Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

ओलीभन्दा कमल थापा पपुलर

२० सोमबार , पौष २०७२११ बर्ष अगाडि

गोविन्दप्रसाद पौडेल
खतरा, प्रधानमन्त्री केपी ओलीलाई राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानसहितका परराष्ट्रमन्त्री कमल थापासँग खतरा देखिन थालेको छ। थापाको पपुल्यारिटीसँग झस्किएका प्रम ओली र थापावीच चिसोपन बढ्न थालेको देखिदैछ।ओलीले सरकार फेर्ने कसरत सुरु भइसकेको मलाई थाहा छ। जति दिन बसिन्छ, जमेर काम गरिन्छ भनेर भाषण त गरे ओलीले तर ४० जनाको जम्बो मन्त्रिमण्डल बनाउँदा पनि ओली सरकार स्थिर हुनसकेन। माखो मारेन। किन?

एमालेभित्र चर्चा छ– बरिष्ठ नेता माधवकुमार नेपाल नेपाल नै ओलीको आलोचना गरिरहेका छन्। सत्ता साझेदारहरु ओलीलाई सत्ताबाट च्यूत गराउने प्रयास गरिरहेका देखिन्छन्। अनि ओली झस्कनु स्वभाविक हो। खासगरी कमल थापाले दुईपटक भारत र एकपटक चीन, जेनेभा, बेलायत भ्रमण गरेपछि थापाको हाइट बढेको र आफू अलोकप्रिय बनेको आभाष केपी ओलीले गरेका छन्। यहीकारण उनले फागुनको पहिलो हप्ता भारत र तेस्रो हप्ता चीन भ्रमणको तैयारी गर्न सचिवालय र परराष्ट्रलाई अह्राइसकेका छन्। भारतका प्रम नरेन्द्र मोदीसँगको फोनवार्तामा भारत भ्रमण गर्न दिएको थप निम्तोलाई ओलीले अवसरका रुपमा लिने तैयारी गरेका छन्। प्रश्न के छ भने फागुनसम्म ओली पदमा बहाल त रहलान्? विश्वासको मत लिनुपर्ने स्थिति आयो भने ओली सरकार बालुवाको महल ढलेझैं ढल्ने निश्चित छ भन्छन् विज्ञहरु।

कमल थापा प्रभावशाली राजनीतिक नेताका रुपमा स्थापित भइसके। उनलाई भावी प्रधानमन्त्रीका रुपमा पनि चर्चा हुन थालेको छ। प्रधानमन्त्री कसरी किनारा लाग्दा रहेछन् भन्ने उदाहरण बनेका छन् उपप्रधानमन्त्री कमल थापा। बनाइसकेको कमल थापाको छविलाई शून्यमा झार्न ओली एण्ड कम्पनीले सक्ने देखिदैन। चीनका लागि नेपाली राजदूत महेश मास्केको ४ महिना म्याद थप्ने र कानुन मन्त्री अग्नि खरेललाई चीन भ्रमण गराएर आफ्नो वाम अनुहार प्रष्ट पार्ने र चीनको समर्थन बलियो पार्ने प्रयास फ्रुटफुल नभएको ओलीपक्षकै कुरा बाहिर आइसक्यो। अव भारत वा चीन कता पहिले जाने भन्ने द्विविधासम्मलाई चिर्न नसकेका प्रम केपी ओलीले आफूलाई उखानटुक्काबाट माथि उठाउन सकेनन् भने उनको छवि र व्यक्तित्व भनेको हल्का रुपमा नै रहिरहने निश्चित छ। शायद यही आत्मानुभूति गरेर होला प्रधानमन्त्री केपी ओली कमल थापासँग चिस्सिन थालेका छन् भने थापाले ओलीको भूमिका नकारात्मक रहेको खुलासा गरिदिएका छन्। अर्थात दुबै नेतावीच टग अफ वार भित्रभित्रै चर्किन थालेको छ। परराष्ट्रमन्त्रीले प्रम ओलीलाई विदेश भ्रमणपछि ब्रिफिङसमेत नगर्नुले ओली रिसाएका छन्। उनको रिस बिरालाले रिस उठ्दा खावा चिथोरेजस्तोमा सिमित हुनपुगेको छ। के गर्ने थापाले छलाङ मारिसके, ओली भर्खर ट्य्राकसुट लगाउँदै छन्।