हाम्रो नेतृत्व सुकरातको नियतितिर दौड लगाइरहेका छन् ।
महान दार्सनिक सुकरातलाई आफू सत्यवादी छु कि छैन भन्ने मानसिक द्विविधा प¥यो । उनले डायफोडिल्स (सत्य, असत्य छुट्याउने चरा) लाई सोधे– म सत्यवादी छु कि छैन ? डायफोडिल्सले केही बोलेन । सुकरातलाई आशंका बढ्यो । म त असत्यवादी पो रहेछु कि भन्ने भ्रममा परे र आफूले आफैलाई जाँच परख गर्न विषपान गर्ने निधो गरे । हातमा विषयको प्याला लिए । उनले फेरि एकपटक डायफोडिल्सलाई सोधे– अव म विष पिएर आफूले आफैलाई जाँच्ने तैयारीमा छु । यसपटक डायफोडिल्सले मुख खोल्यो र भन्यो– सुकरात तिमी बल्ल सत्यको निकट पुग्यौ । अर्थात् ८ वर्ष लगाएर संविधान लेखे, संविधानअनुसार दोस्रो आवधिक चुनाव पनि भयो तर नेताहरू आफ्नै सन्तुष्टि र सुखका लागि देशको सन्तुष्टि समाप्त पार्न थालेका छन् । मुलुकको सन्तुष्टिलाई तिलाञ्जली दिएर कथित लोकतन्त्रवादीहरू मुलुकको सन्तुलन समाप्त पार्दै सुकरातको नियतिमा पुग्न पुग्न लागे भन्दा फरक पर्दैन । सिद्धान्त मारेकाहरूको नियति राजनीतिक विषपान नै हो ।