Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

Image

जेमन्त गर्न छुट हुने पद्धति यो

शाश्वत शर्मा

१३ मंगलबार , चैत्र २०८०२ महिना अगाडि

जेमन्त गर्न छुट हुने पद्धति यो

सय करोड शराव घोटाला काण्डमा दिल्लकिा मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परे, ६ दिनको रिमान्डमा छन् । केजरीवाल जसको उदय नै भ्रष्टाचार अभियन्ता अन्ना हजारेसँगको आन्दोलनबाट भएको थिो । सामाजिक सुधार, आर्थिक सुशासनलगायत लोकपाल बिलका लागि हजारे र केजरीवाल खुब लागे । त्यसैको फलस्वरूप केजरीवालले आमआदमी पार्टि गठन गर्दै नयाँ राजनीतिक शक्तिका रूपमा उदाए । दिल्ली पञ्जाव राज्यमा यो पार्टीको सरकार छ, देशैभरि चर्चामा पनि छ । आफ्ना शासनमा लोकप्रिय रहेका केजरीवाल रूप र चरित्रको अर्को पाटो पनि रहेछ भन्ने अहिले पत्ता लाग्यो । गोवा राज्यको चुनावमा खर्च गर्नका लागि रक्सीको ठेका वितरणमा भ्रष्टाचार गरेका भनिएका केजरीवाल र उनका पहिलेका दुई मन्त्री अहिले पनि जेलमै छन् । उनीहरू चुनाव हराउन प्रम नरेन्द्र मोदीको षडयन्त्र भनिरहेका छन् । तर प्रहरीले शराव घोटाला काण्डको माष्टर माइन्ड नै केजरीवाल भनेर अदालतमा प्रमाण पेश गरिदियो । विश्वकै सबैभन्दा ठूलो भनिएको भारतीय ७५ वर्षको लोकतन्त्रको इतिहासमा बहालवाल मुख्यमन्त्री नै पक्राउ परेको यो पहिलो घटना हो । चुनाव अघि केजरीवाल घटना ठूलो घटनाका रूपमा सार्वजनिक भएको छ ।
नेपालमा, अख्तियारमा बयान दिन मन्त्रीको ागडीमा झण्डा हल्लाउँदै पुग्छन्, प्रहरी घरघरमै पुगेर बयान लिएजस्तो गर्छ र छाडिन्छ । प्रभावशालीहरू साधारण तारेखमा छुट्छन्, जेल जानुपर्छ भनेर बिरामीको बहाना बनाएर अस्पताललाई नै खोर बनाइदिन्छन् । भ्रष्टाचार गर्न तलदेखि माथिसम्म सकृय हुन्छन्, कसैमाथि कारवाही हुन्न, कारवाही गरेजस्तो नाटक बढी गरिन्छ । कानुन छ, कानुनको अपव्याख्या गरिन्छ, अदालतलाई राजनीतिकरण गरिन्छ । प्रधानमन्त्री अपराधीलाई आममाफी दिन सिफारिस गर्छन्, राष्ट्रपति माफी दिन्छन्, त्यो अपराधी छुट्नासाथ अपराध गर्छ, कसैले जिम्मेवारी लिदैनन् । यस्तो देशमा केको विधिको शासन, कसको भरोसा गर्ने ?
०४६ साल अघि पञ्चेले देश लुटे बोल्न दिएनन् भन्नेहरू यिनै हुन् । त्यसपछिका ३४ वर्षमा बोल्न छुट छ, लुट्नेमात्र होइन, देशको बर्बादी गर्ने यिनै भएका छन् । थामथुम पार्न ०६३ सालको जनआन्दोलन भयो, बहुदललाई लोकतन्त्र भनियो । ठूलै प्रगति गर्ने भन्ने हुंकार गर्दै हिन्दु धर्म र राजतन्त्रलाई किनारा लगाइयो । त्यसपछि जे भयो, देशको बर्बादीमात्र भएको छ । राज्य दोहन र भ्रष्टाचारका महाभारत नै भइरहेका छन्, जसले बिरोध गर्छ, तिनको खैर हुँदैन । लुट्नेहरू आलोपालो सरकार चलाउँछन् र लुटिरहेका छन् । जनताको आँखामा भ्रम छर्ने र बेबकुफ बनाउने राजनीतिक प्रतिस्पर्धा नै छ । दिल्लीका केजरीवालले जनतालाई सेवा पनि दिएका छन्, शराव घोटाला काण्ड पनि मच्चाएका छन्, नेपालमा त जनताको हक खासेर खाने र घोटालामाथि घोटाला गर्ने भ्रष्ट अनैतिकहरूको राजनीतिक भीडम भीड नै देखिन्छ । पञ्चायतको बिरोध गरियो, बहुदल आयो । बहुदल भएन भनेर लोकतन्त्र ल्याइयो । ३४ वर्ष भ्रष्टाचारको कालरात्रि हो । यी नेताहरूले जनतालाई आफ्नो सक्कली भ्रष्ट अनुहार लुकाएर सफा देखिने मुखण्डो अनुहारमात्र देखाएका छन् । जनयुद्धकारी माओवादीको सर्वहाराबादी अनुहार, कांग्रेसको प्रजातन्त्र र समाजवादी अनुहार, एमालेको बहुदलीय जनवादी अनुहार, अरू भुरे टाकुरे पार्टीहरूको संवैधानिक राजतन्त्र, मधेशवादी, लोकतन्त्रवादी अनुहार सबै जनताले देखे । तर यी सबै पार्टीका ठूला नेताहरू भ्रष्टाचारमा डामिएका छन्, राजनीतिक रूपमा स्वस्थ र चरित्रका रूपमा स्वच्छ एकजना पनि नेता पाउन सकिन्न । यिनै शासनमा छन्, यिनै शक्तिमा छन्, यिनै संसद र नीतिनिर्माता बनेका छन् । यिनलाई कसले कारवाही गर्ने ? यसको मूल कारण आमनागरिक पानीमरूवा भएर हो, बिद्रोह गर्न नसकेर हो । जनताले हरेक काण्डको दण्ड दिनसकेको द्धभए संविधानले काम गर्नेथियो । आफै धामी आफै झाँक्री बन्ने छुट पाएकाले नै नेताहरूले राष्ट्रमा भारजूवा खाल चलाउन पाएका हुन् ।
पञ्चभन्दा कांग्रेस, कम्युनिष्टले गर्छन् कि भन्ने आशा थियो, म¥यो । यीभन्दा जनयुद्धकारीले पो गर्छन् कि भन्ने भरोसा थियो, त्यो पनि टुट्यो । साना भए पनि नयाँ नयाँ पार्टीका युवाहरूले गर्छन् कि भन्ने आशा थियो, त्यो पनि भरलाग्दो देखिदैन किनकि नयाँ र युवाहरूका पनि अनेक काण्डहरू प्रचारमा आइरहेका छन् । प्रजातन्त्रवादी, समाजवादी, सर्वहारावादी सबैका परिवार नै भ्रष्टाचारमा डामिन पुगेका छन् । यो कस्तो व्यवस्था हो, जसले नेताहरू र तिनका परिवारलाई मात्र हेर्छ, संरक्षण गर्छ र गैरसंवैधानिक, गैरन्यायिक हुन प्रेरित गरिरहेकै छ । जनताले बोल्न पाएका छन्, बोल्न पाउनुमात्र लोकतन्त्र हो ? बोल्न पाइएको छ भनेर जनतालाई कहिलेसम्म मूर्ख बनाइरहन सक्लान् यिनले ? अब पनि जनता सुतिरहने, सहिरहने, बिद्रोह नगर्ने त ?