Advertisement Banner
Advertisement Banner

०२ आइतबार, बैशाख २०८१4th April 2024, 11:53:07 am

समाज सुधार्ने कसले ?

२१ बुधबार , चैत्र २०८०११ दिन अगाडि

समाज सुधार्ने कसले ?

सुरेशकुमार पाण्डे - - -
ज–जसले राम्रो शिक्षा दिन्छन् लिनुपर्छ तर शिक्षा दिनु एउटा कुरा हो शिक्षा दिनेहरूका आ–आफ्नै कला हुन्छन् । दिएको शिक्षालाई व्यवहारमा ढाल्नु आर्को कुरा ।
त्यो भन्दा पनि महत्वपूर्ण बिषय भनेको शिक्षा दिने उदेश्यलाई बुझ्नु पर्छ ।आखिर प्रशिक्षकले हाम्रो समाजलाई कुन दिशामा डोराउने प्रयत्न गर्दैछ ।
सदियौं देखि आध्यात्मवादीहरूले शिक्षा दिंदै आएकाछन् । दन्तेकथाहरू सुनाउँदै आएकाछन् । भजन कृतन गर्दै आएका छन् तर देश र जनताको कति त्यो बाट फाइदा भयो ? त्यो प्रमुख कुरा हो । यो चराचर जगतको बारेमा उनिहरूले गर्दै आएको भविष्यबाणीलाई जब भौतिक विज्ञानले गलत सावित गर्यो । सिद्धान्तलाई फेल गर्दै आयो उनिहरूले नयाँ रूप धारण गर्न सुरू गरेका छन् । त्यो हो व्यवहारिक पक्ष ।
अहिले उनिहरूका बिचार जति सकारत्मक देखिन्छन् त्यो भित्रको सच्चाई भनेको मृत शास्त्रलाई पूनर्जिवित गर्नु नै हो तरपनि केही घन्टाको प्रशिक्षणमा थुप्रै व्यवहारिकता र जिवन उपयोगि टिप्शहरू दिन्छन् । त्यसलाई नकारात्मक भन्न मिल्दैन । सानै देखि यस्तो प्रशिक्षण दिनेहो भने शान्ती समाज बन्छ होला । वास्तवमा नसा मुक्ति समाज आजको आवस्याकता पनि हो । त्यसकारण उनिहरूले दिएको पाठ शिक्षा राम्रो भन्न सकिन्छ जसले समाजमा रहेका खराब लतहरू छुडाउन प्रयत्न गर्छन् तर दुर दृष्टिले हेर्दा उनिहरूको योजना भौतिक विज्ञानको बिरूद्धमा नै लक्षित छ । विज्ञानले खोतल्छ उनिहरूले पुरेका हुन्छन् ।
विज्ञानले मृत्युपछिको दुनिया कल्पना मात्र हो भनेर भन्छन् तर आध्यात्मवादीहरूले मृत्यु पछिको स्वर्गका चमत्कारीका कुरा गर्छन् । सवाल केहो भने हाम्रो समाज अहिलेपनि रूढिवादी र चमत्कारमा विश्वास गर्ने खालको छ । त्यसैले उनिहरूले दिएको शिक्षा छिट्टै मनन् हुनसक्छ । यही कुरा भौतिकवादीहरूले भन्दै आएका छन् प्रशिक्षण दिंदै आएका छन तर व्यवहारमा त्यो लागुहुन सकेको देखिदैन् । कार्लमार्क्सले धर्मलाई अफिमको नसा त्यत्तिकै भनेका होइनन् । पाप, धर्म पूनर्जनम, मानिसको मनष्पटलमा घर जमाएको छ । समाजले अहिलेको घटनालाई पूर्व जन्मको फल र वर्तमानमा गरेको परोपकारले पुनर्जन्ममा फाइदा हुने बताएर भ्रमित पारेका छन् तर विज्ञानले त्यसको सत्यता खोतल्दै समाजलाई बाटो देखाउँदै आएको छ ।
भौतिकवादी दर्शनले बस्तु प्रधान हुन्छ भन्छ । मानिसको दिमाख पनि बस्तुलाई देखेपछि परिस्कृत हुन्छ तर अध्यात्मवादी दर्शनले कल्पनाको सुखी संसार देखाएर मानिसलाई मख्ख पार्दै इस्वरीय गुणगान गरेका हुन्छन् ।
मरेको मानिसलाई स्वर्गमा पठाउने कथित पुरोहितहरूले दावा गर्छन् । नर्कमा गएकोलाई उम्लेको तेलमा हालेर झानेको बताउँछन् । डराउन दिएर जनतामा भ्रम सिर्जित गरेर मरेपछि स्वर्ग पुराउने भन्दै आर्थिक सङ्कलन गर्ने र आफु जिउँदै स्वर्गमा बस्ने उनिहरूको चाल हुन्छ । विज्ञानले त्यो पाखण्डपन भन्छ ।
यसरी अहिलेपनि हामि विज्ञान र आध्यात्मवाद बिचको गम्भिर लडाइमा छौँ । जनताले अहिलेपनि कतै आर्को जन्म आउँछ की भनेर आस गरिरहेको अबस्थामा कतै हुँदैन आर्को जन्म भनेर भनिदिंदा उनिहरूलाई त्यो कुरा पच्दैन । यही भएर उनिहरूले अप्नाउँदै आएको कतिपय कुसँस्कार कुरिती गलत हो भनेर जान्दाजान्दै पनि उनिहरूले त्यो छाड्न सकेका हुँदैनन् वा छाड्न चाहाँदैनन् ।
शान्ती सबैलाई राम्रो लाग्ने मध्यको शब्द हो । सबैले चाहाने सदाबाहार शब्दको नाम नै शान्ति हो तर यो चराचर जगतमा जसरी उथलपुथल भएको छ । अहिले सबैका हातमा मोबाइल छन्, ठुला ठुला पर्वत तोडेर बाटो बनेको छ । थुप्रै प्रकृती समाजमा खोजविन भएको छ । के यो शान्तिले सम्भव भएको हो त ?
कपडा देख ठुला ठुला बमहरू, रकेटहरूको पत्ता लगाउँदा थुप्रै मानवहरूले आफ्नो त्याग शङ्घर्ष र बलीदान दिएर निर्माण हुनसकेका बस्तुहरू हाम्रो हातमा छन् । ऊँ शान्ति तपस्या गरेर मात्र पक्कै पनि कुनै बस्तुको आविस्कार हुन सक्दैन ।
इतिहासमा फर्केर हेर्दा गैललियो,कोपर्निकस, न्यूटन, डालविन आदीको जिवन प्रष्टरूपमा शङ्घर्षमय थियो । भौतिकवादले पानी कसरी बन्यो भनेर खोजविन गर्न ठुलो शङ्घर्ष गर्छ तर आध्यात्मवादीहरूले जस्तो शिवको चुल्ठाबाट पानी आएको कथा सुनाएर ढुक्क बस्दैन । पृथ्वी घुम्नेबाट लिएर गुरूत्वकाषणको सिद्धान्त भौतिक विज्ञानबाट पत्ता लागेको हो । मानिसको जीवन खोजविनका लागि हुन्छ । शान्ति त्यहीभित्रको तत्व हो । आवश्यकताको परिपूर्ति भयो भने सान्तिको जन्म पनि हुन्छ । कुनै एकजनाको सुख्ख शान्ति होइन भौतिकवादीहरूले बहुसंख्याक मानवहरूको शान्ति र उनिहरूको उज्वल भविश्यको लागि काम गर्दै आएका छन् ।
हाम्रो देश पनि अहिलेको अवस्थामा यिनै दुइटा दर्शनहरू सँग आपसमा प्रतिस्प्रधा गरिरहेको अबस्था छ र निरन्तर चलिरहने छ ।
हाम्रो समाज कस्तो छ भने एकातिर त्यो पासाण युगका कयौं अवशेषहरू आफ्नो व्यवहारबाट हटाउन सकिरहेको छैन । विकासको लागि बली चडाउने युगको अवशेष अहिले पनि प्रयोगवादी बनेको छ । कुल पुजाको नाममा पशुको बली दिने परम्पराबाट अँझैपनि हाम्रो समाज मुक्त भएको छैन् । परम्पराको बहाना बनाएर त्यो कुरितीलाई छोड्नै चाहाँदैन । यदाकदा कसैले छोड्ने दुस्साहस गरिहाल्यो भने समाजले उस्को खैरो खन्छ । अनि विकास कसरी हुन्छ ? शान्ति कायम हुन्छ ?
चियाको पसलमा रक्सी बढी बिक्छ, कसैले त आफ्नो कुल पूजामा रक्सि नै नभई हुँदैन । यस्तो जङ्गली समाजलाई आध्यात्मवादीहरूले चिल्ला कुरा गरेर आफुतिर तान्न नसक्ने त कुरानै भएन । बस्तुबाट दिमाखको विकास हुन्छ ।
समाजमा रहेका कुसंस्कारका अबशेषहरूबाट समाज ग्रसित छ देश घायल छ । तरपनि त्यो छाड्न नसकेको अवस्था हाम्रो समाजमा छ । दुध किन्दा कसको घरको दुध हो भनेर छानविन गरेर दुध लिन्छन् ।तर रक्सि जाँड बिएर,कसले बनाएको हो कुन जातले बिक्रि गर्छ त्यो सँग कसैलाई सरोकार हुँदैन ।
दलितहरूले भैंशी नै पाल्न छाडे, डेरी गर्न सक्दैनन् किन की दुध विक्री हुँदैन् ।
समाजमा अँझैपनि छुवाछुत, झाँक्री र बोक्सी जस्तै कुरिती मात्र होइन । महिनावारी जस्तो सम्वेदनसिल अवस्थामा छाउगोठ बनाएर बसाल्ने चलन अहिले पनि छ । अहिले तराईमा बिस्तारै दहेजको बिमारीको बिकास हुँदै झाङ्गिदै छ । यसमा पुरूषहरू मात्र सलङ्गन छैनन् स्वयम महिलाहरूपनि भागिदार हुन्छन् ।
अन्याय अत्याचारको बिरोध गर्न नसकेका असाय र कम्जोर व्यक्तिहरूको अन्तिम आसा भनेको उनिहरूले देख्दै नदेखेको काल्पनिक देवता हुन्छ । त्यसैको फाइदा उठाएर आध्यात्मकवादीहरूले चमत्कारका कुरा फैलाउन सफल छन् ।
शिक्षा जसले दिएपनि राम्रो कुरा हो । हामीले शिक्षित् समाजको निर्माण गर्नु छ । त्यो शिक्षा देश र जनताको हितमा हुनुपर्छ । मात्र ऊँ शान्तिको मन्त्र जपेर शान्ति सुव्यवस्थाको जन्म हुनसक्दैन । सबै देशभित्र बसेका जनताको हित भएपछि, उनिहरू सबैले मानो र छानो पाएपछि देशभित्र शान्ति सुव्यवस्थाको जन्म हुनेछ । कुसंस्कारको बिरूद्धमा ठुलो सङ्घर्ष गर्नुपर्ने हुन्छ । त्यही शान्तिका लागि आमूल परिवर्तनको खाँचो छ । देशमा भुरे टाकुरेहरूले राजगरेको जस्तो अवस्था सिर्जित भएको छ । आयश्रोत छैन, खर्च बढेको छ । हिंशाको कारण यही हो ।
अहिलेको व्यवस्था सान्ति तर्फ होइन गृहयुद्ध तिर अन्मुख देखिन्छ । देशभित्र जति अन्याय अत्याचार महंगी अपराध जञ्य व्यवहार हुन्छ । त्यो समाजलाई बिस्फोट गराउँने आधार नै हुन्छ । शान्ति सुव्यवस्थाका लागि तमाम कुसंस्कार, कुरितीहरूको समूल नष्ट हुन नितान्त आबस्याकता छ । यो कार्याका लागि तमाम देशभित्रका नागरिकहरूको उत्तिकै जिम्मा हुन्छ । सबैमा चेतना होस् ।