देवी काफ्ले - - -
महिला हिंसाका रूप अनेक छन् । लैंगिक,जातिय, वर्गिय अनि सामाजिक हिंसा । आजको शताब्दीमा पनि हिंसा बढ्दो छ तर न्याय पिडितको पहुंच भन्दा बाहिर छ । आखिर किन त ? समाजमा नारीलाई दुई प्रकारले हेरिन्छ । १. पुरूषको समकक्षी २. पुरूष भन्दा निम्न दर्जाको ।
पहिलो नजरले हेर्नेले नारी पुरूष समान हुन् । समान अधिकार प्राप्त हुनुपर्छ भन्ने तर्क गर्छन् भने दोस्रो नजरले हेर्नेले नारी पुरूष ब्याहित जात हुन् । पुरूषको अधीन भन्दा माथि जानु हुदैन ,नारी घरपरिवारको जिम्मेवारी सम्हाल्ने लोग्नेको सेवा गर्ने हो भनेर तर्क गर्छन् ।
तर केही समय यता महिलाप्रति हामी सबैको सोच र दृष्टिकोणमा गजबको सकारात्मक परिवर्तन आएको छ । तर यसको मतलव यो होईन कि महिला र पुरूष बराबर समानतामा पुगेका छन् । केही मात्रामा मात्रै भयको सुधारात्मक भयको सोंच हो । समानताको यो लडाईं अझै लामो समय सम्म चल्नु पर्छ ।
दुनियाको धेरै देशहरूमा आज पनि महिलाहरू आफ्नो हक र अधिकारका लागि लडिरहेका छन् । यस मध्ये हाम्रो देश नेपाल पनि एक हो ।महिला अधिकारका लागि दश कदम अगाडि पुगेको दिन्छ तर हाम्रो देशका अधिकांश महिलाहरूलाई आफ्नो हक अधिकारको बिषयमा सहि ज्ञान नै छैन । आफ्नो हक अधिकारको बिषयमा पुर्ण जानकारी हुनुपर्नेमा केही अंश पनि थाहा छैन यस्तो अवस्थामा कसरी हिंसाको प्रतिकार गर्न सक्छन् ?
हो अहिले देशका कतिपय उच्च तहमा केही महिलाहरू पुगेका छन् भने केहिलाई पु¥याएको छ । उनै उच्च तहमा पुगेका केही प्रतिशत महिलाहरूलाई हेरेर यहाँ अधिकार प्रत्याभूत भयको परिभाषा गरिन्छ । भौगोलिक परिवेश, परम्परागत प्रचलन,अशिक्षा,गरिबी का कारण ती अवसर नपाएका महिलालाई पनि अधिकार पायर अधिकारको प्रयोग गर्न नजानेका वा बढि अधिकार पायर सम्हाल्न नसकेका भनेर आक्षेप पनि लगाउंछन् । समाजमा अनेक थरी महिला हिंसाका घटना हुन्छन् र तिनको प्रतिकार गर्न महिलाले सक्दैन । नसक्नुको एउटा मुख्य कारण हो आफ्नो अधिकारको बिषयमा जानकारी नहुनु । अर्को कारण हो समाजमा महिलालाई ईज्जतको ठेकेदार बनाईन र अर्को मुख्य कारण यहाँ पिडितले न्याय पाउन ढिलासुस्ती र कानूनी प्रक्रिया ।
हाम्रो देशका अधिकांश महिला अशिक्षित छन् । सरकारले प्रौढ शिक्षाको माध्यामबाट महिला साक्षरताको प्रतिशत बढाएता पनि सहज पुस्तक पढ्न सक्ने महिला ग्रामिण तथा बिकट भूगोलमा धेरै छन् । जसले हस्ताक्षर गर्न जानेता पनि पढ्न र अर्थ बुझ्न सक्दैनन् र उनीहरूलाई दैनिकी गुजारा चलाउने जिम्मेवारी भयकोले पढ्न भ्याउदैनन् । अझ संविधानका किताब पढ्नु बुझ्नु त धेरै परको कुरा हो । अनि उनिहरू आफ्नो अधिकारको प्रयोग गर्न सक्दैनन् ।
हाम्रो समाजमा महिला र पुरूषसंग सम्बन्धित घटना घट्नासाथ ईज्जतको टीका थोपरिन्छ महिलाको निधारमा । महिलालाई बलात्कार ,बलात्कारको प्रयास,घरेलु हिंसा,सामाजिक हिंसा जुनसुकै हिंसामा पनि इज्जत गुम्ने डर र समाजले हेर्ने फरक दृष्टिकोणका कारण खुलेर न्याय माग्न कठिन छ ।
यदि पिडित महिलाले न्यायको लागि कानुन या पुलिसको दैलामा पुग्छन भने उनलाई अझ बढि बेईज्जत र पटकपटक थप हिंसा गरिन्छ । अर्थात त्यहाँ सबुत प्रमाण भन्दै पिडित महिलासंग पटकपटक शाब्दि हिंसा गरिन्छ । बलात्कार भयको महिला छिन् भने प्रहरीलाई जवाफ दिनु पर्छ कि कहाँ, कतिबेला,कसरी, किन, कति जनाबाट, कुन अवस्थामा अनि बिरोध किन गरिनस् ? अब यी प्रश्नको जवाफ दिंदा दिंदा महिला अर्को पल्ट त्यहि बलात्कार भैसकेकी हुन्छिन् । अनि अपराध पुष्टि भैहाल्यो भने पनि पिडकसंग पैसाको कारोबार गरि न्याय निष्पक्ष हुदैन त्यसैले पनि महिलाहरू हिंसा भय पनि सहेर बस्ने तर झमेला नबेहोर्ने तिर लाग्छन् । अनि हिंसा घट्नुको सट्टा बढ्दै जान्छ ।
कमसेकम पनि हरेक महिलालाई महिलाका मौलिक हक अधिकारको बिषयमा जानकारी हुनुपर्छ । आजको समयमा जो हिंसामा परेको हुन्छ उसलाई कानूनी उपचार लिन सहज होस् ।रूमहिलाको हक धारा ३८ मा उल्लेख छ भनेर परिभाषित गरेको कुरा या संविधानको कुन धारा,कति दफामा उल्लेख छ भन्ने कुरासम्मको जानकारी भय पनि हरेक गाउंका हरेक महिलालाई कानूनी उपचार लिन कठिनाई कम हुन्थ्यो कि ?
यसका लागि स्थानीय निकायको भूमिका अहम् रहन्छ । सबै हिंसा पिडित महिलाले न्याय पाउनका लागि गाउँ गाउंमा जनचेतना जगाउनु जरूरी छ । आज पनि महिला समाज, जात, लिंगका आधारमा हिंसामा जलिरहेका छन् । हिंसा पिडितलाई न्यायको लागि महिलालाई मौलिक अधिकारको जानकारी दिऔं ।