Advertisement Banner
Advertisement Banner

२१ सोमबार, फाल्गुण २०८०11th December 2023, 11:01:09 am

लेण्डुप दोर्जेका फोटोकपी हुदैछन् नेपाली नेताहरू

०१ मंगलबार , फाल्गुण २०८०२० दिन अगाडि

लेण्डुप दोर्जेका फोटोकपी हुदैछन् नेपाली नेताहरू

भट्टचन् थकाली, राष्ट्रवादी चिन्तक - - - - 
फागुण १ गतेबाट आर्य मंगोल लेण्डुप दोर्जेहरू बिरूद्ध राष्ट्रिय झण्डा हातमा लिएर ईतिहासकै अन्तिम जनआन्दोलन सफल पार्न टोलटोलबाट उठौं । काठमाण्डौं उपत्यका झाँगा हो, झाँगा तातीनुपर्छ, बिंड तातिएर हँुदैन ।
यसकारण आन्दोलन 
१. गणतन्त्र भ्रष्ट नेता, उनका परीवार, उनकै आसेपासे, भ्रष्ट कर्मचारी, दलका गुण्डा कार्यकर्ता, नेता किन्न सक्ने ठूला ब्यापारी र भुमाफिया दलालको लागि मात्र ल्याइएको रहेछ । त्यसबाहेक हामी सर्वसाधारण गणतन्त्र नामको लुटतन्त्र र छाडातन्त्रबाट पिडित छौं, दिक्क छौं ।
२ एमाले, काँग्रेस, माओवादी या अन्य सबै दलको नाम मात्र फरक, उद्धेश्य एउटै हो, सत्ता कब्जा अनि राष्ट्रिय ढुकुटीको दोहन । एउटा राजा फालेर ३ जना बडा महाराजाहरू बनेका छन् । राजालाई या अरू पार्टीलाई तथानाम गाली गर्न वाक स्वतन्त्रता भए पनि आ–आफ्नो पार्टी भित्र ओली, देउवा र प्रचण्डको दास सांसद, सांसदको दास जिल्लाका वडाअध्यक्ष र वडाध्यक्षको दास गाउँगाउँका जनता गरी पिरामीड आकारमा चरम तानाशाही, निरंकुशता र दमन गरि जनताको भोट बिशेष गरी एमाले र काँग्रेसको कब्जामा छ । पार्टीको नेतृत्वले जति गल्ती या भ्रष्टाचार गरे पनि चुईक्क विरोध गर्न नसक्ने गरी कार्यकर्ताहरूलाई गुलाम बनाइएको छ । अब यी ३ वडामहाराजहरूको दासत्वबाट आफुलाई मुक्त गर्न‘होस् र पापको घडा भरिएर डिलमा पुगेका यी अपराधीहरूलाई घुचेटेर डीलबाट खसाल्न मद्दत गर्नुहोस् । 
३. २०६३ साल राजाका पालासम्म २९ अर्ब मात्र रहेको बैदेशिक ऋण गणतन्त्र पछि ७२ सालसम्ममा ८ खबर्, ७९ साल जेठमा १८ खर्ब र त्यसको डेढ वर्षमै २४ खर्ब पुगेर देशै नरहने अवस्थामा पु¥याइएको छ भने महाभूकम्प, नाकावन्दी, कोरोना कहरले थलिरहेका सर्बसाधारण माथि राज्यले नै अस्वभाविक करै कर थोपरी महंगी बढाएर वर्तमान आर्थिक मन्दी लादेपछि बैंक लोन लिएर गरिएको व्यापार व्यवसाय नचलेर धितो राखिएको घर जग्गा नै बैकले कब्जा गरी मध्यमवर्ग पनि सुकुम्वासी हुने क्रम तिब्र गतिमा वढीरहेको छ । जीवन गुजार्न नचाहँदा नचाहँदै पनि विदेशीनु पर्ने वाध्यकारी अवस्थामा पु¥याइएको छ । गणतन्त्रले देश र जनता दुबै पक्षलाई गरीब असहाय खोक्रो बनाइसकेको छ । गरीब असहाय जनतामाथि विदेशी वुट बजारिन मात्र बाँकी छ । तसर्थ श्रीलंकामा जसरी यिनीहरूलाई लखेट्न हामी जति ढिला गर्छौ, उति हामी जनताले कहाली लाग्दो दुख भोग्नुपर्नेछ । “अभि नहीं तो कभि नही”ं भनेभैंm रमीता हेरेर नबसौं । फेसबुकमा कमेण्ट मात्र गरेर परीबर्तन आउँदैन । फलाम तातीसकेको छ । परीबर्तनको सही समय आइसकेको छ । दुर्गा प्रसाईं, ज्ञानेन्द्र शाही जस्ता सडकमा होमिएका सयौं अभियन्ताहरूलाई निराश  हुन नदिउँ । तसर्थ आ–आफ्नो टोलबाट उठौं जागौं । काठमाण्डौ उपत्यकाबासी मात्र जाग्यो भने यी अपराधीहरूले लुक्ने ठाउँ पाउने छैनन्  । 
४. नेवार समुदायलाई अनुरोध ः
नेपालका जातजाती मध्ये पुखौँदेखीको भाषा, धर्म, संस्कार, संस्कृति र चाडपर्व जोगाउँदै आएर यस एक्काइसौं शताब्दीसम्म पनि थेगिरहन सक्षम पहिलो जात नै नेवार समुदाय हो । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्राचीन दरवार, मठ मन्दिर, कला संस्कृति नेवार समुदायको मात्र नभएर नेपालकै गौरबशाली पहिचान बनेको छ । यस्तो गौरबमय इतिहास बोकेको नेवार सभ्यता बहुदलीय व्यवस्था पछि जनताहरू कांग्रेस, कम्युनिष्टमा विभाजीत गरियो र कमजोर बनाइयो । तसर्थ राष्ट्र र नागरीक वचाउँ अभियानका साथै गौरबशाली नेवार सभ्यता जोगाउनका लागी पनि यहाँहरूको सहभागीता अनिवार्य छ । 
५. ५० देखी ७० वर्षका हामी ः
यो समुहका हामीहरू जीवनका उकाली ओराली, घोप्टो चेप्टो पर्दै वच्चाहरू हुर्काएर रिटायर लाइफ बिताउने चरणमा प्रवेश गर्न लागेको या गरिरहेको उमेर हो । यसरी हाम्रो वर्ग एकातर्फ रिटायर लाइफमा प्रवेश गरेको छ भने अर्कोतर्फ सुगर, प्रेसर, बाथ जस्ता विभिन्न रोग व्याधीले गिथोल्ने उमेर पनि हो । आफु र परिवारको लागि गर्नुपर्ने कर्तव्य हामीले निभाई सक्यौं । रोग व्याधीसँग लड्दै बृद्धाश्रम बन्दै गएको यो देशमा बिना सहारा बुढा बुढी मात्र एक्लै भएर बाँच्नुपर्ने बैरागी जिन्दगीको यस छोटो उत्तराद्र्धमा आफ्नो मातृभुमी जोगाउन र लाउँलाउँ खाउँखाउँ भन्ने उमेरका रमाइलो, उज्ज्वल भविष्य जिउन बाँकी रहेका हाम्रा छोरा नातीहरूको युवा पुस्तालाई बचाउन छातीमा गोली थापेर ७० वर्षका भक्ती थापा वन्ने अवशर पाइयो भने एक पटक मर्नैपर्ने जिन्दगीमा म त आफुलाई भाग्यमानी नै ठान्नेछु । राजा ज्ञानेन्द्र शाहले बिना रक्तपात जनताको भावनालाई कदर गरेर सहजै २४० बर्षको बिरासत जनतालाई छोडेका थिए । तर सत्तालिप्सामा लिप्त बर्तमान नेतृत्वहरूको पृष्ठभुमी क्रुर नागरीक हत्याबाटै शुरू भएको हुँदा रक्तपात नगर्लान् भन्न सकिंदैन । त्यस्तो अवस्थामा अघिल्लो लाइनमा उभिएर वलिदान दिऔंं र इतिहास रचौं ।
६. हाम्रोे गौरबमय ईतिहास ः
ओली, देउवा, प्रचण्ड, बाबुराम भट्टराई, माधब नेपाल जस्ता आर्य बाहुनै बाहुन नेतृत्वकै कारण नेपाल बिश्वमै गरीब देश, भ्रष्टाचारीको देश, भिखारीको देश, बिकसीत देशका लागी मजदुर उत्पादन गर्ने देश भनेर बिश्वसामु नेपाली हँु भन्न पनि लज्जाबोध गराइरहँदा बर्तमान अवस्थामा पनि गुरूङ्, मगर, राई लिम्बु जस्ता मंगोल जनजातीहरूले ब्रिटीश सेनामा भर्ती भएर नेपालीहरू ईमान्दार, बफादार हुन्छन्, मृत्युसँग पनि नडराउने बहादुर हुन्छन् भनी हाम्रा बीर पुर्खाहरूको ईज्जत धानीरहेका छन् । पहिलो दोस्रो बिश्वयुद्धमा १३ जनाले भिक्टोरीया क्रस तक्मा पाएका थिए, जसलाई भेटेका बेला महारानी एलिजाबेथले पनि शीर झुकाएर स्यालुट गर्न‘पथ्र्याे । बि.सं. २०३८ सालतिर फकल्याण्ड टापु अर्जेन्टीनाले कब्जा गरेपछी फुकुवा गर्न गएको पहिलो ब्रिटीश फौज पराजित भयो । दोश्रो पटक गोर्खाली सेना पठाउँदा गोर्खालीको नाम सुन्नासाथ अर्जेन्टिनी सेनाले आत्मसमर्पण गरेका थिए । जर्मनीका तानाशाह हिटलरले “बिश्वको कुनै देशसँग डर लाग्दैन तर गोर्खालीको नाम सुन्ना साथ मेरो मुटु थरर काँप्छ” भनेर अभिब्यक्ती दिएका थिए । सन २०१० सेप्टेम्बरमा अफगानीस्तानमा ब्रिटीश सेना मातहत म्याग्दीका दीप प्रसाद पुनले एक्लै ३० तालीबानीलाई मारेर नेपालीको गौरब बढाएका थिए । बेलायतकी स्व. महारानी एलिजाबेथको बडीगार्ड गोर्खाली नै थिए । ब्रुनोइका राजा सुल्तानको बडीगार्ड पनि गोर्खाली नै छन्भने हामी मंगोल जनजातीले छाती फुकाएर गर्ब गर्ने ठाउँ कसले बनायो ? के ओली देउवा प्रचण्डले बनाएका हुन् या डा.गोपाल गुरूङ्, आङ्काजी शेर्पाले बनाएका हुन् ? यो श्रेय राष्ट्रपिता पृथ्बी नारायण शाहलाई नै जाने होइन र ? राई लिम्बुहरू बि.सं. १८३१ पछी मात्र जोडीएका हु्न् तर गुरूङ् मगरहरू त गोरखा राज्यकै मुलबासी होइनन् र ? पृथ्बी नारायण शाहको नेतृत्वमा उनीहरूले नै बहादुरीका साथ लडेर नेपाल एकीकरण गरेका होइनन् र ? जसको नाम गोर्खाली फौज थियो । १८२४ सालमा काठमाण्डौं जित्नु अघि २४०० सेना सहित आएका ब्रिटीश सेनालाई सिन्धुलीगढीबाटै परास्त गरेको १२०० गोर्खाली फौजको ३ टोली मध्ये १ टोलीको नेतृत्व बंश गुरूङ्ले गरेका होइनन् र ? जनजाती मंगोलको नाममा सत्यता नबुझी किन भड्किइरहेका छौं हामी जनजातीहरू ? हो बास्तबमा नेपाल एकीकरणमा गोरखा राज्यका गुरूङ्, मगर, खस, आर्य, ठकुरी, दलित बिसे नगर्ची सबै पुर्खाहरूको हात छ भने अंग्रेज युद्धमा पुर्बको टिष्टादेखी पश्चिमको कुमाउँ गढवाल र दक्षीणका तराईबासीहरू समेत सबै नेपालीहरूले बीरताका साथ लडेर ईतिहास रचेका हुन् ।    
ई.सं. १९४७ साल (मात्र ७७ बर्ष अघि) को दोश्रो बिश्वयुद्धमा अमेरीकाले जापानको नागासाकी र हिरोशिमा शहरमा परमाणु बम खसालेर ठुलो संख्यामा नरसंहारका साथै बनस्पति नै नउब्जने गरी जमिन ध्वस्त पारेको थियो । हाल जापानीजहरू अमेरिकन भन्नासाथ प्रतिशोधको  भावनाले आक्रोशित हुन्छन् होला भन्ने धेरैको बुझाई हुन सक्छ । तर त्यसको ठीक बिपरीत अमेरीकन भन्नासाथ भुतुक्कै हुन्छन् जापानीज युबायुबतीहरू । तर हाम्रो देशमा ४०–५० बर्ष अघिसम्म पनि “जीए जन्ती, मरे मलामी” भन्दै पुर्खौंदेखी मिलेरै बसीरहेको “चार जात छत्तिस बर्णको सुन्दर फुलबारी” नेपाललाई बिदेशबाद लादेर व्यक्तिगत स्वार्थका लागि देशै वेच्न पनि पछी नपर्ने वेइमानी वर्तमान नेतृत्वहरू बाम्हण लेण्डुप दोर्जे हुन् भने राणा शासक र आर्य शासकले गरेको अन्याय, अत्याचार, दमनलाई बिदेशीको ईशारामा जनजातिहरू वुद्धिष्ट हुन्, राजाले हिन्दु धर्म लादेका हुन्, क्षेत्री बाहुन शरणार्थी हुन्, यिनीहरूलाई लखेट्नुपर्छ भन्दै २५० बर्ष अघिको शाह बंशको ईतिहास तोडमोड गरी भ्रम पैmलाएर गाउँका सोझा मंगोल जनजातीहरूलाई उचालेर जातिय युद्ध र धार्मिक युद्ध गराउन खोज्ने दार्जिलिङ्का क्रिश्चियन स्व.डा.गोपाल गुरूङ्ग, उनको संस्था ःल्इ र राष्ट्रपिता पृथ्बी नारायण शाहलाई थुक्न सिकाउने आङ्काजी शेर्पा मंगोल मुलका लेण्डुप दोर्जे हुन् । अपराधीको कुनै जात, धर्म, वर्ग, आफन्त कोही हुँदैन । उनीहरूको सरोकार पैसा र शक्तीसँग मात्र हुन्छ भन्ने बुझ्न जरूरी छ ।   
७. भ्रष्टाचार, गरिवी र बेरोजगारी सबैको निको पार्ने एउटै मात्र जडिबुटि हो विकास या समृद्धि । तर नेपालको इतिहासबाट नतिजा हेर्दा कमजोर राजा श्री ५ राजेन्द्र शाहको कारण राणा शासन निम्त्याइयो र देशलाई १०४ वर्ष लामो अँध्यारो युगमा धकेल्यो भने बहुदल र गणतन्त्रले एउटा राजा फालेर सयौं राजा जन्मायो र लुटतन्त्र, छाडातन्त्र मच्चाई देशलाई झन् कंगाल बनायो र देशै नरहने अवस्थामा पु¥यायो । तसर्थ “समृद्ध नेपाल सुखी नेपाली” प्राप्तिका लागी एक मात्र अचूक ब्यबस्था  १. प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री  २. अविभावकीय भूमिकामा दलीय भागवण्डाको राष्ट्रपति भन्दा एकताका प्रतिक सेरेमोनियल राजा । नर्बे, वेलायत, जापानमा जस्तै राजा सहीतको लोकतन्त्र नै आन्दोलनको गन्तब्य हुनुपर्छ । 
हामीलाई आकाशका हजारौं ताराजस्तो  धेरै नेताको आवश्यक छैन । एउटै भए पनि ताप र प्रकाश दिन सक्ने चम्किलो सूर्य जस्तो व्यक्तित्व नेपाल आमाले कुरिरहनु भएको छ । माओत्सेतुङ् जन्मनाले वर्तमान शक्तिशाली चीनको जग बन्यो । महात्मा गान्धी जन्मनाले भारतले स्वतन्त्रता पायो । ली क्वान यु जन्मनाले सिङ्गापुरले समृद्धि पायो र पृथ्वी नारायण शाह जस्ता दुरदर्शी साहसी वुद्धिमानी राजा जन्मनाले सुन्दर देश नेपाल बन्यो र वीर गोर्खालीको नामले चिनीयो । अब देशलाई समृद्धितिर लैजान यस नयाँ ब्यबस्थाले मात्र बालेन शाह, हर्क साम्पाङ्ग, दुर्गा प्रसाईं, ज्ञानेन्द्र शाही, कुलमान घिसीङ, महावीर पुन जस्ता राष्ट्रप्रेमी, निस्वार्थ गरिब दलितलाई माया गर्ने असल ब्यक्तिलाई नेपाल भरिका जनताले सीधै भोट हालेर प्रधानमन्त्री चुन्न पाउनेछन् । हालसम्म सबै खराब नेता मध्येबाट कम खराब नेता चुनेर भोट हालीन्थ्यो भने यो व्यवस्थामा राम्रा राम्रा नेतामध्येबाट पनि सबैभन्दा राम्रा नेता चुनिने छन् र श्रोतले भरीपुर्ण देश नेपालको कायापलट हुन १०–१५ बर्ष पनि लाग्ने छैन ।  
८. आन्दोलनको नेतृत्व ः
भक्ती थापा, अमरसिंह थापा जस्ता वीर पुर्खाहरूको रगत बगेको व्यक्ति वर्तमान नेपालमा अझै रहेछन् भन्ने झल्को दिने राष्ट्र र नागरिक बचाउँ अभियानमा सडकमै होमीइसकेका नेपालका जिउँदो व्यक्तित्व दुर्गा प्रसाईलाई सम्पूर्ण राष्ट्रप्रेमी नागरिकहरू खस, आर्य र मंगोल केहि नभनी नेपाली बनेर साथ दिउँ । दुर्गा प्रसाईंलाई “साउनमा आँखा फुटेको गोरूले सधैं हरियो देख्छ” भने जस्तो नकारात्मक नसोचौं र राष्ट्रद्रोही आर्य मंगोल लेण्डुप दोर्जेहरूलाई परास्त गरी हाम्रा सन्ततिलाई विदेशमा शरणार्थी हुनबाट रोकौं । किनकी “नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे” । जय राष्ट्रबाद !
प्रवासीहरूलाई हेर्ने दृष्टिकोण
 सुरेशकुमार पाण्डे
सरकारको गैरजिम्मेदारी पूर्ण रवैयाका कारण नै  परदेशमा रोजगारका लागि गएका नेपाली श्रमजीवीहरूले स्वस्फूर्त रूपमा सामाजिक संगठन निर्माण गरेर आ–आफ्नो हक अधिकारको रक्षा गर्ने प्रयत्न गर्दै आएका छन् । श्रमजीवी नेपालीलाई राजनीतिक पार्टीहरूले प्रायःजसो उपयोग गर्दै आएका पनि छन् । परदेशमा आफ्नो जिवनको अमूल्य र उर्जामान समय यापन गरेर स्वदेश फर्किएका श्रमजीवीहरूलाई हेर्ने, बुझ्ने सरकार र पार्टीहरूले उनिहरूसँग गर्ने व्यवहार कस्तो छ ? त्यसबारेमा केही छलफल गर्नैपर्ने देखिन्छ । 
जुनसुकै पार्टीले पनि स्वदेश फर्किएका नेपालीहरूलाई आजपनि लाहुरे दाई कै रूपमा बुझेका हुन्छन् । उसले आफ्नो जीवनभरी गरेको सांगठानिक कामको बारेमा कुनै र कसैलाई पनि चासो छैन् । ज–जसले अलि प्रभावशाली नेताको जी हजूरीमा तल्लिन हुन्छन् त्यो बाहेक आर्को व्यक्ती उनिहरूको दृष्टीमा लाहुरे नै हो ।
उनिहरूले कस्तो अवस्थामा र कुन उदेश्यले पार्टी संगठनको काम गर्ने गरेकाछन् । त्यसबारेमा कसैलाई पनि सरोकार छैन् ।सधैभरीको दिन निश्चित रूपमा एकनासको हुँदैन । सधै स्वास्थयले साथ पनि नदिनसक्छ । चालिस पैंतालिस वर्ष संगठनमा मरिमेटी काम गरेपछि पनि उसलाई स्वदेशमा सबैभन्दा तल बसेर काम गराउने गरिन्छ । आदेश उनिहरूले दिन्छन् जो हिजो पार्टीमा जन्मिएका हुन् । उनिहरूले उक्त व्यक्तिको कामको बारेमा रिपोटिङ्ग दिन्छन् । त्यही आधारमा उनिहरू सँग पार्टीहरूले व्यवहार गरिन्छ । यो एउटा बिडम्वना त छँदैछ । कतिपय व्यवहारिक कामहरूमा पनि विभेद गर्ने पनि प्रायः सामान्य कुरा बनेको छ ।
त्यही काम केन्द्रिय स्तरका व्यक्ति वा उन्का आसेपासेले गर्छन् भने त्यसलाई बढाइ चढाई गरेर नेताहरूले आफ्नो न्वरान सम्मको जोड लगाएर खुबै प्रशंसा र प्रचार गर्छन् । उहि काम तल्ला स्तरका व्यक्तीहरूले गर्छन् भने त्यसको वेवÞास्ता गर्ने परम्परा नै बसेको देखिन्छ; त्यो त एउटा बिषय भयो ।
आधारभुत विषय तिर जाउँ । लाहुरबाट फर्किएपछि देशभित्र पर्वाशिहरूको हक हितको बारेमा न त सरकारले कुनै चासो दिन्छ । उनिहरूको हक हितको रक्षाको बारेमा कुनैपनि पार्टीले सम्वन्धित निकायमा आवाज उठाउँदैन । उठाउने भए भारत स्थित नेपालीले आफु बसेको ठाउँबाट मतदान गर्ने अधिकार सम्मानीय सर्वोच्च अदालतको फैसला नै हो । जसलाई व्यवहारमा उतारिंएको छैन । त्यो माछो माछो भ्यागुतो भयो । त्यसमा अझै टालटुल लिपापोती गरेर व्यख्या गर्न छाडेका  छैनन् ।
भारतमा सरकारी तथा गयर सरकारी निकाएंबाट अवकास प्राप्त कर्मचारीहरू पेन्सिन स्वोदेश पठाउने आफु बसेको ठाउँ वा नजिकको कुनै पाइक पर्ने ठाउँमा पुराउन कुनै पार्टीले पनि पहल गरेको देखिदैन । मात्र प्रवासीहरूलाई ब्रगलाउने प्रयत्न गरिएको छ । यद्यपी एमाओबादी, एमाले,नेपाली कांग्रेस जस्ता ठूला दलहरूको सरकार आलोपालो चलेकै छ । तिनले प्रवासीलाई ध्यान दिएकै छैनन् ।
अहिले पनि भारतमा कयौँ नेपाली श्रमजीवीहरू अकालमै मारिन्छन्, आत्माहत्या गर्छन्, दुर्घटनामा पर्छन । उनिहरूले आफै आफ्नो रक्षा गर्न नसके सरकारको कुनैपनि चासो छैन् । भारत स्थित सामाजिक संगठनले दिनौँ सङ्घर्ष गर्दै आएको छ । यद्यापी यो सरकारको काम हो । सरकारले सन १९५० मा शान्ति तथा मैत्रि सन्धि गरेको हो । अहिले त्यो सन्धिमा भएका प्रज्वलित अधिकार सम्म प्राप्तिका लागि सम्वन्धित निकाएंमा सरकारले आवाज उठाउँदैनन् । नेपालीहरूको भारतमा पशुतुल्य अबस्था छ । त्यो सन्धिका अधिकार मिल्दैन भने त्यो सन्धि किन चाहियो ?
सडकको आन्दोलनहरूमा पटक–पटक भनिन्छ भारतले सिमाना मिच्यो । सदनमा कसै कसैलाइ छाडेर अरू मोन देखिन्छन् । हिंजोका दिनहरूमा सडक आन्दोलनमा सन् १९५० लगायतका असमान सन्धिहरूको बिरोध गर्दै अविलम्बन खारेजीको माग गरिन्थ्यो । ती असमान सन्धि सम्झौताहरूको बारेमा कसैले चुँ सम्म गर्दैनन् ।
त्यो जिम्मा पनि प्रवाशी श्रमजिवीहरूकै हो त ? अहिले देशको अवस्था भयाभह छ । भ्रष्टाचार, अत्याचार, बलात्कारका सबै मुद्धाहरू उस्तै छन् । अपराधिहरूलाई माफि दिएर फेरी अपराध गर्न छुट दिइन्छ । बिधुत र बैंकका डिफाल्टरहरूलाई कुनै कार्वाही गरिंदैन् । दिनौं सडक दुर्घटना हुन्छ । नागरिकको विमाको व्यवस्था गरिंदैन । कृषिप्रधान देशमा मल, बिउ र सिंचाइको सरकारले व्यवस्था समयमा गर्न सक्दैन । किसानहरूले खेती गर्न छाडेर खाडी मुलुकतिर पलायन भएकाछन् । त्यसमाथि प्रवाशीहरूको अवस्था र उनिहरूलाई हेर्ने दृष्टीकोणमा दोष छ ।
ठूला नेता वा नेताका झोलेहरूले गरेको कामलाई खुब बढाइ चढाई प्रस्तुत गरिन्छ । उहि काम लाहुरेहरूले गरेकालाई ओझेलमा पार्ने आम कुरा बनेको छ । भारत स्थित नेपालीहरूले सरकारले गर्न नसकेको काम आफ्नै संगठनको बलबुतामा आम श्रमजीवीबाट आर्थिक भौतिक सहयोग लिएर गर्दै आएको छ । मारेर गाडेका लास निकालेर अपराधीहरूलाई जेलमा कोच्नेदेखि लिएर हराएका बेचिएका चेलिबेटीहरूलाई उद्धार गर्ने काम भएको छ । 
भारतीय जागिरबाट अबकाश प्राप्त कयौं वृद्धहरूले आ–आफ्नो पेन्सिन लिन जान नसकेर पेन्सिनको माया नै मारेका छन् । पक्ष विपक्ष जुनसुकै राजनीतिक शक्तिहरूको व्यवहारले प्रष्ट पारेको छ । भारत स्थित् नेपालीहरूका लागि वा तेस्रो मुलुकमा परदेशमा जीवन यापन गरेका तमाम नेपालीहरूको हितमा कुनैपनि पार्टी छैनन् । मात्र सरकार रेमिटेन्स भित्राउने र अन्य पार्टीहरू विदेश स्थित श्रमजीवीहरू सँग बिभिन्न बहानामा चन्दा वा सहयोग थुत्ने दाउमा मात्र देखिन्छन् । उनिहरूले पालेका कयौं नेताहरू समेतले आ आफ्नो क्यारियर बनाउने र स्वार्थ पुराभयो भने पार्टीबाट पलायन हुने । अवसरबादीहरूको यस्तै राजनीतिक खेल देखिन्छ ।
आज नेपाल भित्र जहाँबाट र जसरी ल्यायको भएपनि धन चाहिन्छ । धन छ भने सबैको घर बसेरै काम हुन्छ । धन छैन भने हुने कामपनि वर्षौंसम्म हुनसक्दैन ।
त्यसकारण परदेशमा बस्नु भएका जनताहरू कसैलाई एक रूपियाँ दिनुहुन्छ भने त्यसको हिसाब खोज्नुहोस् । त्यहाँ झुत्रेझात्रे लुरे खान नपाएका जस्ता देखिनेहरूका सहरमा आलिसान घर बनाएका छन् । तराईमा खेतबारी भएकाहरूले समेत पर्वाशमा दुःख देखाएर धन ऐंठने प्रयत्न गर्छन् । यस्ता बुहुरूपियाहरूसँग समयमै सचेत हुनु आजको आवस्यकता हो । संगठित सङ्घर्ष गर्नुहोस् ।
अहिलेसम्म समाज सेवक संगठनहरूले गरेको सामाजिक कामको श्रेय राजनीतिक पार्टीहरूले लिने गरेकाछन् । भनि राख्नु पर्दैन कुनै एकाध नेताहरू बाहेक अरूको भूमिका नगन्य देखिन्छ । अहिले पनि प्रवासी श्रमजीवीहरूले नेताहरूलाई राजनीति पार्टीहरूलाई आर्थिक भौतिक सहयोग गरिरहेका छन् । जुन दिन प्रवाशबाट आर्थिक दिन छाड्ने छन् त्यो दिन कैयौँ राजनीतिक पार्टीहरू चक्रकै सुक्ने छन् । देशभित्रको राजनीतिक गतिविधीमा परदेशीहरूको अमूल्य योगदान छ । नेपाल फर्किएपछि उनिहरूलाई चिउरी निचोरेर फालेको खोष्टा जस्तै बनाइदिन्छन् ।
प्रवासीसँग मागेर आ आफ्ना छोराहरू डाक्टर, इञ्जिनियर र बुद्धिजिवी बनाएकाहरू अहिले पनि उनै प्रवाशीहरूको दोहनमा तल्लिन छन । यस्ता कथित अवसरवादी क्यारिरिष्ट प्रकारका व्यक्तिहरूले गर्दा आमूल परिवर्तनका योजना बिचारमा सेलाउँदै आएका हुन्छन् । आमूल परिवर्तनका सपनाहरू देखाएर आम गरिब श्रमजीवीहरूको बुद्धि भुट्न पल्किएकाहरू सँग अव सजग हुनुपर्छ । प्रवाशीको हितमा कसैले सदनमा आवाज उठाउँदैन् । बरू देश सङ्घीयताले गर्दा भारी ऋणमा परेको छ । विकासमा नेताहरूको ध्यान र नियत छैन् । विदेशीहरूको इसारामा देश कङ्गाल पारेका छन् । आउने दिन देशमै प्रवासी हुनुपर्ने त होइन ?