Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

बौद्ध धर्म र दर्शन

२३ मंगलबार , माघ २०८०६ महिना अगाडि

बौद्ध धर्म र दर्शन

विदुर केसी – - -

“गजब–गजबका दर्शनशास्त्र“ शीर्षकमा मैले facebook मा २०७९ माघ १९ गते (ँ2 feb 2023) मा संक्षिप्त सामग्री पोस्ट गरेको  थिएं । त्यसको लगत्तै  मेरा एक मित्रले ःmessanger बाट सम्पर्क गर्दै मैले बौद्ध धर्म– दर्शनसम्बन्धमा अध्ययन गरे, नगरेको र ती विषयका किताब मसंग भए, नभएको सोधनी गर्नुभयो । नेपालको लुम्बिनीमा जन्मेका र विश्वप्रसिद्ध सिद्धार्थ गौतम (बुद्ध )का बारेमा आफूलाई सानै उमेरदेखि अभिरूचि भएकोले  उनको जीवनी, दरबार त्याग, कठिन ध्यान (तपस्या ),  बुद्धत्व प्राप्ति, उपदेश , परमिता,  त्रिपिटक, धम्मपद आदि  पक्षमा प्रकाशित सामग्रीहरू प्रशस्तै भए पनि सरल किसिमका ग्रन्थ रूचिपूर्वक पढने गरेको बताएं । यी अध्ययनबाट धेरथोर ज्ञानार्जन गरी प्रभावित भएको छु । धर्मचक्र प्रवर्तनका विशेषता अन्य महानुभावहरूमा सम्प्रेषण गर्ने अभिप्रायबाट “बुद्ध–ज्ञान“ शीर्षकको शृङ्खलामा बुँदागत टिपोट  ँfacebook मा २०७८ असार १९ ( 3 july 2021दज्ञ) देखि प्रत्येक दिन उपयोगी लागेका कुरा १६ शृङ्खलासम्म पोस्ट गरेको थिएं ।  जसमा धेरै नै likes comments  आएका थिए । ती अहिलेसम्म हटाएको छैन । 
बुद्धद्वारा प्रतिपादित उपदेशको पालनालाई बौद्धधर्म भन्न थालियो  । विश्वमा प्रचलित विभिन्न धार्मिक सम्प्रदायमा यो धर्मावलम्वीहरूको संख्या उल्लेख्य छ । सन् २०२० को विश्वजनसंख्यामा बौद्ध–धर्म अनुयायीको प्रतिशत ६.६२ थियो  । विश्वभर  धेरै वा थोरै समुदाय बौद्ध–मार्गी छन् ।  थाइल्यान्डले ओैपचारिक धर्ममा थेरावाद बुद्ध धर्मलाई मानेको छ । बुद्धधर्मीहरूको बाहुल्यता रहेका अन्य देशहरूमा क्याम्बोडिया, म्यानमार, भुटान, श्रीलङ्का, लावस, मङ्गोलिया, जापान, सिङ्गापुर र भियतनाम छन् । हाम्रो देश नेपालमा २०६८ सालको जनगणनामा हिन्दुधर्मी (८१.३ प्रतिशत) पछि दोस्रोमा बौद्धधर्मी ( ९.० प्रतिशत) थियोे । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक  प्रकाशित गरिए तापनि पूर्ण विवरण आउन बाँकी नै छ । त्यसमा बुद्ध–मार्गीको प्रतिशत नघट्ने अनुमान गर्न सकिन्छ । धर्मनिरपेक्ष नेपालमा बौद्ध धर्मीहरूले अपहेलित हुनु परेको छैन । मैले  नेपाललगायत केही मुलुकका प्रमुख बौद्ध स्थलहरूको अवलोकन गर्ने अवसर पाएको  छु । यसलाई  सुखद स्मृतिमा राखेको  छु । बुद्ध जन्मभूमि नेपालको  लुम्बिनीमा धेरै वर्षअघि भ्रमणमा जादा त्यहाँको पवित्र मानिएको माटो केही मात्रामा बटुलेको थिएं र बैंककमा सरकारी काममा पुगेको समयमा अन्तर्राष्ट्रिय श्रम सङ्ठन, क्षेत्रीय कार्यालयका बौद्ध–धर्मी निर्देशकलाई उपहारस्वरूप त्यो माटोको थैली प्रदान गर्दा खुसी भई ज्यादै प्रशंसा गर्नुभएको बिर्सन सक्दिन्न । बैंककको स्वर्णशीलालगायत सुनबाट निर्मित बुद्धमूर्तिहरू हेरेर आश्चर्यमा परेको छु । भारतको बोधगयास्थित सम्बोधिद्वार, बोधी–वृक्ष, विशाल बुद्ध मन्दिर तथा बगैंचा, विभिन्न राष्ट्रहरूले बनाएका बुद्ध–मन्दिर, चरूरूैत्य, महाविहार घुमेको छु । पाकिस्तानको तक्ष्शिलामा  बुद्धकालीन पुरातात्त्विक महत्त्वका स्थान र वस्तु संरक्षण गरेको हेरेको छु । श्रीलङ्काको ताम्रशिला पुगेको छु । अस्ट्रेलियाको सिड्नी सहरनजिक रहेको shan nan tien temple को डाँडोमा रहेको सुन्दर तथा विशाल भवनको भित्रपट्टी बु्द्धको ठूलो मूर्ति र डाँडैभरि बुद्धका विभित्र आकृतिका स–साना मूर्तिहरूको चक्कर लगाएको छु । अन्य मुलुकहरूमा पनि बुद्धका साना–ठूला मूर्ति, चरूैत्य स्थापना गरेर सफासुग्घर अवस्थामा राख्ने गरेको देखिन्छ  । बौद्ध धर्म –दर्शनको सर्वकालीक महत्त्वको सम्बन्धमा उल्लेख गर्दा धेरै लामो हुने भएकोले विज्ञ पाठक वा रूचि भएका व्यक्तिले प्रकाशित सामग्री वा सामाजिक सञ्जाल न्ययनभि बाट खोजी गर्नुहुन आग्रह गर्दछु । हाल मसंग बुद्धसम्बन्धित यी किताबहरू सङ्ग्रहमा रहेका छन् ः 
१. विश्वका प्रमुख धर्म, लेखकः लीलाप्रसाद सापकोटा, प्रकाशकः नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौं, २०७२
२. बौद्ध गन्धार– इतिहास, कला र वास्तुकला,  ले. इशान एच. नदीम, नेपालीकरणः राजन कार्की, प्र. नियाज अहमद, लाहोर, पाकिस्तान, २०६६
३. असल शिक्षा, ले. भिक्षु अश्वघोष, प्र. शाक्यमुनि विहार, लुम्बिनी, २०६५
४. २१ ओैं शताब्दीमा बुद्धको शिक्षा किन ? , ले. भिक्षु अश्वघोष, प्र. दुर्गादास रञ्जित, टेकू, काठमाडौं, २०५८
५. कर्म र कर्मफल, ले. भिक्षु  अश्वघोष महास्थविर, अनुवादकः भिक्षु संघरक्षित, प्र. सत्य सन्देश प्रचारक प्रकाशन, २०५८
६. बौद्ध –ज्ञान, ले. भिक्षु अश्वघोष, प्र. धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी, नघः टोल, काठमाडौं, २०४९
७. बुद्ध र बुद्धवाद भाग –१,  ले. ऊ ऋे. माउं, अनुवादकः भिक्षु ज्ञानपूर्णिक the corporat body of the buddha educational foundation taiwan २0४८
८. बुद्ध र बुद्धपछि, ले.प्रकाश बज्राचार्य, प्र. धर्मकीर्ति प्रकाशन, काठमाडौं, २०४८
९. बौद्ध प्रश्नोत्तर, ले.  धम्मवती, अनुवादिकाः दिलकमल तुलाधर, प्र. धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी , नघः टोल, काठमाडौं, २०४६ । आदि । (२०७९ माघ २१ शनिबार )