Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

कस्तो हो असनको तिलङ्गा घर

२३ मंगलबार , माघ २०८०६ महिना अगाडि

कस्तो हो असनको तिलङ्गा घर

प्रेमसिंह बस्न्यात् सैनिक इतिहासको खोजकर्ता हुनुहुन्छ ।  उहाँका अनेक कृतिहरू प्रकाशित रहेका छन् । इतिहासमा बिलुप्त हुनसक्ने अनेक घटनाका तथ्यहरू उहाँले सार्वजनिक गर्दै जानुभएको छ । तिलंगा घरबारे मेरो थप सोध–  
प्रधान सेनापती अभिमान सिंह बस्न्यात ले नेपाल सरकारलाई कर तिर्ने गरी बि स १८३२–३३  मा राजा श्री ५ प्रताप सिंह शाहको आदेशबाट काठमाडौं असन सँगैको बाल कुमारीमा आफ्नो हबेली अर्थात घर बनाय । ठूलो चोकभित्र बनाइयको घर एकदम कलात्मक थियो । यो तस्बिरमा देखाइयको खण्ड बाहिरी भाग हो । यो प्रधान सेनापतीको अड्डा र पाहुना घर थियो । अर्थात उनको निवास यो भन्दा भित्र थियो  । जुन अहिले पनि छ । 
यो बाहिरी खण्ड अर्थात पाहुना घरको अगाडिको भित्तामा ८० जना नेपाली सेना अर्थात एक कम्पनीको ताँती सहितको मुर्तिहरू राखियका छन । ती सेना भयको घरले गर्दा यो भवनलाइ  उस बखतको भाषामा ‘तिलंगा घर’को साथै ‘पल्टन घर’ दुबै भन्न थालियो । दुबैको मतलब सेना हो । अब यो भवनमा र यसको भित्री चोकमा बस्ने बस्न्यातहरूलाई ‘तिलंगा घरे’ भन्न थालियो । जुन अहिले पनि भनिन्छ । 
यो घर मा हात्ती छिर्ने ढोका अर्थात किसी ढोका छ । जहाँबाट प्रधान सेनापती बस्ने निवास र चोक मा पुगिन्थ्यो । 
अभिमान सिंह बस्ने खास घरको नाम ‘मान मन्दिर’ हो । मान मन्दिर र यो तिलंगा घर भनिने फरक संरचना हुन ।      
बडा महाराज पृथ्वी नारायण शाह स्वर्गे भयको आर्को बर्ष बनाइयको र यी तस्बिरमा  देखाइयका भित्ताका  ८० जना सेनाहरू उस बखत प्रधान सेनापती काजी परेडमा जाँदा उनको अगाडि र पछाडि को को हुन्थे भन्ने एउटा कम्पनिको ‘अर्डर अफ मार्च’ हो । 
यी फोटोमा सबै भन्दा अगाडि बिगुल बजाउने २ जना, निसान बोक्ने १ जना, ढाल र खुडा बोक्ने १ जना, राइफल बोक्ने २ जना, अनि प्रधान सेनापती ढाल तरवार सहित घोडामा, अनी खुडा र ढाल, ढाल र तरावर बोक्ने ५ जना, अरू राइफल बोक्ने छन् । कम्पनी को बिचौ बिचमा बाजा बजाउने – बाजा सहित ४ जना अनी सबै राइफल बोक्ने र अन्तमा १ जना दर्जी र १ जना चर्मकार छन । दर्जी र चर्मकार्ले सैनिक पोसाक – जुत्ता लगायतको मरामत गर्ने हो । सबै राइफल मा बिनेट राखिएका छन ।  
७) मेरो लागि यो कुरोको पत्ता लाग्नु अती नै महत्वपूर्ण रहेकोछ । नेपाली सेनाको कम्पनी खडा भए पछी को कुरो हो यो । यो दुर्लब चित्रहरू लाई नेपाली सेना ले तस्बिर र शब्दमा अभिलेखिकरण गरी संग्रहालय र ईतिहासमा प्रकाशन गरोस् भन्ने अपिल गर्दछु । त्यो भन्दा ठुलो कुरो यो राष्ट्रिय अभिलेखालयको र पुरातत्व बिभागको सम्पत्ती हो अनी अभिलेखिकरण गर्ने जिम्मेवारी हो । म ब्यक्ती मात्र हुँ । मेरो तर्फबाट सबै काम गर्नेछु । गरेको पनि छु । सुझाब र सल्लाह पाऊ ।