Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

आखिर त्यही नै भयो

शाश्वत शर्मा

०८ मंगलबार , फाल्गुण २०८०९ महिना अगाडि

आखिर त्यही नै भयो

जे कुराको आशंका थियो, त्यही नै भयो । दुर्गा प्रसाईले मेची पुलमा जे गरे, मंसिर ७ गते त्यही गरे, फागुन १ गते पनि त्यसै गरे । होला प्रसाई, खेमराज सेढाई मार्काहरूलाई पाँच सात हजार पीडितहरूलाई संवोधन गर्ने मौका मिल्यो तर मुलुक र मुलुकवासी, राजतन्त्र र हिन्दु अधिराज्यका लागि केही पनि भएन । ती घोषित आन्दोलनका लागि लाखौं नागरिक उतार्छौं, यो व्यवस्था पल्टाउँछौं भन्नेहरू मेची पुलबाट सुरू भएको आन्दोलनको वार्षिकी मनाएको पो भन्नथालेका छन् । जुन जोगी आए पनि कानै चिरिएको भनेको यही हो । वीर गोर्खाली, शिवसेना, विभिन्न धार्मिक संघसंस्थाहरूलाई पटक पटक देखिएकै हो । दुई दिनको रमझम हुँदै आएका थिए, फेरि पनि त्यस्तै भयो । राप्रपाले समेत आन्दोलन गर्ने, परिआए सांसद पदबाट राजीनामा दिने हुङ्कार गरेको थियो, त्यो फुइँकी पनि फासफुस भइसक्यो । लुटेराहरूले अनन्तकालसम्म लुटेरै खाने भए, जनता शोषणको छटपटीबाट मुक्ती नपाउने भए ।
बिकल्प भनेको पूर्वराजा ज्ञानेन्द्र मात्र बाँकी छन् । फागुन ७ गतेको पूर्वराजाको सन्देश अर्थपूर्ण छ । सन्देशले मात्र जनताको आवाजको संवोधन हुनसक्दैन, सम्मान हुँदैन । एकथरिलाई कांग्रेस महासमितिमा हिन्दुराष्ट्रको एजेण्डाले प्रवेश पाउँछ र पारित हुन्छ भन्ने लागेको छ । यो त मिसन ८४ भन्ने कांग्रेसको भोट तान्ने रणनीतिको पूर्वाभ्यास मात्र हो । देशले त्राण पाउन त राजतन्त्रको पुनस्र्थापना जरूरी छ । पछिल्लो घटनाअनुसार बालकुमारी गोलीकाण्डमा २ युवा मारिए, यसमा छानबिन समितिले मन्त्रीकै दोष देखायो । मन्त्री भाषण गरिरहेका छन्, प्रधानमन्त्री मौन । मन्त्री ज्वालाले यी हरफ लेखुन्जेल राजीनामा दिएका छैनन् । जनतालाई हेप्नुको सीमा छ 
र ? ठूला पार्टीहरू कांग्रेस, माओवादी, नेकपा स, एमालेलाई सात खुन माफ छ, कानुन त सामान्य नागरिकका लागि न हो । ललिता निवास प्रकरणमा निर्णयकर्ता सबैले छुट पाए, कर्मचारी र नेताका काम गर्ने दलालमात्र दोषी ठहरिए । पूर्व प्रम डा.बाबुराम भट्टराई र माधव नेपाललाई त बयानसमेत नलिइकन माफी दिइयो । यही मुद्दा सर्वोच्च पुगे विशेष अदालतको फैसला के होला ? धेरैको प्रश्न छ ।
कानुनव्यवस्था चौपट छ, सद्भाव खलबलिएको छ । ठूला पार्टीहरू सत्तामा टिक्ने र सत्तामा कसरी पुग्ने, लुट्ने भन्नेमा तिनको उद्देश्य सिमित देखिन्छ । राजस्वबाट देश चलाउन नसकिने भयो भनेर अर्थमन्त्री टकटकिरहेका छन् । तैपनि सत्तासीनहरू लुटिरहेका छन्, विरोध गर्नेहरू मजाक गरेर रमाउन थालेका देखिन्छन् । राजनीति समाज बदल्ने होइन, रत्नपार्कमा चटक देखाउने चटकेजस्तो पनि हुनथाल्यो । दुर्गा प्रसाईका ससाना प्रदर्शन, राप्रपाको घुर्कीले यो लुटतन्त्रको अन्त हुनसक्ने देखिदैन । पीडितहरूले साथ दिए, तिनीहरू थप पीडामा पर्न बाध्य भए । यी घटनाबाट के प्रष्ट भएको छ भने यस्ता खाले प्रदर्शन फगत केही व्यक्तिविशेषका स्वार्थपूर्तिका लागि हुन् । सरकारले तगारो लगायो भनेर आन्दोलनकारीले छुट पाउँदैनन्, साज्य तगारो फाल्न नसक्ने आन्दोलन के आन्दोलन ? यस्ता मध्यमखाले आन्दोलनबाट केही हुनेवाला छैन, परिवर्तन गर्ने नै भए जनताले साथ दिनुपर्छ, पूर्वराजा अघि सर्नुपर्छ । जनताको नासो जनतालाई बुझाइसकेका पूर्वराजाको काँधको भार भनेकै देश र जनताप्रतिको जिम्मेवारी हो, त्यो जिम्मेवारी पूरा गर्न राजा र जनता एक हुनुको बिकल्प छैन ।
हिन्दुवादी र राजावादीले यी नेतृत्वको केही लछारपाटो लगाउन सक्दैन भन्ने सन्देश प्रवाह भएको छ । मेची पूलको कार्यक्रममा गएर पूर्वराजाले भूल गरेको अर्थमा धेरैले चर्चा गरिरहेका छन् । पूर्वराजाका पछाडि आमनागरिक छन्, यो विश्वासमा पूर्वराजा अगाडि सर्नुपर्छ । पूर्वराजाले गुमाउने केही छैन, इतिहास बनाउने, देश बचाउने अवसर आएको छ । पूर्वराजाले जुन सन्देश दिएका छन्, त्यो सन्देशको मान राख्नका लागि समेत अग्रसर हुनुको बिकल्प देखिदैन । आमनागरिकले साथ दिनुपर्छ, लुटतन्त्र र लुटाहको अन्त लामो समय कुर्र्नै पर्दैन । देश पीडामा छ, देशवासी पीडामा छन्, तिनको घाउमा मलमपट्टी गरेर अस्तित्वको संकटमा फसेको अवस्थाबाट निकास निकाल्न सक्ने एउटैमात्र शक्ति भनेको राजशक्ति हो । आमनागरिक सडकमा आउनुप¥यो, हिन्दुवादी, राजतन्त्रवादी, राष्ट्रवादी सबै सडकमा निस्कने हो भने पूर्वराजाको पुनस्र्थापना र राष्ट्रमाथिको कालोबादल एक्कैपल्ट हट्ने निश्चित छ । नेपाल नेपालीको हो, नेपाललाई बचाउन नेपाल उठ्नुपर्छ, जाग्नुपर्छ । विदेशी तारणहार बन्न दिनुहुन्न ।