सुरेश कुमार पाण्डें–- - -
सानो र थोरै जनसंख्या भएको देश नेपालमा प्राकृतिक बनावटलाई नियाल्दा स्वर्गतुल्य छ । हिमाल पहाड र तराई,हरियो बन, पानीको संसारमा दोस्रो नम्वरको देशपनि भन्निन्छ । हिमालयको काखमा रहेको यो देश चिसो बतास र राम्रो मौसममा हुर्किएका नेपालीहरू आफ्नै देशभित्र जिवन यापन गर्नसक्ने वाताबरण बन्न नसक्दा हामी संसारको कुनाकुनामा पुग्न बाध्य भएका छौँ ।
रूढिवादी परमपरा र कुसँस्कारको आदि भएकोले होला सारा जिवन नर्कतुल्य बाँचेर पनि मरेपछि स्वर्गको सपना बुनेका हुन्छौँ ।
आज खाडी मूलुकमा ५० डिग्रिको तापमान झेल्न बाध्य भएकाछौँ । चिसो हावा पानीमा हुर्किएका हामी खाडिमूलुकको अघात गर्मि सहन नसकेर कयौँको हृदयघातबाट मृत्यु भएको छ । टाडा नजाउँ छिमेकी मुलुकमा दक्षिण भारततिर कयौं नेपालीहरू हृदयघात वा आत्महत्याको घटनाहरू घटिरहेका हुन्छन् ।
हाम्रा पूर्वजहरूले नेपाल मूलुकमा बञ्जर भूमिलाई आवाद बनाएर दुःख सुख्ख स्वाभिमानी भएर बाँचेका थिए । बन जङ्गलका गिठा तरूल लगायतका कण्दमूल खाएर भए पनि देश जोगाए । स्वाभिमानको रक्षागर्न सफल भए । पछि जब विदेशमा धन कमाउँन जानथाले, खासगरी सन १८१५÷१६ देखी आर्काको देश छिमेकमा पुगेर त्यो देशको लागि आफ्नो जवानीको अमूल्य समय खर्चिंदै आएका छौँ । गोरखा भर्ति केन्द्र खोलेर बिदेशीको षडयन्त्रमा होनहार युवाहरूलाई उनिहरूले आफ्नो देशको रक्षा गर्नका लागि गोर्खा फौज खडा गराए ।
यो सम्झौता अंग्रेजी षड्यन्त्रको परिणाम नै थियो ।
छिमेकी मूलुक भारतलाई आफ्नो गुलाम बनाएको अंग्रेजले नेपालमा आक्रमण नगरेको होइन् तर जब खलङ्गाको नालापानीमा युद्धभयो त्यसपछि अंग्रेजहरू नेपालीहरूको वीरता देखेर आफ्नो योजना बदल्न बाध्य भए ।
नेपालीसँग लडेर होइन बरू नेपालीहरूलाई आफ्नो मूलुकको रक्षा र विकासको लागि खटाएर, उपयोग गरेर धेरै फाइदा लिन सकिन्छ भन्ने उनिहरूलाई लाग्यो त्यसैको परिणाम उनिहरू लड्नु भन्दा सम्झौता गर्नपुगे । आधुनिक हतियारले लेश अंग्रेजहरूको मुकाविला आँसी, बञ्चरा र खुकुरीले गर्ने नेपाली महिंला र वृद्धहरूलाई देखेर अंग्रेजले त्यो जोस जाङ्गर आफ्नो पोल्टामा पार्न योजना बनाउन थाले ।
नेपालीहरूको पौरख कसोगरी चुस्ने?अंग्रेज सरकारको यही सोंचले सुगौलीमा सन्धि भयो र गोर्खा भर्ती केन्दरको सुरूवात भएको हुनुपर्छ । जङ्गबहादुरको बफादारीले पछि नयाँ नेपाल जस्लाई भित्रि मधेश भनिन्छ फिर्ता भयो । त्यो सन १८१५÷१६को सुगौलीमा भएको सन्धिबाट अंग्रेजहरूले कब्जा गरेको मध्यको भूभाग थियो । यसरी ब्रृटिश हुकुमतले नेपालका तत्कालिन असन्तुष्ट भएका नेपाली साशकहरूलाई समेत सन्तुष्ट गर्ने प्रयत्न गर्यो । अंग्रेजले नेपाल देशलाई सुनको अण्डादिने मुर्गा जस्तै ठान्दथ्यो तर पछि नेपाली जनताहरू दुइभागमा बिभाजित भए । राणा सरकार पक्ष ब्रिटिसको सेवा गर्न थाल्यो । नेपाली जनताले स्वाधिन भारतको आन्दोलनलाई समर्थन गर्यो । यसरी नेपालीहरूको भारतीय जनताको मुक्ति आन्दोलन र सरकारी पक्ष अंग्रेज मैत्रि बन्न पुग्यो । परिणाम नेपाली जनतालाई एकातिर अंग्रेज र देशभित्र राणाहरूले यातना दिनथाले । जब भारत स्वतन्त्र भयो त्यसपछिको नेपालसँग गरेको त्रिपक्षिय सम्झौतामा पनि नेपाल सँग गरेका तमाम सन्धि सम्झौता र कवुलियतनामा खारेज भएका छन् ।
सन १९५० मा भएको सन्धिले नेपालमा यो भन्दा अंघिका सबैखाले सन्धि सम्झौता र कवुलियत नामालाई खारेज गरेको देखिन्छ तर व्यबहारमा त्यो लागु भएन वा नेपाली शासकहरूको दब्वुपनले त्यो भूभाग भारतले दिएन । थप अतिक्रमण गर्दै गयो । भारत सन १९४७ मा आजाद भएपछि सन १९४९ मा चीनमा नौलो जनवादी क्रान्ति काम्रेड माओको नेतृत्वमा सम्पन्न भयो ।
त्यसपछि हाम्रो देश एकातिर स्वतन्त्र भारत अर्कोतिर गणराज्य चीनको बिचमा कहिले कता कहिले कता कोल्टे फेर्दै आएको छ । चीनभन्दा नजिक नेपाली समाजले भारतलाई मान्दै आएको तथ्य छ । त्यसैको फाइदा उठाएर भारतीय साशकहरूले नेपाल र नेपालीको दोहन गर्दै आएको कुरा कसैबाट लुकेको छैन । नेपालीहरू वीर छन् बहादुर छन् र मालिकका बफादार छन् भन्ने बुझेका भारतीयले नेपालीलाई आफ्नो र देशको शुरक्षा र घरको देखरेख र घरेलु कामका लागि उपयुक्त ठाने ।
उनीहरू आफैले तोकेको ज्यालामा सकेसम्म कजाउँदै आएका छन् । नेपालीहरू मार्न र मर्न नडराउने बलिया र बफादार हुन्छन् । उनीहरूलाई पेटभरी खान दिए मालिकको लागि जे पनि गर्न पछि पर्दैनन् भन्ने बुझेर कजाउँदै आए । शासकहरू भोका र लोभी भएकाले केही दिए नतमस्तक हुन्छन् भन्ने पनि बुझेका छन् ।
शान्ति तथा मैत्री सन्धिले एकातिर भारतीय जनता देशमा आउँन, कृषि र बाणिज्यमा भागलिन राम्रो नोकरी र व्यपार व्यबसाय गर्न पाउने भए । त्यो मात्रै होइन देशमा आफ्ना नागरिकहरू घुसाएर देश अल्पमतमा पार्नपनि धेरै सजिलो हुनेभयो । सन्धिको धारा सातनुसार नेपाली जनतालाई सस्तो कमैया बनाउन पनि उनिहरूलाई छुट हुनेभयो । तर सन्धिको धारा आठलाई उनिहरूले लागु नै गरेनन् ।
हाम्रो समाज विवेकसिल बन्नै सकेन । रक्सी, मासु र जुवाले पनि समाजलाई कम्जोर बनायो । साथै जातीय बिभेदले गर्दा पनि हाम्रो बिचमा बलियो एकता हुनसकेन । त्यसबाहेक हाम्रो समाजमा बिभिन्न खाले धार्मिक सामाजिक कुरिती,र कुसँस्कारहरूले गर्दापनि समाज एकढिक्का हुन सकिराखेको छैन् ।
अहिले देशभित्रको राजनीतिक गतिबिधिले झन समाजलाई टुक्रा÷टुक्रा पारेको छ । हुनुपर्ने राजनीतिक आन्दोलन् राष्ट्रियता र जनताको लागि हो । तर कतिपय अवसरबादीहरूले आफ्नो पेसा र क्यारियरको लागि प्रयोग गर्दै आएका छन् ।
देशमा सयौँ जात–जाती र धर्मावलम्विहरूको भिड छ । हिन्दु धर्मलाई पुनः स्थापित गर्न प्रयात्न गर्दैछन् । देशमा तमाम कम्जोरीहरू लाई सुधार्नुपर्ने छ । बिदेशमा खास गरेर बोर्ड, निगमबाट रिटार्यड भएका कर्मचारीहरू र उनीहरूका आश्रीत पेन्सिन् लिन जान नसकेर पेन्सिनको मायाँ नै मार्न बाध्य भएका छन् । त्यसको बारेमा कसैले उनिहरूको मर्म बुझेनन् । नागरिकताको आस बोकेर चिहान डांडासम्म कयौँ पुगे तर नागरिकता पाएनन् । आर्काको देशमा काम खोजेर निमेक गर्ने त्यहाँबाट लिएर आएको पैसाले उनिहरूले गरेको उत्पादित् बस्तु नै किन्ने चलन छ । देश बिदेशीको मण्डि र देशका होनहार युवा बिदेशीको रैती बन्न बाध्य भएका छन् । देशमा भयको प्रकृतीक सम्पदा बिदेशीले सित्तैमा नेताहरूलाई लोलिपोप दिएर रित्तायो । देशभित्र श्रोत साधन नभएको होइन । नेतामा स्वाधीनता र नीति नभएकाले देश र जनताहरूको समस्या समाधान हुन नसकेको हो ।
अहिले देशभित्र धेरैजसो घर परिवारहरूमा बिचल्ली छ । अराजकता फैलिएको छ । रोजगारका लागि बिदेश जानुपर्यो । एकातिर बुढाबुढी आमा बाको रेखदेख गर्ने मानिस छैन । उनीहरूको बिचिल्ली छ । आर्को तिर श्रीमतीलाई अर्कैले लिएर हिंड्दिन्छ । बेरोजगारीका कारणले यस्ता समस्या बढेका हुन् ।
सङ्घियता भार बनेको छ । खर्च उद्यममा लगाएर युवाहरूलाई आफ्नै देशमा रोजगारको व्यबस्था गर्नुपर्छ । तबमात्र देशभित्र बिकास हुन्छ । देश सधैभरिका लागि आत्मानिर्भर बन्न सक्छ । बिकास, बिदेशीएका युवाहरू देशभित्र फिर्ता गरेर साना ठूला रोजगार देशमा उपल्बद्ध होस् भन्ने देशका जनताहरूको चाहाना हो तर जुनसुकैको सरकार आएपनि सही बिषयलाई उपेक्षा गर्दै आएको देखिन्छ ।