Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

अरुणको पानी बगिरह्यो, विजुली निस्केन

२० सोमबार , पौष २०७२११ बर्ष अगाडि

बाशुदेव वाग्ले -
यही हो अरुण ३। ०४६ सालअघि पनि बगिरहेको थियो, ०७२ सालमा पनि बगिरहेको छ। ४ सय २ मेगावाट विजुली निस्कन सक्ने यो अरुण ३ अझै कति समय यसैगरी पानी पानी भएर बगिरहनु पर्ने हो। कसैलाई थाहा छैन। aअरुण ३ ०४५ सालमै बन्न सुरुहुन्थ्यो र अहिलेजस्तो लोडसेडिङको मार हुनेथिएन। तर एमालेका नेता माधवकुमार नेपालले विश्व बैंकलाई ज्ञापन नै लेखेर बुझाए, अरुण ३ नबन्ने भयो। अहिलेसम्म पनि अरुण ३ बन्न सकेन। त्यतिबेलाको यसको लागत १ अर्व २० करोड डलर थियो। अहिले यो सपनामा सिमित छ।
अरुण ३ अहिले पनि सम्भाव्यताकै सूचीमा छ। जलविद्युतको शेयर आह्वान गर्दा आमनागरिकले आँखा चिम्लेर लगानी गर्ने गर्छन्। अरुण ३ मा स्वदेशीकै लगानी लगाउन सकिन्छ। तर सरकार जहिले पनि विदेशीकै मुख ताक्छ, आत्मनिर्णय गर्न सक्दैन। विदेशीको मुख ताक्नु भनेको कमिशनको खेल हो। पाइप लाइनमा भएका योजनामै घूसखाने बर्गका लागि यस्ता योजनाहरु भनेको कम्बल ओढेर घ्यूखान पाइने आकर्षण हुन्। यहीकारण लोडसेडिङ बढ्छ, विद्युत निस्कदैनन्।