

काठमाडौं । लोकतन्त्र कुरूप र बेरूप भइसक्यो । नयाँ नेपाल बनाउनेले भएको नेपाललाई पनि साबुत राख्न सकेनन् ।
देशभित्र विदेशी चलखेल, देशका युवा विदेश पलायन । जनप्रतिनिधि भ्रष्टाचार र अपराधिकरण हुनाले राजनीतिप्रति जनताको बढ्दो अविश्वास ।
बिगत बिग्रियो, वर्तमान झन बिग्रियो, आशा म¥यो । देश जिवन्त बन्न सकेन । भावि पुस्ताको भाग्य र भविष्य अन्धकार हुँदैछ । अर्थात देशको भाग्य र भविष्य अनिश्चत बन्दैछ । देशको सार्वभौमिकता साँघुरिदा अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा हुन पुगेको छ । समाज बदल्ने राजनीति बिकृत हुँदा सामाजिक रूपान्तरणले कुनै नेटो छिचोल्न सकेन । बरदान बनेर आएको लोकतन्त्र लोकका लागि सराप बन्नपुग्यो । परिवर्तनकारी व्यक्ति र शक्तिहरूले जनता र देशप्रति जवाफदेही हुनुपर्ने कि नपर्ने ?
चेतना रहोस्, आउँदो दिनमा वर्तमान नेतृत्वले महगो मूल्य चुकाउनु नपरोस् ।