सुरेश कुमार पाण्डें– - - -
नेपाल छिमेकीबाट फाल्ने फाल्ने कवाड खाना भयो ।
सबैलाई थाहा छ यो देवभित्र बिबिध धर्म जात भाषाहरू छन् । उत्पादनका तमाम् श्रोतहरू छन् तर यो देशले आफ्नो मौलिकता गुमाउँदै आएको छ । हाम्रो भेश भुशा र भाषा धुलिंदै गएको छ । दुधभन्दा धेरै पानी राखिरहंदा त्यो सेतोपन त छ तर बिस्तारै त्यसको दुधको गुणहरू सकिंदै गएको हुन्छ । त्यही प्रकारको देशको अबस्था छ ।
अहिले एकातिर भारतले हिन्दु धर्म संकटमा छ । आर्कोतिर इसाई धर्म फैलाउँदै लगेको अबस्था छ । यही अबस्था देशको रहिरहने हो भने भबिष्यमा धर्म युद्ध हुने खतरा छ । धर्म जुनसुकै भएपनि देश र समाजको हितबिपरित हुनुहुँदैन ।
प्रसङ्ग बदलौँ ! अरूका कमसल सामान बेच्ने बजार बन्यो ।
एकपटक जापानले आफ्ना पसुहरू समेतलाई दिन नमानेको मकै नेपालमा आएर बिक्री भएको थियो । त्यो जापानी मकैको आटो नेपालका जनताले पचाए । त्यस्तो आटो पनि नेपालका भोकाजनताले खाए । भारतका गोदामहरू कुहेको भुजिया, चामल, जुनसुकै बस्नु पनि नेपाली जनताले पचाउने गरेका छन् । नेपाल भारतको राम्रो बजार हो, जहाँ गुणस्तरहीन सवारी पनि गुडिरहेकै छन् । खाद्यान देखि लिएर कपडा, मसिनका समानहरू त प्रयोगमा आएकै छन् । त्यो त भयो समानहरूको बिषय यहाँ त भारतमा देशद्रोही भनेर जेल सजाए पाएका बाबाहरू र उनिहरूका प्रवचनका ठुलाठूला ग्रन्थहरू नेपालको गल्लिगल्लीमा पुराइएको छ । खास गरेर आध्यात्मकवादी बिचारधारामा आस्था राख्नेहरूको माझमा ति बाबाहरूका प्रवचनका पुस्तकहरू निशुल्क बितरण गर्ने गरिएको छ । भारतीय केही बिबादित् तर पावरफुल बाबाहरूको बारेमा जानकारी गराउने प्रयात्न गरेको छु ।
१. अशुतोष महाराजः– पंजावको दिव्यज्योती जागृती संस्थानका संस्थापक ।ज नवरी सन २०१४ मा हृदयघात बाट मरेका थिए तर उनैका अनुवाइहरूले उनलाई मृत मान्न इन्कार गरे । उनलाई जलाउन दिएनन् । पंजाव र हरियाणा हाइकोर्टले ५ जुलाई २०१७मा उन्को मृत शरीरलाई एउटा शिशाको कोठामा डिप फ्रिजरमा राख्ने अनुमति दियो । त्यो मामिला पछि सम्म बिवादित रह्यो ।
२. चंद्रास्वामीः– उनको असली नाम नेंमी चन्द जैन् हो । उनि करडौंको सम्पत्तिका मालिक थिए । पूर्व प्रधानमन्त्री पिभी नरसिहं रावका नजिकका मानिने गरिन्थ्यो । एक समय उनि भारत देशकै ठूलो पावर ब्रोकर बने । पछि उनिमाथि राजीव गाँधीको हत्यामा संलग्न भएको आरोप लाग्यो । २०१७ मा उन्को मृत्यु भयो ।
३. बालक ब्रह्मचारीः–पश्चिम बंगालको हुगलिमा संतान दलका संस्थापक मेई १९९३ मा मृत्यु भएपछि उनको अन्तिम संस्कारमा ५५ दिन र ४५० प्रहरीको आवश्यकता पर्यो । सरकारद्वारा कयौं नोटिस पठाउँदा उन्का समर्थकहरूले उन्को अन्तिम संस्कार गर्न मानेनन् । त्यसपछि प्रहरीसँग मुठभेड भएको थियो । त्यो आश्रममा केही बमहरूपनि फेला परेका थिए भनिन्छ ।
४. आनन्द मूर्तीः– आनन्द मार्ग प्रमुख पत्रकार, रेलवे क्लर्कर आनन्द मार्गका प्रमुख प्रभात रन्जन सरकारलाई सन १९७१ मा आनन्द मार्गका ६ जना पूर्व सदस्यहरूलाई हत्या गर्ने आरोपमा जेल हाल्यो । यस संस्थाका ८५ देशहरूमा चालिस लाख सदस्यहरू थिए । प्रभात रञ्जन सरकारलाई रिहा गराउने माग गर्दै संस्थाका सदस्यहरूले हिँशा मच्चाए । यो हिंशामा अष्ट्रेलियाको राजधानी कैनबेरामा भारतका कौंसिल जनरलको हत्या र मेलबर्नमा एयर इण्डियाको अधिकारीको हत्या गरियो । काठमाण्डौको भारतिय दुतावास सामु बम बिस्फोट गरियो । १९९५ को पुरूलिया केशमा संस्था जोडियो । यिनको सन १९९० मा निधन भयको थियो ।
५. इच्छाधारी भिमान्दः– सन १९९८मा दिल्लीको एउटा गार्डको नोकरी गर्ने वाला श्रीमूरत दृवेदीले आफुलाई स्वामी भिमानन्द बनाए । २०१० मा सेक्स रैकेट चलाएको आरोपमा उनलाई गिरफ्तार गरियो ।
६. स्वामी नृत्यानन्दः– वेङ्लूरको ध्यानपिठ चैरिटेबल संस्थामा धार्मिक गुरू सन् २०१० मा एउटा तामिल एकट्रसँग आपत्तीजनक विडियो लिक भयो । पूर्व अनुवाइले शोषणको आरोप लगायो र शोषणकै मामिलामा गिरफ्तार पछि रिहा भए ।
७. आशाराम बापुः– गुजरात, मध्यप्रदेश समेत कयौँ राज्यहरूमा उनका आश्रम छन् । उनको गुरूकूलमा दुइजना छात्राहरूको मृत्युपछि भारतीय कानून्ले सिकञ्जा कस्यो । २०१३ मा नावालिग केटीसँग दुराचार गर्ने मामिलामा उनि जेल गए । उनका छोरा नारायण साहिँपनि दुराचारकै मामिलामा जेलमै छन् । भनिन्छ बाबा बन्नुभन्दा पहिले उनि साइकिल मेकानिक थिए ।
८. राम वृक्ष यादवः– उत्तरप्रदेशको स्वाधीन भारत शुभाष सेनाका पूर्व प्रमुख मथुराका धर्म गुरू जयगुरूदेवका शिष्य, २०१६ जव पुलिस मथुराको जवारबागमा डेरा जमाएर बसेका बाबा र उसका २००० भन्दा बढि समर्थकहरूलाई हटाउन पुग्यो । त्यहाँ हिँशाको माहोल बन्यो । यस हिँशामा यादव सहित २४ जना मारिए । पछि जवाहार बागको अतिकर्मणलाई जयगरूदेवको १२ हजार करोड रूपियाँको सम्पत्तिलाई लिएर समर्थकहरूमा भएको बिवादसँग जोडियो ।
९. रामपालः–भारतको हरियाणा प्रदेशको सतलोक आश्रमका संस्थापक । रोतकको करोंथा र हिसारको बरवालामा आश्रम चलाउनेवाला रामपाललाई त्यहाँको सरकारले देशद्रोही, हत्या जस्ता आरोपमा जेल चलान गरेको थियो । हत्याका आरोपी रामपालले सन २०१० बाट २०१४सम्म ४२ पटक कोटमा पेसी दिएनन् । जब २०१४ मा पुलिस उन्लाई गिरफ्तार गर्नपुग्यो । उनका अनुवाइहरूले एक साता सम्म रेल र सडकमा यातायात अबरूद्ध गरेका थिए । साथै आश्रमलाई चारैतिरबाट घेराहाले । उनिहरूलाई हटाउन प्रशासनलाई ठुलाठूला सङ्घर्ष गर्नुपर्यो । बरवाला आश्रमभित्र ५जना महिला र एउटा १८ महिनाको शिशुको सव मिलेको थियो ।
१०. गुरमित रामरहिमः–डेरा प्रमुख सिरसाको बिवादले हरियाणा र पञ्जाबका कयौँ सहरहरूमा देशको अरवौं रूपियाको समपत्ती नष्ट भएको थियो । जब उनलाई प्रशासनले गिरफ्तार गर्ने आदेश दियो । त्यसपछि कयौँ दर्जन हरियणा, पञ्जाब र राजस्थान समेतमा मारिए र कयौँ घायल भए ।
यो हिंशा जब भयो हरियाणाको पञ्चकुला स्थित सिबिआईको स्पेसल कोर्टले २५ अगस्तमा राम रहिमलाई भारतीय दण्ड सहिंताको तिन धाराहरू ३७६ दुस्कर्म, ५०६ डराउने र धम्काउने, ५०९महिलाको अश्मिता सँग खेलवाड गर्ने आरोपमा दोशी साबित गरेर फैसला सुनायो । करिब ४००जनालाई नपुंसक बनाउने आरोप पनि लागेको थियो । २००२ बाट २०१७ सम्म उसको अपराध साबित गर्न १५ वर्ष लाग्यो । उसलाई २० बर्षको सजाए २०१७ मा भएको छ ।
उपरोक्त दश भारतीय शक्तिशाली बाबा जो कुनै न कुनै रूपमा अपराधी साबित भएकाहरूको बिवरण सहित लेख्नुको मुख्य उदेश्य हो, यिनीहरूको हाम्रा नेतासँग पनि धेरथोरै कनेक्सन रहँदै आएको छ । एउटा देशमा अपराध साबित भएर सजाए पाएकाहरूले अर्को देशमा पुगेर त्यहाँका जनतालाई गुमराह गर्ने मौका वा छुट किन ? धेरैअपराध यस्तै ढोंगीबाबाहरूबाट नै भएको पुष्टी भएका छन् ।
छिमेकी देशमा देशद्रोही अपराधको आरोप लागेकाहरू हाम्रो देशभित्र अड्डा बनाउने प्रयास गर्दै आएका छन् । राजनीति र कूटनीति पनि यस्ता मामिलामा जोडिने गरेको छ । यसकारण धर्म धर्मसमभाव मान्ने नेपालीले
खास गरेर कतिपय अराजक प्रकारका नेताहरूले आफ्नो स्वार्थमा धर्मलाई उचालेको पाइन्छ । धर्मको आधारमा र जातिको आधारमा गरिने राजनीति देश र जनताको हितबिपरित नै हुनेगर्दछ ।