Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सरकारको दोधारे नीति छ

२३ मंगलबार , माघ २०८०६ महिना अगाडि

सरकारको दोधारे नीति छ

 सुरेशकुमार पाण्डे - - - 
अहिले शहीद दिवसको दिन बिदा नदिने तर शहीदहरूको सम्मानमा बिभिन्न कार्यक्रमहरू गरेर शहीदी दिवस मनाउँने सरकारको यसपालिको नीति रहेको छ ।
बिभिन्न संग स्थाहरूले सप्ताव्यापी कार्यक्रमहरूको आयोजना गरेर शहीदको सम्झना गर्दै आएका छन् तर सरकारको शहीद प्रतिको उदासिन रबैया रहेको देखिन्छ । शहीद दिवसका दिन शहीदहरूको सम्झनामा स्वयम सरकारले नै कार्यक्रम राखेर उनिहरूको सम्मान गर्नु पर्दथ्यो तर सरकारले त्यसो गर्न चाहेन । छुट्टि पनि नदिने अनि कार्यक्रम पनि गर्नुपर्छ भनेर मात्र शहीदको उपहास र उपक्ष गरेको जस्तो आभास हुन्छ ।
आखिर किन र कसका लगा शहीद भएका हुन यी महान व्यक्तिहरू ? हाम्रो देशका पहिला शहीद भनेर चिन्नेने लखन थापा राणाहरूको सिकार भए । उनले राणाहरूको बिरूद्धमा विद्रोह गरेका थिए । राणाहरूको दमन् अन्याय र अत्याचार बढ्दै गएको अवस्थामा विद्रोहको आवाज बाहिर निस्किन सक्दैनथ्यो । त्यो वेलामा प्रजातन्त्र प्रेमीहरूले राणाहरूको बिरोध गर्दा आफ्नो जीवनको बली चढाएकाछन् ।
आफ्नो प्राणको प्रवाह नगरी स्वतन्त्रताको लागि र राष्ट्रियताको लागि गोलि खाएका फांशिमा झुण्डाइएकाहरूको सम्मानमा राष्ट्रले नै कार्यक्रमको आयोजना गराएर उनिहरूको सम्मान गर्नु तथा गराउंनु पर्दथ्यो ।तर त्यसो गर्न चाहेनन् कताकती नागरिकको मनमा चिसो पसेकै छ । राजनीतिक पार्टीहरूले पनि शहीदको पक्षमा कार्यक्रम व्यवस्थित रूपमा आयोजना गरेको खासै देखिएन । कतिपयले ओपचारिकता प्रदर्शन मुहार पुस्तिकाहरूमा र झिनामसिना कार्यक्रमहरू गरेर गरेको देखियो । किन शहीद प्रती यस्तो उदासिन रवैया अपनाए ?
वि.स.१९९४मा माधवराज जोशीका छोरा शुक्रराज शास्त्री,केदारमान व्यथित,मुरलीधर शर्मा,आनन्दराज,शंकरराज शर्मा लगायतका २१जना युवाहरूले मिलेर काठमाण्डौको असन टोलमा एउटा नागरिक अधिकार समितिको गठन गरे । यसको उद्देश्य थियो सार्वजनिक संस्थानमा गीता लगायतको धर्मपाठ गर्ने न्याको आवाज उठाउने । राणाहरूको बिरूद्धमा जनचेतना फैलाउने ।
राणा बिरोधी उद्देश्यले विधिवत् रूपमा स्थापित राजनीतिक पार्टीहरूमा नेपाल प्रजा परिषद् सबै भन्दा जेठो मानिन्छ । यस्को स्थापना विस.१९९३ जेष्ठ २० गते भएको थियो । टङ्कप्रसाद आचार्य, धर्मभक्त माथेमा, दशरथ चन्द, रामहरि शर्मा र जीवनराम शर्मा यसका संस्थापक नेता थिए । १९९७भदौमा यसको कार्यकारणीको चुनाव हुँदा टंकप्रसाद आचार्य यसको सभापती भए र दशरथचन्द उपसभापती भए । त्यसै गरी रामहरि शर्मा मन्त्री र गंगालाल श्रेष्ठ, गणेषमान सिंह, रामजी जोशी पुस्करनाथ उप्रेति, गोविन्दप्रसाद शर्मा, हरिकृष्ण श्रेष्ठ, चुडाप्रसाद, सिद्दिचरण श्रेष्ठ आदि यसका सदस्यहरू भए । उनिहरूले लुकि छिपी राणाहरूको बिरूद्धमा पर्चा छपाउने र ति पर्चाहरूलाई लुकेर भिडभाडमा छर्ने गर्थे ।यसमा श्री५त्रिभुवनको पनि अप्रत्यक्ष सहयोग रहेको थियो । कैयौं क्रान्तिकारीहरूको उदेश्य राणाहरूलाई फालेर देशभित्र सुव्यवस्था ल्याउने नै थियो । राणाहरूले यसको सुइँको पाइसकेका थिए ।रामजी जोशिले राणाहरूको समक्ष पोल खोलेका थिए । त्यो वेलाको सरकारले गोरखापत्रमा इस्तहार नै छपाएर यसका सदस्यहरूलाई गिरफ्तार गराउँनेलाई  ५०००÷पांच हजार इनामको घोषणा गरेको थियो ।
यो पार्टीका नेताहरूको व्यापक गिरफ्तरी भयो ।राणाहरूले उनिहरूलाई विद्रोही सावित गराई सुनाउँन जनरल शंकर शमशेरको नेतृत्वमा बाल कृष्ण शमशेर,गंगा बहादुर, मानबाहादुर, उपेन्द्र पुरूष ढकालको पाँच सदस्यिय विशेष अदालत गठन गरायो । गिरफ्तार भएकालाई गम्भिर यातना दिएर सावित गराइयो ।
यो अदालतले गंगालाल,दशरथ चन्द,शुक्रराज र धर्मभक्तलाई मृत्यु दण्ड र अरूलाई जन्म कैद र कैद गरि ३५जनालाई सजाय सुनायो । टंकप्रसाद,पूर्णप्रसाद,रामहरि शर्मा,ब्राम्हण भएकाले उनिहरूलाई मृत्यु दण्ड दिएन । मृत्युदण्डको सजाए पाएका मध्य १९९७ माघ ९ गते राति शुक्रराज शास्त्रीलाई टेकुमा झुण्डाइयो । शुक्रराजको सरिरमा “सरकारको विरोध गर्नेको यस्तो हालत हुन्छ’ भन्ने इस्तिहार लेखिएको कपडा राखेर एकदिन त्यस्तै राखियो । यस्तो व्यवहारले राणाहरू कति सम्म अत्याचार गर्न सक्दा रहेछन् भन्ने पुष्टी गरेको छ । त्यो वेला १०४वर्ष सम्म जनतामा अथाहा अन्याय अत्याचार गरेर नै सरकारमा आसिन रहिरहेका थिए ।
माघको ११ गते धर्मभक्तलाई सिफिलमा झुण्ड्याइयो । माघको १४गते गंगालाल र दशरथ चन्दलाई विष्णुमती भौंचाखुसीमा गोली ठोकेर मारियो । यसरी त्यो प्रजापरिषद माथी निर्मम दमन गरिएको थियो । आज सबैले शहीदको योगदानको व्याख्या र उनिहरू प्रती सम्मान् गर्दै त्यो दिनलाई सम्झिएका छन् ।
आज देशभित्र गणतन्त्र आयो भनेर राजगर्नेहरूले कम्तिमा शहीदको अपमान त नगरून् । आजको यो व्यवस्था समेत त्यही प्रकारले तानाशाही बन्ने अभ्यास गर्दै आएको छ । शहीदहरूले देखेको सपना यस्तो थिएन होला । शहीदहरूले अखण्ड देश र सुव्यवस्थाको लागि आफ्नो बली दिए पनि राज्यले योगदानलाई भुलिसक्यो ।
प्रजातन्त्रको नाउमा राणाहरूबाट खोसेको राज्य व्यवस्थामा राजाहरू आसिन भए । २००७सालको त्यो आन्दोलनले राणाहरूलाई सत्ताबाट हटाएपनि राजा त्रिभुवनले जनता र ती शहीदहरूको रगत सुकी नसक्दै २००८ साल देखि आर्को उस्तै निरङ्कुश व्यवस्था लाधे । राजा त्रिभुवनका सन्तानले पालैपालो ३२ वर्ष सम्म राज गरे । फेरि जनताहरूले परिवर्तन खोजे, सङ्घर्ष गर्नु पर्यो । तर परिवर्तनपछिको सरकार समेतले निरंकूश शैली अपनाएर तानाशाहीको अभ्यास गर्दै आएको छ ।
यो देशलाई विदेशीको आँगनमा धरौटी राखेर परिवर्तनकारीहरूले सङ्घीयता चलाउने प्रयास गर्दै आएको छ । देशका सबै नागरिकहरूलाई ऋणी बनायो । हिंजो पृथ्वीनारायणले बनाएको अखण्ड देशलाई टुक्रा टुक्रा पार्यो । अनि देशमा आठौटा सरकार नौवटा सदन चलाएर । देशलाई हरिकङ्गाल बनाउन कुनैपनि कसर बाँकी राखेको छैनन् । रोजगार विहिन युवाहरूको विदेशमा पलायन हुँदै आएको जगजाहेर छ । सरकारले उनिहरूको उर्जामान शक्तीलाई देशभित्र नै काममा लगाउने योजना बनाउँदैनन् । श्रोत साधन हुँदाहुँदै पनि आधार बनाउँने पहल गर्दैन । रेमिटेन्समा र देश धरौटीमा राखेर ऐयासी गर्दै आएका छन् सरकारका मन्त्रीहरू । यसरि यो देश कतिदिन सम्म स्वतन्त्र रहनसक्छ होला ? हामी आफैले अनुमान लगाउँ ।
यस्तो सरकारसँग नागरिकले के अपक्ष राख्ने ? 
आज संसारभरीमा नेपालीहरू उपहासका श्रोत बनेकाछन् । नेपाली जनताहरू शहीद हुनकै लागि जन्मिएका हुन की जस्तो लाग्न थाल्यो । पटक–पटकको गृहयुद्ध र विदेशीहरूको रक्षक बनेर उनिहरूको छातिमा लाग्ने गोलीको ढालबन्दै आफ्नो अमूल्य जीवनलाई नष्ट गर्न बाध्य भयकाछन् । आखिर विर गोरखालीहरूको योगदानको अबमुल्यन कहिले सम्म ? देश परनिर्भर कहिले सम्म ? कहिले देशका पिडित जनताले न्याय पाउंछन् ? यी र यावत प्रश्नहरूले आज हाम्रो मष्तिष्कमा घर जमाएको छ । प्रधान मन्त्री बनेका पुस्पकमल दहालले भन्छन् राजदरवार हत्याकाण्डको फाइल खोल्छु, खै त ? छानविन गराउन कसले रोकेको छ ? निर्मला हत्याकाण्डदेखि अनेक काण्डहरू, कालापानी लगायतको भूभागको अतिकर्मण भूभागलाई फिर्ता ल्याउंने र देशको सम्पत्ती लुटेर बसेका देशका डिफाल्टरहरूबाट देशको पुंजिको असुली आदि त जनताहरूले नै चाहन्छन् । तर प्रधानमन्त्रीले कहिले हो पहल गर्ने ? वा पहिलेकै जस्तो वार्गेनिङ् गरेर सरकारमा बसिरहने र सिन्को नभाँच्ने त्यो पनि भन्दिनु पर्ने हो । यो देशको बेहाल यसैगरी अघि बढिरहेको छ ।