Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

एनसेल प्रकरणमा विद्यार्थी संगठनको विरोध

१९ मंगलबार , मंसिर २०८०८ महिना अगाडि

एनसेल प्रकरणमा विद्यार्थी संगठनको विरोध

सत्ता गठबन्धन निकट र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले एनसेल प्रकरणको बिरोध गरेका छन् । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै उनिले विरोध जनाएका हुन् ।

एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै सत्ता गठबन्धन निकट र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले यसको विरोध गरेका छन् । सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति निकालेर एनसेलको शेयर खरिदबिक्री प्रकरणको विरोध गरेका हुन् । उनीहरुले संयुक्त विज्ञप्तिमा एनसेलका पछिल्ला गतिविधिमाथि अनुसन्धान र कारबाही गर्न सरकारसँग माग समेत गरिएको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलवार एनसेल कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनिहरुले एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बेलायतमा दर्ता भएको स्पेक्ट्रालाइट लिमिटेडले खरिद गरेको एनसेलको ८० प्रतिशत शेयरमा कर छलीको आंशकामा विभिन्न टिकाटिप्पणी हुँदै आएको छ ।