सुरेशकुमार पाण्डे - - - -
बाबाहरू धरै जेलमा छन्, कयौँ अपराधीहरू सबुतको अभावमा मुक्त रहेका आशंका पनि पर्याप्त गरिन्छ ।
अहिलेको अबस्था अत्यान्तै गम्भिर हुंदै गएको किन हो भने बिभिन्न खाले अपराधलाई धर्मको आडमा लुकाउंन सफल भएका अपराधीहरूले गर्दा मानिसहरूको उक्त धर्ममा आस्था पनि क्रमस कम हुंदै गएको छ ।
त्यसैलेपनि धार्मिक कृयाकलाप अहिले शंकाको कठघरामा उभिएको छ । मन्दिर, मज्जिद गुरूद्धारा, चर्स, गुम्बा जुनसुकै भएपनि धार्मिक स्थानबाट मानिसहरूको विश्वास गुम्दै गएको आजको अबस्था हो । त्यस्तै प्रकारको दुखत् समाचार अहिले बिभिन्न मिडियाहरूमा देशभित्रको अर्को आएको छ ।
त्यो हो लिटिल बुध्द भनेर आफुलाई अन्तरराष्ट्रिय मिडियाको मात्र नभै नेपाली मिडिया तथा भक्तजनको ध्यान आकृष्ट गर्न सफल रामबहादुर बम्जन पक्राउ परेकाछन् । उनिसँग ३ करोड ३ लाख र १६ देशका विदेशी मुन्द्रा ३० लाख ९२ हजार बराबरको धन बरामद भएको समाचार पनि छ । धन् पैसा उन्लाई दान दिएको पनि हुनसक्छ भन्ने कयौंको मान्यता पनि छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले प्रकाउ गरेको हो । अहिले उनि जेल मै ध्यानमा छन्, चर्चित बनेका छन् ।
उनलाई पक्राउ गर्न ४ असार २०७७ मा पनि छापा मारेकाथिए तर उनि भागेर आफुलाई जोगाए । २०७६ को पुसमा पनि सिन्दुपालचौक स्थित इन्द्रावती–बांडेगाउँ स्थित तोड्के जङ्गलमा रहेको आश्रममा छापा मार्यो तर खासै कुनै प्रमाण फेला परेन । सवाल के हो भने जतिवेला सम्म सबुत भेटिदैंन, कसैले उस्को बारेमा भन्दैन त्यो वेलासम्म धर्मको आडमा गरिने अपराध जन्या कृयाकलाप देखिदैनन् । यस्ता शङ्कास्पद कार्य र खोजतलास पनि नभएका होइनन् ।
पहिले धर्मको लिवाजमा झ्यास्सै कसैलेपनि शङ्का गर्ने हिम्मत गर्दैनथे । त्यसैले उनिहरू कतिपय अपराधीहरूले आफुलाई धर्मको त्यो लिवासमा ढाकेर जिवनभरी ऐयासी पनि गरे त्यसबारे कसैलाई थाहा भएन । कयौँ धार्मिक दौसालाभित्रका अपराधहरू देखिदैनन् । कतिपय अबस्थामा राजनीति अपराध समेत धर्मकै आडमा हुनेगरेको हामीले देख्छौँ । यस्ता कथित् चमत्कारी ढोंगिहरूबाट हाम्रो अन्धविस्वासी समाजबाट हुर्केको प्रशासन व्यबस्थाका कर्मिहरूले पनि झ्यास्सै हात हाल्न सक्दैनन् । उनिहरूलाई छोप्दा कुनै सङ्कट पो पर्छ की भन्ने डर सबैलाई हुन्छ । अहिलेको यो वैज्ञानिक अबस्थामा छिट्पुट् उनिहरूको पर्दाफास हुँदै आएको देखिन्छ ।
हेटौंडाका महिन्द्र वाइबाले २०७२ चैत १४ बम्जनको सिन्धुली स्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए । हेटौंडाकै विरबहादुर रूम्बाकी छोरी फूलमायां २०६८ बाराको हलखोरिया जंगलमा तपस्यारत बम्जनबाट प्रभावित भएर पछि लागेकी थिइन । उनिपनि सम्पर्कमा नरहेको परिवारको भनाइ छ । नुवाकोट म्यागङ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइंली बहिनी हराएको बताएकी थिइन ।
यसरी उक्त बाबाबाट महिंलाहरू लापत्ता गराएको देखिन्छ । आखिर यसरी धार्मिक स्थलबाट व्यक्तिहरू हराउने कारण उनिहरू निर्दोश छन् भने आफैले ति व्यक्तीहरूको बारेमा यथार्थ केहो ? सार्वजनिक गर्नुपर्थ्यो । जब कयौं पटक उनिहरूले गरेका अपराध पिडितहरू द्वारा बाहिर आउछ त्यसपछि मात्र उनिहरूको बिरूद्धमा प्रसाशनले खोजबिन गर्न थाल्छ । त्यो पनि कछुवाको चालमा, अन्यथा धर्मको लिवाज ओडेका आडम्वरहरूको खिलाफ कसैले उजुरी वा कार्वाही गर्दैनन् ।
पहिले धार्मिक भिच्छुहरू नैतिक हुनाले पछिका उनिहरूका शिष्य जस्ता भएपनि झ्यास्सै कसैले आरोप लगाउन खोज्दैनन् तर आज उनिहरूले त्यो धर्मको लिवासलाई आफ्नो अपराधी गतिबिधी लुकाउने शुरक्षा कबज नै बनाएका छन् ।
हाम्रो छिमेकी देश भारतमा यस्तै खालका ढोंगी बाबाहरूले गरेको अपराध लगातार बाहिर आउने गर्दछ । भारतमा अपराध गरेर त्यहाँबाट भागेका ढोंगी बाबाहरू हाम्रो देशमा आएर अड्डा जमाएका पनि भेटिन्छन् ।
धर्मको बहानामा नाङ्गै घुम्नेहरू पनि भारतबाटै आएका हुन् । साँच्चै भन्नेहो भने नेपालमा दुई दशक पहिले सम्म भिखारी भेट्टिदैनथे । सबै गरिबहरू आपाङहरू समेतले आफुले सकेको काम गरेर जिविका चलाउँथे तर अहिले त देश अन्तरराष्ट्रिय भिखारिहरूको अड्डा नै बनेको छ । ढोंगी बाबाहरू प्रशस्तै देखिन्छन् ।
ज–जसले आफैलाई भगवान सम्झिन्छन् उनिहरू भगवनका भगत नै हुनसक्दैनन् । यस्तै भारतका कयौँ बाबाहरू आशाराम उन्को छोरा साईदाश अनि सिर्सामा सच्चा सौदा चलाएका रामरहिमले आफुलाई भगवान नै ठान्दथे । जस्ले देशको कानुनलाई खेलौना सम्झिनथे । त्यस्तै रामपाल समेत आफुलाई भगवान सम्झिने भुलमा अपराध घेर्दै आएको भारतको हरियाणा राज्यमा छताछुल्लै देखियो ।
अहिले नेपालमा पक्राउमा परेका रामबहादुरले आफुलाई लिटेल बुद्ध बताउँदै आएका छन् । गौतम बुद्ध आफैले पनि कहिल्यै आफुलाई भगवान ठानेनन् । बरू थुप्रै सम्पत्ती हुँदापनि एउटा भिच्छुको रूपमा आफुलाई चिनाए ।यो छुट्टै कुरा हो मानिसले उन्लाई भगवान बनाए । अनुयायीले भगवानको रूपमा माने ।
अहिले रामबहादुर बम्जनलाई कयौं उन्का अनुवाइहरूले गौतम बुद्ध भन्दापनि एक स्टेप माथि राखेको बताउँछन् । मानिसहरूको आध्यात्मक बिचारधारामा यती धेरै आस्था किन छ ? उनिहरूले एउटा व्यक्तिलाई भगवानको संज्ञा दिएर उसैबाट आफ्नो इच्क्षा चाहान पुरा हुन्छ भन्ठान्छन् । आस्था अचम्मको छ ।
यस्तो कृयाकलाप भनेको मानिसको पागलपन हो । अहिलेको विज्ञानिक युगमा पनि आफुलाई अन्धविस्वासको भमोरिमा फसाएर एउटा अपराधीमा भगवान देख्नु भनेको राम्रो बिषय हुनै सक्दैन् तर रामबहादुर बम्जनको बारेमा भने निश्पक्षिय छानबिन हुनैपर्छ । उनि सहि छन् भन्नेलाग्छ भने कानुनलाई स्वतन्त्र रूपबाट छानविन गर्न दिनुपर्छ । कुनै व्यक्ती सहि छ, गलत छैन भने उसलाई लागेको आरोपमाथी व्यापक छानविन गराउन किन डराउँने?किन छानविन गर्न रोक्ने?किन आफुलाई भगवान भनेर चिनाउने ? यी याबत प्रश्नहरू हाम्रो बिचमा खट्किन्छन् ।
कुनैले रामबहादुरलाई गौतम बुद्ध भन्दापनि माथी राखेर त्यो प्रती आस्था राख्छ भने । स्वयम उसैको बारेमा पनि छानबिन हुनुपर्छ । गौतम बुद्धको अनुवाइ बनेर अरू कसैलाई त्यो भन्दा माथि आकलन गर्छ भने त्यो व्यक्ती पूजा नै हो ।
अहिले हाम्रो देशमा होनहार प्रतिभाहरू जसले देशलाई सकारत्मक रूपमा विश्वमा चिनाउँदै छन् । त्यस्ता होनहार कलाकार खेलाडीहरू माथि बलात्कार जस्तो घिन्लाग्दो बिषयमा जेल चलान हुन्छन् । संदिप लामिछानेलाई अहिले आठ वर्षको कारावासको सजाए सुनाइएको छ । त्यसको लागि कसैले आवाज उठाउँदैनन् । बरू यदी अपराध गरेकै होभने सजायपनि पाउनै पर्छ भनेर उनैका आफन्तिहरू र शुभ चिन्तकहरूले भन्छन् । एउटा आफुले आफैलाई भगवान भन्दापनि माथि राखेर कानुन सँग केही वर्ष देखि आँखमिचोली गर्दै आएको छ । उसको पक्षमा आफ्नो पराण सम्म त्याग्ने कुरा गर्छन् । यो हाम्रो समाजको ठुलो बिडम्वना नै हो ।
कसैलाई पनि सहि गलत उस्को निश्पक्षिय छानविनबाट नै हुनसक्छ ।
यदी कसैको पनि दोष प्रमाणित हुन्छ भने उसलाई नियम कानुन अनुसारको सजाय हुनुपर्छ । त्यो रामबहादुर बम्जन होस् वा संदिप लामिछाने । तर कसैलाई पनि बिना छानविन राजनीतिक दवामा सजाय वा संरक्षण नहोस् । न उनिहरूको भविष्य सँग खेलवाड गरियोस् । त्यही यो देशका जनताहरूको मत हो । जनता न्यायप्रेमी छन्, कानुनव्यवस्थाको मजबुती चाहन्छन् तर राजनीतिक र प्रशासनिक अपराधकर्म किन बढिरहेको छ, त्यो भने लोकतन्त्रको मर्मविपरित छ ।