Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेताहरू विदेशी षडयन्त्रमा रमाउदा

१२ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

नेताहरू विदेशी षडयन्त्रमा रमाउदा

सुरेश कुमार पाण्डें– - - 
हाम्रो देशलाई सुडान, फिजी, सिक्किम जस्तै बनाउने षडयन्त्रमा बाहिरका कुनै शक्ति लागिपरेका छन् । यो देशमा बहुदलीय ब्यवस्था आए देखी नत देशभित्र बिकास हुनदिन्छन् न कुनै राष्ट्रिय पुँजीपति वा देशभित्र केही गर्छु भनेर आँट राख्नेहरूलाई सहयोग गर्दछन् ।
देशको नामोनिसान सखाफ पार्ने उदेश्यले नै देशभित्र चोर ढोकाबाट सघीयता घुसाएका हुन् भन्ने कुरा पुस्टी हुँदै आएको छ तर पनि खारेज गर्नेबारे कसैलाई पनि तातो लाग्दैन किन ?
संसदमा पुगेगा नेताहरू धेरैजसोले एक्लाएक्लै त्यस्कोबारेमा भन्दा देशको निमित्त बोझ, खर्चिलो, सङ्घियताले देशमा विकासमा बाधा उत्पन्न गरेको आदि कुराहरू गर्छन् तर संसदमा त्यसलाई खारेज गर्ने कसैले प्रस्ताब नै राख्दैन् । संसदको भित्र र बाहिर राजमो बाहेक सङ्घियतालाई लिएर कसैले पनि ससक्त आवाज उठाउँदैन् । किन ? यसबारेमा छलफल हुनुपर्छ । जुन बिषयले देश र देशका जनतालाई फाइदा पुराउँदैन त्यो बिषयमाथि संसदमा छलफल हुँदैन भने जरूर संसदभित्र बिदेशका दलालहरू भरिएका छन् भनेर बुझ्न गाह्रो पर्दैन ।
अहिलेसम्म ठुला दलाका नेताहरू वा सरकारको तर्फबाट वा प्रतिपक्षको तर्फबाट विकासका मुद्धाहरू दर्ता गरेर त्यसमा छलफल भएको सुनिदैन । बिदेशमा जाने युवाहरूको बारेमा कुनै छलफल छैन । युवाहरूलाई देशभित्र रोजगार दिने, देशभित्र ससाना सरकारी कम्पनी खोल्नेबारे अहिले कतै छलफल हुन्न । बरू देशमा भएका उद्योगहरूलाई कि त बन्द गरियो कि भने नीजीकरणको हातमा दिइयो ।
दुर्गा प्रसाई जस्तालाई जन्माउने र राजनीतिमा लतार्ने काम पनि उनै बिदेशी दलालहरूकै योजना हुनुपर्छ । बिगतमा कतिपयले आत्माहत्या पनि गरेर सरकारको व्यबहारको बारेमा रोस जताएका थिए । कसैलाई ज्यानभन्दा प्यारो अरू हुँदैन होला । जब सबै निकासहरूमा तालालाग्छ त्यसपछि ऊ मार्न र मर्नमा उत्रिन्छ ।
बिदेशीहरूले यो देशमा विकास भए हुँदोहोला भन्दैनन् । नागरिक सुबिधा पाए हुनेथ्यो भन्दैनन् । नेपाल हाम्रो मण्डी र जनता हाम्रो गुलाम भए हुनेथ्यो भनेर भन्छन् । बिस्तारवाद र साम्राज्यवादले नेपाललाई स्वार्थ अनुरूप ढाल्दै लगेको छ ।
दुर्गा प्रसाईले आफ्नो स्वार्थ पुरागर्न एमाओवादी कहिले एमाले हुँदै अहिले उनि राजावादी हिन्दुवादी, संघीयता बिरोधी बनेका छन् । चारैतिर आफु ऋणमा डुबेपछि अन्तिम पढावमा उनि राजाको शरणमा पुगेका छन् । राजाले कयौँलाई बिचबिचमा उक्साएर आफ्नो गुमेको राजपाठ हासिल गर्ने प्रयत्न गर्दै आएको बुझिन्छ ।
त्यही क्रममा अहिले दुर्गा प्रसाई पीडित जनताका नेता बनेका छन् । अहिले एक्कासौँ शताब्दीमा घोषित रूपमा राजतन्त्र पूनर्जिवित सक्ला नसक्ला ? त्यो कुरा उनिहरूले नबुझेका होइनन् । त्यसैले उनिहरू सँग एउटा हतियार के छ भने धर्मनिरपेक्षको ठाउँमा हिन्दू अधिराज्यको वकालत गर्नु हो ।
हिंजो देशभित्र एकमात्र हिंदुराज्य भएको भनेर नेपाललाई चिनाइएको थियो । त्यसकारणले देशका जनतालाई यो फर्मूलाले काफी हदसम्म गुमराह गर्न सकिन्छ भन्ने उनिहरूलाई लाग्छ । त्यो हिन्दू अधिराज्यको नाराले उनिहरूलाई आर्थिक कमी पनि हुनदिने छैन् किनकि यो नारालाई भारत र विश्व हिन्दू परिषदले साथ दिनेछ ।
अहिले दुर्गा प्रसाईंको आन्दोलन केवल दुर्ग प्रसाईंको मात्र होइन । तो तमाम राजावादी र हिन्दूवादीहरूको संयुक्त आन्दोलन हो भनेर बुझ्नुपर्छ । एउटा देशमा सबै धर्मको सम्मान हुनुपर्छ । दुर्गा प्रसाई जस्ताको जन्म राज्यव्यबस्थाले नै गरेको हो । आमनागरिक आश्चर्यपूर्ण तरिकाले किन सडकमा उत्रिए, विषय गम्भीर छ ।
हाम्रो देशका जनताले राणाहरूको जहानीया साशन व्यबस्था १०४ बर्ष सम्म भोगेका थिए । राजाको निरंकुश व्यबस्था तिन दशक भन्दा बढी अबधी सम्म भोगेका हुन् । बहुदलको ३४ वर्ष र लोकतन्त्रको १७ वर्षले राणा र राजतन्त्रको विरोधलाई माथ गरिदिएको छ । राजतन्त्र उदाउँछ वा नउदाउला, लोकतन्त्र लोकप्रति जिम्मेवार नभएको निश्चित हो । वर्तमान राजनीति दलहरूको गैह्रजिम्मेवार व्यवहारले देशलाई सिक्किमिकरण गर्नसक्नेछ । राजनीति गलत पार्टी संगठन वा व्यक्तीको हातमा गयो भने देशलाई सखाफ पार्न कत्ति बेर लाग्दैन । चिन्ता यही छ । 
यो देशको राजनैतिक गतिबिधि अराजक सैलीको बन्दै आएको देखिन्छ । यहाँ अतिरञ्जित र उग्र नाराहरू लगाउनेहरूले भिड जुटाउन सक्छन् भन्ने कुरा कसैबाट पनि लुकेको छैन् । हिजो माओवादीको वार्गेनिङ यस्तै प्रकारको हुन्थ्यो । त्यो मात्र होइन चुनावको सेरोफेरोमा एमाओवादीले आजपनि त्यस्तो वार्गेनिङ गर्नेगर्छ । त्यही प्रकारले अहिले दुर्गा प्रसाईको भाषणमा सुनिएको छ । अब नेताहरूलाई जहाँ भेट्छौ उही घेरौँ, लतारौँ जस्ता गैर जिम्मेवार अतिरञ्जित र उग्रप्रकारका बिचारले देशमा कसैको पनि भलो हुँदैन् । यद्यपि सत्तारूढ र प्रतिपक्षीको आचरण र भाषण पनि संयमित र सभ्य सुनिन छाडेको छ । जता जो मरेपनि यही देशको नागरिकहरू नै मारिने हुन, अहिले सबै देशबासीले यो कुरा बुझ्नुपर्दछ । सडकमा जानेभन्दा संसद र सत्तामा बस्नका लागि देशभक्त हुनैपर्छ । असभ्यपन हरेक दलभित्र पन्पिएको छ । भीमदत्त पन्तको सालिक राप्रपाका कार्यक्रताले तोडफोड गरेको समाचार छ । साथै दुर्गा प्रसाईलाई घरमै थुनेको समाचार छ । महिलामाथि अत्याचार भएका 
छन् ।  प्रदर्शनकारीहरू गिरफ्तार गरिएको समाचार छ । यसरी देशमा लगातार हुने अराजक प्रकारका गतिबिधीहरूलाई कुनै बिदेशी षड्यन्त्रले नै प्रोत्साहन दिएको हुनुपर्छ र स्थापित राजनीतिक दलहरूको सफलता यसको मुख्य कारण हुनसक्छ ।
देशको राजनीतिक पार्टीले त्यस्तो आन्दोलनको बिरोध गर्नुपर्छ । हिंजो राजतन्त्र फाल्नलाई हजारौं सहिद भएका पनि यही देशका जनता हुंन । सहिदको रगत सुकि नसक्दै आज सहिदकै चिहानमाथी उनिहरूको अपमान हुन्छ भने कुनै पनि गणतान्त्रिक शक्ती चुपलागेर बस्नुहुन्न । तर स्थिति गणतन्त्रविरूद्ध जाँदै देखिन्छ ।
अहिले राजतन्त्रको कल्पना समेत गर्नु असम्वैधानिक देश र जनताको बिरूद्ध हो । निर्वाचनमा बहुमतसहित संविधानको संशोन, जनविद्रोह, सैनिक कू, विदेशी हस्तक्षेपबिना राजतन्त्र आउन मुस्किल छ । यद्यपि मुद्दा उठेको छ । जनआक्रोश रोक्नका लागि यी दलहरूले बरू बिदेशीको षड्यन्त्रमा भित्रिएको सङ्घियता खारेज गर्ने र देशमा विकास गर्ने हिम्मत गर्नुपर्दछ । छ हिम्मत यी लोकतन्त्रवादीहरूसँग ?