Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

अभिनयमा जम्न अमेरिकालाई गुडबाई

१५ मंगलबार , फाल्गुण २०८०५ महिना अगाडि

अभिनयमा जम्न अमेरिकालाई गुडबाई

नरेन्द्र रौले– - -  
कलाकार सुवास रसाली आम युवा भन्दा फरक देखिन्छन् । अमेरिकालाई नै आफ्नो सपना र भविष्य बनाउँदै बिदेसिनेको लर्को बढेदो छ । तर, त्यो भिडमा फरक देखिन्छन्, सुवास । उनी अमेरिकालाई गुड् बाई गरेर फर्किए । 
‘म जे मा खुसी हुन्छु, त्यो काम गर्छु ।’ हालै काठमाडौँमा भेटिएका सुवासले भने, मलाई स्कुलदेखी नै डान्स र आर्टमा रूची थियो ।’ सुवास कलाकारितामा यसरी डुबे कि बाँकी सबै भुलिदिए । कलाकारितामा उनी सौर्य नामले चिनिन्छन् । नेपालदेखी बलिउडसम्मको उनको यात्रा रोचक र संघर्षपूर्ण छ । 
नवलपरासीको अरूणखोलामा जन्मिएका सुवासले अरूणखोला इंगलिस बोर्डिङ स्कुलबाट एसएलसी उत्र्तिण गरे । लैनचौरको निस्ट नेशनल स्कुल अफ साइन्सेजबाट आईएस्सी पूरा गरे । उच्च शिक्षा अध्ययनका लागि सुवास सन् २००६ मा अमेरिका उडे । भर्जिनिया इन्टरनेश्नल युनिभर्सिटिमा बिबिए अध्ययन गरे । त्यसको चार वर्षपछि बीचमा घुम्नका लागि अमेरिकाबाट भारत फर्के । त्यही समयमा मुम्बईस्थित किशोर नमितको कपुर एक्टिङमा ६ महिनाको विशेष डिप्लोमा कोर्षमा भर्ना भए । बरून धवन र अर्जुन कपुर उनका सिनियर थिए । अतुर माथुर जस्ता नामी व्यक्तिले उनलाई पढाए । नायिका शिबाङ्गिनि राणा पनि उनकी सहपाठी हुन् । दैनिक सैद्धान्तिक र प्रयोगात्मक कक्षा लिएपछि उनको बुझाईको दायरा अझ फराकिलो भयो । 
एक्टिङ कोर्षपछि सुवासले बैंक र फर्निचरको विज्ञापनमा खेलेपछि उनलाई अनुभब मिल्यो । सिक्नका लागि सुवास कहिल्यै पनि पछि हट्दैनन् । सन् २०११ मा फेरी उनी अमेरिका उडे । वासिङटन डिसीस्थित द थियटर ल्याबमा ६ महिने कोर्ष गरे । त्यहाँ बस्दा उनले महशुष गरे– जीवन जिउने आफ्ना लागि हो । समय छोटो छ । कुन बेला के हुन्छ, थाह हुन्न । त्यसैले फटाफट काम गर्नुपर्छ । अध्ययनसँगै सुवासले एउटा डायमण्ड पसलमा सेल्स म्यानेजरका रूपमा काम गर्थे । उनले त्यसमा ८ वर्ष काम गरे । कमाई राम्रै थियो, आफ्नै गाडी, फ्ल्याट् थियो । उनले आनन्दको जीवन व्यतित गरिरहेका थिए । तैपनि उनले सन् २००६ देखी २०१६ सम्म निरन्तर कमर्थलो बनाएको अमेरिकालाई बाईबाई गर्दै मुम्बई फर्किए । 
‘कम्फर्ट जोनमा बस्नु हुन्न लाग्यो ।’ सुवासले हल्का अंग्रेजी मिश्रित लवजमा भने, ‘मैले संसार छोडर जाँदा अमेरिकन सेवा, सुविधा, पैसा केही पनि लाने होईन ।’ उनलाई कलाकारितामै राम्रै गर्न सक्छु भन्ने विश्वास जाग्यो । आखिर नृत्य र अभिनय उनको नशा नशामा बगिरहेको थियो । चलचित्रको त उनी सानैदेखी प्रशंसक थिए नै । 
सुवासले केही सिरियल र चलचित्रमा अभिनय गरेका छन् । केही विज्ञापनमा काम गर्ने मौका पाएका छन् । कलर्स टिभीबाट प्रशारण भएको मेरी आसिकी तुम्सेही, बिग म्याजिक च्यानलबाट प्रशारण भएको टेडी मेढि फ्यामिली, २४ सिजन २, र कुछ रंग प्यार के ऐसे भि, य है मोहब्बतें मा अभिनय गरेका छन् । यस्तै दिल तो बच्च है जी, निर्जा, ओमानिया जस्ता चलचित्रमा उनले अभिनय गरेका छन् । 
सुवासले ओमानिया चलचित्रको छायांकन भईसकेको छ । प्रदर्शन हुन भने बाँकी छ । चन्द्रकान्त सिंहले निर्देशन गरेको यस चलचित्रमा स्वेता तिवारी, अस्मित पटेल, रश्मी देसाई र सोफिया हायातले अभिनय गरेका छन् । कन्फेसन–इट्स कम्पिलकेटेड नामक वेव सिरिज पनि अभिनय गरेका छन् । एक तर्फा एस्क नामक एक सर्ट मुभीमा पनि अभिनय गरेका छन् । आधा दर्जन भन्दा बढी विज्ञापनमा काम गरेका छन् ।
बलिउडसम्मको यात्रा गर्दा  गोविन्दालाई घरमै पुगेर भेटेका छन् । उनले गोविन्दाबाट प्रेरणा र सल्लाह लिएका छन् । झन् गोविन्दाले ‘म कलाकारितामा प्रवेश गर्दा तिमी जस्तै देखिन्थें’ भनेपछि त मख्खै परे । 
चर्चित कलाकार अजय देवगनसँग पनि सुवासले काम गर्ने मौका पाए । दिल तो वच्चा हे जी चलचित्रमा सँगै काम गर्ने मौका पाएका छन् ।
‘आफ्नो पहिचान कस्तो बनाउन चाहनु हुन्छ ?’ सुवासलाई सोधियो ।
‘एकदमै राम्रो कलाकार बन्न चाहन्छु ।’ उनले थपे, ‘एक असल मानिस बन्न चाहन्छु ।’
कलाकार बनेर जीवनयापन गरेर गर्न मुस्किल छ । त्यसैले उनी आर्थिक रूपमा बलियो बन्नका लागि व्यापार गर्न चाहन्छन् । कलाकारितालाई मुख्य पेशा अपनाए पनि त्यो संगै सुवास व्यापार पनि अगाडी बढाउन चाहन्छन् । उनको पुख्र्यौली पेशा ज्वेलरी पेशा हो । त्यसलाई उनी चटक्कै छोड्न सक्दैनन् ।
घुमफिरमा रूची ः सुवास घुम्न एकदम रूची राख्छन् ।