Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

माघ ११ मा राष्ट्रियसभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

१३ बुधबार , मंसिर २०८०८ महिना अगाडि

माघ ११ मा राष्ट्रियसभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जनाको पदावधि सक्किने भएपछी त्यो भन्दा पहिले नै माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । राष्ट्रिय सभाका सदस्यको पदावधि सक्किने ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त हुने पदमा फागुन ११ गते निर्वाचन गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकि छन् । राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ ।

आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।​ आगामी राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने निर्वाचन आयोगबाट निर्णय भइसकेको बताईएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । साथै जाजरकोट भूकम्पपछि प्रभावित क्षेत्रहरूमा अस्थायी आवास निर्माणका लागि सेना प्रहरी तथा सुरक्षाकर्मी खटाउने पनि बैठकले निर्णय गरेको छ ।