– सागर पाण्डे - - - -
हामीले हाम्रा बुद्ध बिश्वमा फैलिउन भन्ने चाहान्छौ भने समाजबादी क्रान्ति दुनियाँभर फैलियोस भनेर रूसि नेता मात्रै होइन मार्क्स र एङ्गेल्सले पनि चहान्थे अथवा जहाँ असान्ती छ अराजकता छ, त्यहाँ शान्ति र समृद्धि आओस भनेर कस्ले नचाहाला र ? नेपालीमा एउटा भनाइ चर्चित छ “नेपाली नेताहरू बिदेशमा पानी पर्दा यहाँ छाता ओढ्ने गर्छन् ।’ अर्को बलियो भनाइ छ दुनियाँमा असफल भैसकेको सिद्धान्त नेपालमा टिकाउने प्रयास भन्दा नेपाली माटोमै सफल सिद्धान्तको खोजी ।
मैले यो पाना भर्दाभर्दै हाम्रोघरमा ०४१÷०४२ को सेरोफेरोमा सेल्टरको रूपमा बसेका कम्युनिस्ट नेता रूद्रमणी पौडेलको सम्झना आउदैछ, जब तिन्ले ३,४ वटा वारेन्ट खपेर लुकि लुकी देस परिवर्तनको लागि लागे आफुले असङ्ख्य दुख पाए, ०४६ मा देशमा राजनीतिक परिवर्तन भयो उनी रहेनन तर उनको आत्माले भन्दो हो म रहँु या नरहुँ मेरा योगदानले मेरा सन्ततिलाई बल पु¥याउनेछ तर दुर्भाग्य भनौ या परिस्थितिको आवश्यकता परिणाम त्यसपछि पनि देश आन्दोलन र जनयुद्धमा भासियो । २४० बर्ष भन्दा पुरानो राजसंस्थाले घुँडा मात्रै टेक्ने होइन बिस्थापित हुन पुग्यो । त्यसपछि राम्रो केही भएन, हुनसकेन ।
आज लेनिनको सम्झना गर्दा तिनै रूद्रमणी पौडेलको याद आउँछ जस्को एउटा किताब
“रूसको संक्षिप्त इतिहास “ को कारण परिवर्तनको प्यास जगाउने कारण बन्यो, पौडेल काका भन्नुहुन्थ्यो यस्ता तिजका गित होइन जाग जाग तन्नेरी हो झुल्की सक्यो लाल बिहानी, काकाले गितै लेखेर दिनुहुन्थियो, हामीले गायौ तर प्रशासनको कानमा पुगेन, प्रशासनको आँखा र कान निक्कै सजग हुन्थ्यो त्यतिबेला कोहि त तिजमा परिवर्तनकारी गित गाएकै कारण थाना पुग्ने, धेरै त्यस्ता परिवर्तनकारी नेता गुमनाम पारिए कोहि जेलमै सडाएर सिध्याइए तर बाहिर भएकाहरूले लुकि लुकि परिवर्तनको अपरिहार्यताको प्रमाण दिदै गए र जनताको जागरण तह उकासिदै आयो, नेताको त्याग, निष्ठा र जनता नै भगवान मान्ने त्यो बेलाले भित्र भित्रै भुसको आगो सरह प्रभाव बिस्तार गर्दै गयो । आन्दोलन भए तर तिनै आन्दोलनको प्राप्तिले सन्तुष्ट गर्न सकेन र गणतन्त्रको प्राप्तिलाई मुख्य लक्ष्य बनाएर माओवादीले जनयुद्ध गर्यो लगभग २ दशक बित्यो, कैयौं बलिदान भए कैयौं अङ्गभंग, कैयौं बेपत्ता भए राजा अन्तिम भए राजा बिस्थापित हुनपुगे, देशको बिकास अभिजात्य बर्गको प्रतिनिधि राजाकै कमजोरी र लापरबाहीले हुन नसकेको ठहर थियो, अहिले राजा बिदाइ भएको १७ वर्ष पछि पनि लगभग देशले काचुली फेर्न र जनतालाई परिवर्तनको तात्विक अनुभुती दिन सकेको छैन । गणतन्त्र असफल प्राय भइसकेको छ ।
युवा पलायन उत्तिकै छ, कोहि रोजगारीमा कोहि अध्ययनका खातिर । देश कमजोर हुँदै गएको छ । झन खोक्रो हुँदै गएको छ । देशले राजनेता खोजिरहेको छ, महाभारतमा लेखिए जस्तै जब दुनियाँमा छलकपट, भ्रष्टाचार, ब्यभिचार बढ्दै जान्छ तब संतुलनको लागि श्रीकृष्णको जन्म हुन्छ र ब्यभिचारिलाइ दण्ड दिन्छन र सोझा साझा भक्तको उद्धार गर्नेछन्, कहिले आउँछ त्यस्तो दिन नेपालमा ? के नेपाल आमाको गर्भमा त्यस्तो लायक नायक छैन ? जन्मदैन त ?
हो हामीले भताभुङ्ग नेपाल देख्दा आजित हुने गर्छौ तर यस्तो एकैपटक भएको छैन धेरै समयको असफलता र खालिपनको अभाव हो । नेताहरूले त्यहाँ सम्म सबल नेतृत्व गरे, योगदान दिए तर राम्रा नेता जस्तै अरू राम्राले नेतृत्व पाएनन् वा अगाडि आउन सकेनन् र तिनै भ्रष्ट र शक्तिशाली पटकपटक जनताको कर र देशको राजस्व लुटमा बिजेता बन्दै आए । यिनकै हालीमुहाली छ ।
छिमेकी देश चीन र भारत हेर्दा बिश्वमै अग्रपंक्तिमा आउँछन तर बहादुरको देश दिनानुदिन गल्दै छ । राम्रा मिल्दा उदाहरण जहाँको पनि लिदा हुन्छ त्यस्ले फरक पार्दैन तर ति ज्ञानको प्रभाव बारे भने जानकार हुनैपर्छ, यो सन्सारका भौतिक बिकास कुनै एउटाको कारण सम्भव भएको होइन यस्मा हजारौं लाखौको बर्शौको त्याग मिहिनेत र बलिदानले बनेको छ । अहिले पुराना नेताहरूका पोस्टर देख्दा पनि युवाहरूलाई एलर्जी हुन्छ किन ? के तिनीहरूको योगदान छैन ? के सबैले चप्पल पडकाएरै पजेरो चढे महल बनाए ? सायद अहिले पनि हेरियो भने माओवादी नेता बैद्यबा जस्ता सोझा र स्वच्छछवि भएका धेरै छन् तर तिनीहरूलाई चौथो आँखाले दृष्टि लगाउन भ्याउँदैन वा फुर्सद छैन, यहाँ कर्मचारी र नेता मात्रै बिग्रेका छैनन्, हरेक पेशाकर्मी बिग्रीएका छन, मिसावट ब्याप्त छ, तस्करी, कालोबजारी, भन्सार लूट, वकिल, प्रहरी, न्यायाधीश, इन्जिनियर, डाक्टर, ठेकेदारदेखि पियनसम्म भ्रष्टाचार र अनियमितता हाबी छ, भ्रष्टाचार गर्न सक्ने र लाइन मिलाउन सक्ने मन्त्री र सचिवको खोजी हुन्छ यहाँ । लथालिङ्ग अवस्था बढ्दो छ ।
पृथ्वीनारायण शाहको सालिकमा थुक्दा ब्यक्तिगत धारणा व्यक्त गरेको कुरा मान्ने, झन्डा जलाउँदा मुक्दर्शक हुने प्रहरी अचम्म छ, सयौ फुलका थुगाको देशको राष्ट्रिय गितको मर्म नबुझ्ने परिवर्तनकारी राजनीतिक नेताको कमजोर र निरिहता देख्दा हिजो को सेना हातमा नभएको पुर्बराजाको सम्झना आउँछ । धेरै भनेर नलागेपछी अन्तिममा भन्ने एउटा कथन छ, सतिले सरापेको देशमा राम्रो गर्नेको भलाइ हुदैन, पशुपतिनाथकै कृपाले हामी बाँचिरहेका छौ ।
नेपालले बिगतमा बहादुर शासक पनि पायो, एकसे एक देशप्रेमी बहादुर सेनापती पनि पायो, देशको लागि लड्ने मरिमेट्ने नेपाली पनि पायो, तमाम ऋषि मुनि र प्रकृति र श्रोतले भरिपूर्ण भुमी पनि पायो तर ती सङ्गै कमजोर, लाचार र मुडि राजाहरू पनि पायो । अहिले मति बिग्रका नेता पाएको छ । तिनै केही बिग्रेका भाइरसका कारण रोगले अर्को रूप लियो । भिमसेन थापा, अमरसिह थापा, भक्ती थापा, बलभ्रद्र कुवरदेखि जङ्गबहादुर, राम्रो काम गर्दा धनकुटा लखेटिने राणा प्रधानमन्त्री, जुद्ध शमसेर देखि चन्द्र शमशेर सम्मले केही सुधार सङसङै आफ्नो शक्ति बलियो पारे तर जङ्ग बहादुरलाइ जङ्गे पिलर र नयाँ मुलुक नेपालमा गाभ्न सफल काम र अङ्ग्रेजलाई सन्तुलनमा राखेर काम गर्न सक्ने शासक मानिन्छ ।
नेपाललाई लिच्छविकाल र मल्लकालको कला कौसलको बिरासत सम्पदाको रूपमा प्राप्त छ जस्को आकर्षण र कथाले बिश्वका पर्यटकको पर्यटनको लागि बिदेशी मुद्रा आर्जन गर्ने बलियो आम्दानी बनेको छ । तर... क्रमश...