दार्जीलिङ्गमा बस्ने नेपालीहरूले आफ्नो चिन्हारी, आफ्नो अस्तित्वको निम्ति आवाज उठाएको अहिलेदेखिको होइन । यसको शुरूआत भएको थियो १९०७ सालदेखि । युद्ध छेडिन्छ पहिले मानिसहरूको हृदयमा, रणभूमिमा होइन । थिचो मिचो, शोषण, अन्याय र तिरष्कारको जाँतोमा पिंघिएका नेपालीहरूले के माँग गरेनन् – प्रादेशिक स्वयत्तता, केन्द्रिय शासित राज्य, उत्तराखण्ड, गोर्खास्थान, आसाम वा सिक्किमसित गाभ्ने माँग, गोर्खालाय्ण्ड – सबै मागे । नामकरण जेसुकै भएपनि लक्ष एउटै थियो – छुट्टै राज्य गोर्खालाय्ण्डको माँग । यसै माँगलाई साकार गराउन अप्रिल १९८६ देखि श्री सुबास घिसिङको सबल नेतृत्वमा संचालित गोर्खा नेशनल लिबरेशन फ्रण्ट आन्दोलनमा उत्रियो । कमान, बस्ती, गाउँ र शहरका जनसमूहलाई उनले आन्दोलनका निम्ति तयार गरे, एकाम्मे पारे ।
१८१४ सालमा भएको भारत–नेपाल युद्ध हुनुभन्दा धेरै अघि दार्जीलिङ्गको यो भूभाग नेपालले सिक्किमबाट जितेको थियो । यो भूभागमा गोर्खाहरू आएर बसोबासो गरेको कुरा १७८९ तिर नेपालका जयन्त खत्री र जहर सिंहहरूले टिस्टामा खुँडा पखालेका कुराबाट स्पष्ट हुन्छ । सुगौलीको सन्धि अनुसार नेपालले दार्जीलिङ्गको यो भूभाग ब्रिटिसहरूलाई सुम्पनु प¥यो । १८१७ को तितलियाको सन्धि अनुसार ब्रिटिसले यो भूभाग सिक्किमलाई सुम्पे । नेपालका कतिपय लाप्चेहरूले सिक्किमको तराइ खण्डमा अलिक उपद्रव मचाउँदा ब्रिटिस सरकारले जाँचबुझ गर्न क्याप्टेन हर्बट र जे. डब्लू. ग्राण्टलाई पठाए । ग्राण्ट र लोयड अघि नै आइपुगेका थिए । दार्जीलिङ्गको जलवायु, यहाँको प्राकृतिक सौन्दर्य र यो ठाउँको सामारिक महत्व बुझी यो ठाउँलाई लिन अति आवश्यक छ भनी तिनीहरूले सुझाव पठाइसकेका थिए । त्यसपछि सिक्किमले १३८ वर्गमीलको साना भूभाग ब्रिटिसहरूलाई हावापानी फेर्नका निम्ति दिए । पछि जोसफ हूकर र डा. क्याम्पबेललाई सिक्किमले पक्रेर थुन्दा ब्रिटिसहरूले अहिलेको दार्जीलिङ्ग सिक्किमबाट खोसे । १८६५ मा भोटाङ युद्ध पश्चात् ब्रिटिसहरूले कालिम्पोङ र डुवर्सको भाग खोसी दार्जीलिङ्गमा गाभे । १७०६ मा भोटाङले सिक्किमबाट कालिम्पोङ आफ्नो अधिकारमा ल्याएको थियो ।
१९०५ मा बंगाल विभाजित भएपछि दार्जीलिङ्ग भागलपुरसित गाभियो । पछि १९१२ मा पुनः बंगालसित मिलाइयो । १९१७ मा श्री खड्ग बहादुर क्षेत्री, सरदार बहादुर लेडेनला, डा. येनसिंग, सिटलिङ लगायत र अन्य सदस्यहरूले यहाँको भूगोल, इतिहास, भाषा र संस्कृति फरक छ भन्ने तथ्यलाई गुरूत्व दिई दार्जीलिङ्ग र डुवर्सलाई छुट्टै राज्य बनाइनु पर्छ भनी बंगाल सरकारको सेक्रेटरी कहाँ एउटा स्मारक पत्र चढाए । त्यसपछि गोर्खा लीग, काँग्रेस, कम्युनिष्ट, प्रान्त–परिषद, इत्यादि राजनैतिक दलहरूले बंगालदेखि दार्जीलिङ्गलाई छुट्टाएर अलगै एउटा राज्य बनाउने दाबी गरे, तर सफल भएनन् ।
दार्जीलिङ्गका निवासीहरूका धेरै गुनासोहरू छन् । यहाँका मानिसहरू गरीब छन्, अनि सधै थिचिएका छन् । उच्च शिक्षाको यहाँ केही बन्दोबस्त छैन । डाक्टरी, इन्जिनियररिङ, तेक्निकी एवं अन्य व्यवसायिक शिक्षाको यहाँ केही प्रबन्ध छैन । यहाँका मानिसहरूको निम्ति उक्त शैक्षिक संस्थानहरूमा सीटहरूको आरक्षण छैन । हाम्रो निम्ति बोलिदिने वा एक दुई एम. एल. ए. वा एक दुई मिन्ष्टिर वा डेपुटी मिनिष्टरहरूले बोलेको कसैले सुनिदिएनन् – ढुलोमा चिच्चाएको जस्तै भयो । सरकारी विभागका यहाँका सबै कर्मचारीहरू बाहिरका हुन्छन् । अनि हामी भूमिपुत्र भनाउँदाहरू चाहिँ तेश्रो र चौथो कलमका निम्न कारिन्दाहरू मात्र । यही पीर–मर्कामा पिंधिएका नेपाली जनताले १९८५÷८६ सालतिर सुबास घिसिङ पायो । जनताले उनलाई पुजे, पछ्याए । अनि आन्दोलनको नाउँमा लुगाफाटा, खानेकुरो, पैसामात्र होइन रगत दिए, प्राण न्योछावर गरिदिए, गोर्खालाय्ण्डको सपना बिपनामा परिणत हुन्छ कि भनेर । कसैले छोरा–छोरी, कसैले लोग्ने, कसैले स्वास्नी गुमाए, दुधे बालक–बालिका, बुढा–बुढी सबै पुलिसको गोलीका शिकार भए, आन्दोलनमा होमिए । त्यतिमात्र होइन दल चर्केर दुई फ्याक भएपछि पारस्परिक एवं अन्तर्दलीय झगडामा धेरैले प्राण गुमाए ।
अनि डाह, ईष्र्या, वैमनस्य र शत्रुताले शिर ठाडो गर्ने अवकाश पायो । यो विमारले आक्रान्त भएका विचरा हामीहरू कहाँ जाउँ, के गरौं भन्ने दयनीय र विस्फोटक स्थितिमा पुगेका छौ । जे होस् आन्दोलन चर्केर गयो । सम्पूर्ण विश्वमा गोर्खालाय्ण्डको आन्दोलनको खबर फैलियो । पहाड, तराइ, कमान, बस्ती शहरतिर आन्दोलन भडकियो । बंगाल सरकार र केन्द्रिय सरकार पनि डराए । कुराकानी भयो । दिल्लीस्थित एक पत्रकार इन्द्रजित खुल्लरले जी. एन. एल. एफ. र केन्द्रिय सरकारसित कुराकानी गर्न चाँजो मिलाई दिए ।
पछि यिनै व्यक्ति दार्जीलिङ्गको संसद सदस्य निर्वाचित भए । गोर्खालाय्ण्ड आन्दोलनलाई सही ढंगमा केन्द्रको कानमा पु¥याउन इन्द्रजित खुल्लरले निभाएको भूमिका सराहनीय छ भनी धेरै भन्छन् । फलस्वरूप गोर्खालाय्ण्डको आवरण (नाम) नदिने भयो, अर्थात् गोर्खालाय्ण्ड नपाइने भयो । तर गोर्खालाय्ण्ड भएमा पाइने धेरथोर सुविधाहरू पाइने भयो भन्ने आशामा त्रिपक्षीय वार्ता पश्चात् एउटा स्वीकृति–पत्र जी. एन. एल. एफ., बङ्गला सरकार र केन्द्रिय सरकार बिच समाप्त भयो ।
यस “एकर्ड” अनुसार गोर्खालाय्ण्डको बदलामा “गोर्खा हिल काउन्सिल” स्थापित भयो । काउन्सिलको अधीनमा प्राथमिक र माध्यमिक शिक्षा, स्वास्थ्य विभाग, निर्माण विभाग लगायत अन्य धेरै विभागहरू आए । हिल काउन्सिल भयो, अनि अब हाम्रो सपना पनि साकार हुन्छ होला, बनाउनु पनि पर्छ । यसले हाम्रो सर्वाङ्गीण उन्नति ल्याउँछ भनेर नै हामीले स्वीकार गरेका हौं – हाम्रा युवावर्गले उच्च शिक्षा हासिल गर्ने अवकाश पाउँछन् – डाक्टर, इन्जिनियर र व्यवसायिक शिक्षा पाएका व्यक्तिहरूको बगुन्द्रो देख्न सकिएला, रोजगार सबैले पाउनेछन्, कोही बेकारी हुँदैनन् । हाम्राहरू पनि अन्य ठाउँहरूमा गएर उच्च शिक्षा हासिल गर्नेछन्, गरीबी दूर हुने छ, सबैले मानिस जस्तो भएर बाँच्न पाउने छन् । त्यही उच्च लक्ष राखेर हामीले प्रयास गर्नु पर्छ । काउन्सिललाई सूनको अण्डा दिने पोथी बनाउनु पर्छ । एकैचोटि यी सब सम्भब नहोला । सुन्तलाको बोटलाई पनि घरिघरि बिमार लाग्छ । तर औषधी गर्दै जानुपर्छ । ठीक हुन्छ – बनाउनै पर्छ । तर धैर्य, सतर्कता र एकता चाहिन्छ । – अमृतरत्न तुलाधरको सहयोगमा प्राप्त । यिकतजयचष्शयल२mबष्।िअयm।लउ