Advertisement Banner
Advertisement Banner

०८ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

जनकपुरकी आरती साहको मृत्यु प्रकरण

देवी काफ्ले

२६ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

जनकपुरकी आरती साहको मृत्यु प्रकरण

बिहे गरेको एकबर्ष १० महिनामा दाइजोको कारण परिवारबाट प्रताडित आरती शाहलाई परिवारले नै मारेको दावी गर्दै अनसन बसे ।माइतीघरमा मात्रै उनीहरू १५५ दिन बढी बसे । त्यसपछी त्यहाबाट धपाएर शान्तिबाटीकामा खुला आकाशमुनी पुर्याए । २२बर्षकी आरती शाहलाई घरमा अनेक हिंसा भएको उनका बुबा भन्छन् । मेरी छोरी राम्री,पढेकी,लगनशिल थिइन् ।उनी कायर थिइनन् जो आत्महत्या गरून् आरतीका बुबा भन्छन् । आरतीको २०८० साल जेष्ठ ६ गते मृत्यु भएको थियो ।उनका शरिर र घांटीमा  निलडामहरू थिए  ।घरमा बोलाएर मेरी छोरीको हत्या भयो भन्छन् उनी ।
हामीलाई न्याय चाहिएको हो छोरीको ज्यानको बदला पैसा चाहिएको होइन भन्दै भावुक भए ।आरतीका पति, सासु, ससुरा र देवरले मिलेर दाइजो माग गर्दै मारेका हुन् । शान्तिबाटिकाको बाहिर कम्पाउण्डमा केही पुलिसहरू र आरतीका घरपक्षका परिवारहरूको फोटोको ब्यानर नै झुण्ड्याइएको छ । आरतीको बिहेमा २५ लाख नगद सहित दाइजो दिएर बिहे गरेको आरतीका बुबा भन्छन् । बिहेको केही महिनापछी देखि नै परिवारबाट बिभिन्न बहानामा थप दाइजो माग गर्दै यातना दिन थाले अन्तत जेठ ६ गते मेरी छोरीको हत्या नै गरे आरतीका बुबा भन्छन् । न्याय माग्न माइतीघरको खुलाआकाशमुनी बर्षाको भेल जिते, उनलाई चाड आएन,जब चिसो बढ्यो त्यहां पनि बस्न दिएन तर म न्याय नपाएसम्म यसैगरी बस्छु भन्छन् । उनी भन्छन्–न्याय माग्न मैले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटें,केपी ओलीलाई भेटें, शेरबहादुर देउवालाई भेटें आश्वासन त टन्नै पाएँ न्याय अझै पाएको छैन ।नेपाली कांग्रेस नेता बिमलेन्द्र निधी त एकै ठाउंका मान्छँछन् जवाफ दिएकै छु, संसदमा बिषय उठान भैरहेको छ तै पनि सरकार बहिरो भयो ।महिला आयोगमा पनि जाहेरी पुगेको छ ।महिलाअधिकारकर्मी पनि आए अब कसकसलाई जवाफ दिंदा मेरो छोरीले न्याय पाउंछिन् ?
महिला हिंसा बिरूद्धका कार्यक्रम हुन्छन् । दाइजो लेनदेन अपराध हो  ।दाइजो माग्नेलाई कारवाही हुन्छ संबिधानमा लेखेको छ भन्छन् मेरो छोरी दाइजोकै कारण मारिइन्, खै ति कार्यक्रम कहां हुन्छन् ? मेरो छोरीको मृत्यु कुनै हिंसामा पर्दैन की ? आँशु खसाल्छन् आरतीको बुबा ।
किन सुन्दैन किन बहिरो भयो सरकार?उनको पटकपटकको प्रश्न यही थियो । उनी र उनको परिवारको कारूणिक अवस्था देख्दा जो कोही पनि आक्रोशित हुन सक्छ सरकारसँग ।
लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान चलेको छ । आरतीको मृत्यु कुन हिंसामा पर्छ मलाई थाहा भएन ।
हामी नेपालीहरू हिमाल पहाड तराई कोही छैन पराई भनेर चर्का नारा लाउंछौं अनि खोइ त आरतीको न्यायको लागि जेहाद छेड्न सकेको ? जातिय, भौगोलिक अवस्थामा मात्रै अल्झिने हो कि हामी एक भनेर बिद्रोहको ज्वाला बोकेर निस्कने हो?केही समय अगाडी रीगल भनिने कथित अपराधी छुट्दा भारती मानन्धरका लागि सामाजिक सन्जाल उचालेर आकाशमा पुर्याउने हामीले कथित दाइजोका कारण घांटी च्यापिएर मृत्यु वरण गरेकी आरतीको लागी दुई शब्द खर्चन किन नसकेको ? कि आरती अर्कै देशकी नागरीक हुन् र ? मानवियताको नाताले पनि त सहयोग गर्नु पर्ने हो ।तराई रूँदा पहाडले थप्थपाउनुपर्छ, हिमाल भोकाउंदा तराईले खुवाउनुपर्छ, पहाड सुक्दा हिमाल र तराईले सेचन गर्नुपर्छ मानविन्–जहिलेसम्म न्याय पाउंदिन तबसम्म म घर जान्न । सबै भैसक्यो अब सबैको साथ र सहयोग पाएमा सबै जुटेर सिंहदरवार नउचालेसम्म न्याय पाउने भइन,हामीलाई साथ दिनुहोस् । हाम्रो जस्तो देशमा यसरी छोरीहरू मारिनु बिडम्वना हो ।
नेपाल प्रवेश गरेका एनजिओ,आइएनजिओहरूले बिकृति बिरूद्ध काम गर्न देशभर छापिएका छन् । राजनैतिक दलहरूले कार्यकर्ता पनि पालिने, संगठन बिस्तार पनि हुने हेतुले मात्रै यिनीहरूलाई प्रयोग गरेको देखिन्छ । नत्र भने परिणाम फरक हुनुपर्ने थियो । राजनैतिक दलका नेताहरू चुनावको बेला गएर सारा समस्या टारिदिने महिला हक सुनिश्चित गरिदिने चर्का कुरा गरेर बाटो तताउँछन् । अभियन्ताहरूले भनेको कुरा सुन्छन् उडाउँछन् जनता अनि कसरी सुधार होला ?
आज पनि दाइजो प्रथा छोरीहरूको गलाको पासो बनेको छ । यसलाई जरैदेखि फाल्न त के सकिएला तै पनि छोरी बचाउन केही त गर्न सकिन्छ । दाइजोप्रथाले नराम्ररी जेलेको छ उच्च घराना र शिक्षित परिवारलाई । यहाँ अशिक्षित भन्दा धनाढ्य र शिक्षित परिवार नै दाइजोको लोभले बिरामी परेका छन् ।
तराई मधेशबाट मात्र हैन पहाडबाट पनि दाइजोको बिरूवा दरिलो हुंदै गएको छ । तराई मधेशमा छोराको पढाईमा लागेको खर्च सहितको दाइजो भराइएको पाइन्छ  । यस्तै मर्कामा परेका हुन् आरती शाहका बुबा पनि ।पहाडमा दाइजो फरक तरीकाले हुर्केको पाइन्छ ।हुनत दाइजो मात्र हैन पहाडमा र शहरमा त भारतिय संस्कृतिले ढपक्कै ढाकिसकेको छ । सर्वसाधारणले ति रश्म पूरा गर्दै छोरीको वा छोराको बिहे गर्न कठीन परिस्थिती देखा पर्दैछ ।कुरा दाइजो कै गरौं । महंगो सुन,महंगो रीसोर्ट वा ब्यांग्क्वेट खर्च अनि एकदिनको इज्जत राखिदिन आग्रह ।यस्तो आग्रहले दाइजोको झिल्को फालेको लाग्छ । जुन झिल्को फाल्ने चलन शहरीया तथा धनाढ्यहरू कहाँबाट शुरू हुन्छ ।
तराई मधेशमा आजसम्म पनि दाइजोको कारण छोरीहरूको बिभत्स हत्या श्रृंखलाबद्ध भैरहेको छ । हत्या कम हुनुको सट्टा निरन्तर हुनुको कारण खोज्न पर्दैन ? यसरी घटाइएका घटनाका अपराधी खुलेआम हिड्न कसरी पाउंछन्?दाइजो दिने । सम्पत्तिले छोरी पढाउ भनिन्छ तर यहां आरती त पढेकी थिइन् किन मारिइन्?सरकार, पत्रकार, सामाजिक अभियन्ता, एनजीओ आईएनजीओ, सर्वसाधारण सबैलाई एकमुष्ठ दाइजो बिरूद्ध जेहाद छेड्न अनुरोध गर्दछु । ताकी अब कुनै आरती शाहले दाइजोको नाममा ज्यान गुमाउन नपरोस् र अभिभावकले न्यायका लागि महिनौं खुला आकाशमुनी धर्ना दिन नपरोस् । यो लेख्दै गर्दा आरती शाहका पति  पक्राउ परेका छन्  । सत्यतथ्य जाँच गरी आरतीले न्याय 
पाउन्  । दाइजो माग्ने अपराधी मुर्दावाद  ।