Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

शिक्षा प्रणालीमा गिर्दाे अवस्था

१७ बुधबार , माघ २०८०१० महिना अगाडि

शिक्षा प्रणालीमा गिर्दाे अवस्था

सुरेशकुमार पाण्डे - - -
कुनैपनि देशलाई कम्जोर बनाउँनु छ भने त्यो देशको शिक्षा प्रणाली,उत्पादन् र अर्थ ब्यवस्थालाई कम्जोर बनाइ दिएपछि त्यो देशलाई नामेट पार्न सकिन्छ । यो साम्राज्यवादीको रणनीति नै हो ।
उनिहरूले सबैभन्दा पहिले शिक्षामा प्रहार गर्छन् । व्यापारमा आकारमण गर्छन् । ब्यापार उद्योगिक स्वरूपको भन्दा आयात मुखी भयो । शिक्षा पङ्गु भयो अर्थ व्यबस्था डामाडोल भयो भने देशपनि गयो । तर हाम्रो देशमा हामि आफैले नै सबै भन्दा पहिले शिक्षाको विरूद्धमा आकारमण गर्नुपर्ने अवस्था सिर्जित भयो । राणा शाशनको कालमा राणाको गुणगान गर्नुपथ्र्यो तर शिक्षा नै थिएन भनेपनि फरक नपर्ला । राजाको पालामा राजतन्त्रको गुणगानका पाठ्यपुस्तकको बिरूद्धमा सङ्घर्ष गर्नुपर्यो । त्यो वेलाको शिक्षा बहुमुखी प्रतिभा उत्पादन गर्ने खालको थिएन । यद्यपि आज शिक्षणसंस्थाहरु राजनीतिक कार्यकर्ता उत्पादन गर्ने कारखानाजस्ता बनाइए । न हिजो शिक्षानीति ठिक थियो, न आज नै शिक्षानीति ठिक छ । राजनीतिक झोले उत्पादन गर्ने र बैदेशिक रोजगारीमा जानुपर्ने शिक्षानीतिका कारणले नेपालको वर्तमान र भविष्य दुबै अँध्यारो हुँदै गएको देखिन्छ । चिन्ता कतै छैन ।
सधैभरीका दिन एकनासका हुँदैनथे । हामीले देशमा गणतन्त्र आएपछि सरकारी स्कुलहरूमा राजनीति गर्नुको सट्टा विध्यार्थीहरूलाई पढाईमा जोड दिन लगाउने र राजनीति गर्न कम्तिमा क्याम्पस भन्दा तल नसिकाउने हुनुपर्द्थ्यो । केही पाउनका लागि केही गुमाउनु त ठिकै पनि थियो तर सर्वस्वनै गुम्यो । गुमाउँदै छौं ।
पाठशालाहरूमा राजनीतिक पार्टीहरूले धमाधम राजनीतिक संगठनहरू निर्माण गर्नथाले । जताततै आ–आफ्ना युनियनहरू बनाए साना कलासदेखि ठूला क्लास विद्यार्थी र शिक्षकहरु राजनीतिकरण गरियो । स्कुलमा पढाई भन्दापनि पक्ष विपक्ष बिचको राजनीति कपर्दी सुरूभयो । त्यो वेलादेखि अहिलेसम्म सरकारी स्कुलमा अबस्था राजनीतिमय छ । त्यसको ठुलो फाइदा निजी शिक्षा माफियालाई भयो ।
सबै परम्परा निश्चित रूपमा खराब थिएनन् होला ? तर सबै परम्परा संस्कारको आमूल परिवर्तनको नाउँमा बिरोध गरियो । परिणाम बिदेशी आयातित धर्म संस्कारले ठाउँ पायो । नेपालीत्व हरेक दिन मटियामेट हुनथालेका छन् ।
त्यसैको परिणाम त्यसपछि शिक्षाको स्तर डाउन हुँदै गयो । हेर्नुहोस् पञ्चायती कालमा सरकारी स्कुलको अबस्था र अहिलेको अवस्था तुलनात्मक रूपले भएपनि पञ्चायती व्यबस्थामा सरकारी स्कुलमा शिक्षाको अवस्था राम्रो थियो । अहिले सरकारी स्कुलको अबस्था दयनीय छ । निजी स्कुलको बड्दो प्रभाव र सरकारी स्कुलको दिनानुदिन घट्दो अवस्थाले शिक्षा प्रणालीमा कम्जोरीलाई प्रष्ट पार्छ ।
पञ्चायत ठिक थिएन, बहुदल ठिक भएन, लोकतन्त्र पनि ठिक हुनसकेन ।
सरकारी स्कुलमा राजनीतिकरण दिनानुदिन नारा जुलुसले गर्दा नीजि स्कुललाई व्यापक फाइदा भयो । धमाधम निजी स्कुलहरू खुल्दै गए । सरकारी स्कुल बन्द भए वा त्यो बन्द हुने कगारमा छन् । आज सरकारी स्कुलमा नोकरी चाहिने त धेरैछन् तर आफ्ना बालबालिकाहरूलाई निजी स्कुलमा भर्ना गर्छन् । यस्तो अबस्था छ देशको । सरकारी कर्मचारी बन्नैका लागि निजि स्कुलको सहारा लिनुपर्ने देखिन्छ ।
सरकार स्वयम यिनै स्कुलहरू लाई अचानो बनाएर बनेको हो तर अहिले उनै सरकारमा बसेकाहरूले स्कुल र अस्पत्ताल खोलेका छन् । अनि सडकमा आएपछि उनैले निजीकरणको बिरोधी नारा लगाउँनेछन् । सर्वत्र व्यापारिकरण देखिन्छ ।
देशी बिदेशीहरूको मण्डी बनेको छ । शिक्षा नीजि व्यक्तिको हातमा छ । स्वास्थ्य भन्ने हो भने झनै डामाडोल छ । अनि कसरी देशले आफ्नो स्वाभिमानको रक्षा गर्न सक्ला ? हामीलाई नोकरी चाहियो भने छिमेकमा गएर नोकरी माग्छौँ । अनि छिमेकीले हेप्यो पनि भन्छौँ । एकतिर सरकारमा बसेकाहरूले छिमेकीकै इसारामा छमछम नाच्दै आज्ञाकारी बन्छन् । अनि विदेशीले हेप्ने नै भयो ।
कसैले पनि बिना स्वार्थको सहयोग गर्दैन् । उनिहरूले हाम्रो देशबाट फाइदा उठाउने उदेश्यले नै कथित मैत्रि सन्धिलाई जारी राखेकाछन् । यदी उनिहरूलाई फाइदा हुँदैन भने एकै झट्कामा सन्धि खारेज गर्थे । हामीले बुझेनौं ।
कसैको देशभित्र साम्राज्यवादको प्रवेश बाजा बजाएर हुँदैन् । बिस्तारै आउँछ  । हाम्रो देशभित्र भारतको सिधा लगानी, अमेरिकी एमसीसी र चीनको बीआरआई पसेको छ । हेर्दै जाउँ यिनले के के प्रवेश गराउँछन् । अहिले हाम्रो देशका ब्यपारीहरू कुनैपनि विदेशी व्यपारीसँग प्रतिस्प्रदा गर्न सक्ने अबस्थामा छैनन् । यदि हाम्रो एउटा उप महानगरमा एउटा बिग बजार खुल्छ भने सबै दोकानदारलाई सुकाइ दिन्छ । किन ? हामी मध्य कसैलेपनि जहाँ एक रूपियाँ सस्तो पाइन्छ, राम्रो क्वालटीको पाइन्छ त्यहीँबाट समान किन्छौँ । विदेशी यसैगरी पसिरहेका छन् ।
अनि हामीले व्यापार गर्न सक्दैनौँ । नेपालीको व्यापार सुकेर गइरहेछ ।
माथि भनेको जस्तै शिक्षा, स्वास्थ्य र व्यापार, अनि वैंक समेतको अबस्था विग्रियो भने देशको अबस्था नै डांमाडोल हुन्छ । आर्को तिर हाम्रो देशको पोषक खानेकुरा हाम्रै बालबालिकाले रूचाउन छाडे । स्कुलहरूमा दौवा सुरूवाल टोपी र आस्कोट कत्तिको लागुभयो ? स्कुलको ड्रेस कस्तो छ । हाम्रा बालबालिकालाई जस्तो शिक्षा मिल्छ उनिहरू पनि त्यस्तै हुन्छन् । हामीले कहिले बुझ्ने विदेशीकरण ?
बाल अबस्था तातो फलाम जस्तै हो । जता घुमाउन खोज्यो उतै घुम्छन् ।
प्रगतिको नाउमा छाडा प्रकारको फेसन, बिदेशी खान्की घर घरमा बन्न थाले । हाम्रा बालबालिकाले गुन्द्रुक आटो, ढेंडो भनेको बुझ्नै छाडे । बर्गर, चाउमिन, चाउचाउ आदिले राज गर्नथालेको छ । यो रोगको बिउ हो भन्ने उनिहरूलाई कसले हो सिकाउने ? जुनसुकै राजनीतिक पार्टीले पनि बिद्यार्थीलाई लड्न भिड्न सिकायो । राम्रो ज्ञानका विषयहरू कसैले पनि सिकाएनन् । एउटै सन्तान् भित्र राजनीतिको रेखा खिचेर आपसमा मर्न र मार्ने कला मात्र सिकाए । जनतालाई आपसमा लडाएर अवरबादीहरूले आफ्नो राजनीति तिर्खा भोक मिटाए । मेटाइरहेका छन् ।
आफ्नो रहन सहन, भेषभुशा, बोलिचाली र आफ्नो देशको सिमाना कहाँ सम्म छ त्यो कसले चिनाउने हाम्रा बाल बालिकालाई ? के यो शिक्षा अन्त्रर्गत पैर्दैन ? 
पहिले राणाहरूले बोल्नै नदिएर मारे, पञ्चायती कालमा शाशकहरूको गुणगाण गर्न र जन्मजात छुवाछुत गर्न सिकाए । अहिले बहुदलिय गणतन्त्रमा घरघरमा छाडा राजनीति भद्रगोल छ । देश नै अस्तव्यस्त पारिसकेका छन् ।
बालबालिकालाई अनुशासनहीन बन्न सिकाउने शिक्षा कस्तो हो ? नैतिक शिक्षामा जोड दिनुको साटो राजनीति गर्न उक्साइरहेका छौं । दोष सरकारको हो, दोष अभिभावक र नीति निर्माताको हो । जिम्मेवारी लिन कोही तैयार छैनन् ।
उनिहरूलाई बा आमाको आय र उनिहरूले छोराछोरीको प्रवरिश गर्दा कति दुःख खेप्नु पर्यो । आज देशका नागरिक कुन कुन मुलुकमा के कस्ता सास्ति खेप्नु परेको छ ? यस्ता यावत बिषय बस्तुहरूको वारेमा जानकारी हुनुपर्छ । जानकारी दिने कसले ? कागजी शिक्षामा भन्दा बढी प्राविधि सीमशिक्षामा ध्यान दिनुपर्छ भनेर नीति नबनाएको कारण नै राजनीतिक असक्षमताले हो भन्ने बुझ्नुपर्छ ।
आज बिना कसुर नेपाली नागरिकहरू कतार, कुवेत लगायतका खाडी मुलुकका जेलमा मृत्युको दिन गनेर बसेका छन् । हाम्रो गणतान्त्रिक सरकारको उनिहरूको उध्दार गर्ने कर्तव्य हुनुपर्छ भन्नेपनि ज्ञान छैन, वैदेशिक रोजगारीमा दुःख छ, देशमै केही गर्नुपर्छ भन्ने शिक्षातिर उत्प्रेरित गर्न कोही अग्रसर देखिदैनन् ।
शिक्षाको अर्थ हो विगत, वर्तमान र भविष्यबारे चिन्तन र चिन्ता गरेर अगाडि बढ्नु । वर्तमान पुस्तालाई अन्धकारतिर धकेलिदैछ, यो खतराको संकेत हो ।