Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

काबा जो भगवान शिवभक्त थिए

१७ मंगलबार , पौष २०८०एक बर्ष अगाडि

काबा जो भगवान शिवभक्त थिए

धर्म,  बिज्ञान, र दर्शन कुनै निश्चित  ब्यक्ती, समुदाय, क्षेत्र र राष्ट्रको हुँदैन भन्ने मेरो धारण रहेको छ ।
बुद्ध  नेपालमा जन्मेका थिए । तर आज नेपाल बुद्धिस्ट  रास्ट्र  छैन, तर थाइल्यान्ड, बर्मा,  श्रीलंका, क्याम्बोडिया, जापान, ताइवान बुद्धिस्ट देश छन् । चीन र तिब्बतका बहुसंख्यक जनता बुद्ध धर्ममा आस्था राख्थे÷राख्छन् ।  
सबै धर्मको उत्पत्ति  एसियामै भएको छ । येशू ख्रीस्ट इजरायलमा जन्मनु भएको थियो, जुन एसियामा पर्छ । बास्तवमा  पश्चिममा कुनै धर्मको जन्म भएको छैन । पश्चिमी  जगतका मानिसहरूले हिजो पूर्वमा जन्मेको क्रिश्चियन आस्था अँगाले र त्यसकै  आधारमा आजको आधुनिक बिकास हासिल गरे । आज उनिहरू पुर्बमै जन्मेको हिन्दु र इस्लाम धर्ममा आस्था राख्दैछन् । एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा क्रीस्चियानिटी फैलिरहेको छ । एसियामा हाम्रै उत्तरतिरको छिमेकी देशमा क्रीस्चियनहरूको संख्या  तिब्र गतिमा बढिरहेको भन्ने  तथ्यांक  छ । सबैभन्दा धेरै  बाइबल प्रीन्ट हुने र सबैभन्दा धेरै क्रीस्टमस ट्री निर्यात गर्ने देश चिन हो भन्ने पढेको छु । क्रिश्चियनिटिलाई पश्चिमी धर्म हो भन्नु ठूलो बौद्धिक  दरिद्रता र कन्जुस्याइँ हो भने कुनै पनि धर्मको जन्म नभएको पश्चिमी जगतलाई अनावश्यक श्रेय दिनु हो ।