Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बाइसधारा नुहाउने पर्व

१२ बुधबार , बैशाख २०८१७ महिना अगाडि

बाइसधारा नुहाउने पर्व

काठमाडौं । वैशाख ११ गते (ल्हुति पुन्हि) अर्थात् बालाजुस्थित बाइसधारा नुहाउने र पुण्य कमाउने दिन ।
बालाजु बाइसधारा उद्यानमा छ २२ धारा, ठूलो मेला लाग्छ । प्रत्येक वर्ष चैत शुक्ल  चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका विशेषगरी तामाङ समुदायका भक्तजनले सो धारामा स्नान गर्न जाने परम्परा रहेको छ । यद्यपि सबै जातिका समुदाय बाइसधारा नुहाउन जाने गर्छन् ।
जो सक्छन्, उीहरू बाइसधारा स्नान गरेपछि नागार्जुनस्थित जामाचोमा दर्शन गर्छन् । स्वयम्भु चैत्यमा पूजा गर्छन् । धेरैले बालाजु बाइसधारा स्नानपछि स्वयम्भूमा पूजा गर्छन् र तेमाल जात्रा समापन गर्छन् । जामाचोमा सर्वसाधारणका लागि नेपाली सेनाले रानीवनको चेकपोष्ट आजैका दिनमात्र खुल्ला गर्छ ।
जामाचो मन्दिर जाने मार्गमा घना जंगल पर्छ । जामाचोको ३५ मिटर तल गुफामा बुद्धको ध्यानमूद्राको मूर्ति रहेको छ । यो मन्दिर स्वदेशीमात्र होइन, पर्यटकको चासोको क्षेत्र पनि हो । सेनाले मोटरबाटो बनाए पनि बाइसधारा नुहाएपछि छोटो जंगलबाटो समूहगत रूपमा हिडेर जाने गर्छन् धेरै । 
बाइसधारा नुहाउने परम्पराको थालनी ?
सत्ययुगको समय, विपश्वी बुद्धले उपत्यकाको दहमा कमलको फूल रोपेपछि त्यहीँबाट स्वयम्भू ज्योतिको उत्पत्ति भएको बौद्ध धार्मिक विश्वास रहेको छ । त्यही विश्वासका आधारमा चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा आफ्ना दिवंगत पितृको उद्धारका लागि पितृकै नाममा बत्ती बाल्ने परम्परा सुरू भएको बताइन्छ । बिक्रम संवत १८१९ मा राजा रिञ्जिन दोर्जे बलले यो जात्रालाई राजकीय मान्यता दिएपछि जात्रा मनाउन र तेमाल नामाकरण गरिएको हो ।
उपत्यकामा तामाङ बस्ती रहेका काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानुपर, ललितपुरलगायत विभिन्न स्थानबाट तामाङ समुदाय सबै काम छाडेर यो पितृउद्धार र पुण्य कमाउन बाइसधारा जात्रामा नाचगानसहित सहभागी हुने गरेका छन् । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा दियो बाले पितृको उद्धार हुने मत रहेको छ ।
तामाङ गुरूका अनुसार कात्तिक शुक्ल पूर्णिमामा काभ्रेको नमोबुद्ध, मार्ग शुक्ल पूर्णिमामा काभ्रेकै धनेश्वर र चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा तेमाल जात्रा लाग्छ र यी तिनै क्षेत्रमा लाग्ने तेमाजा जात्राका वीच सम्बन्ध रहेको छ ।
नेपाल १ सय २६ जातिको अनेकतामा एकता रहेको मुलुक । जातीय एकता अनुपम छ । जात्रा, पर्व, धर्म संस्कृतिका विश्वमै अलग परम्परा नेपालमा रहेका कारणले पनि नेपाल विश्वको आकर्षण केन्द्र बनेको छ । यो अलग पहिचानलाई पर्यटकीय आकर्षण बनाउन सकिएको छैन ।